Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ३०, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लायनवादको क्षेत्रमा TOT कार्यक्रम कोसेढुंगा सावित हुनेछः LCIF Area Leader लायन लम्साल

प्रभातफेरी अनलाइन ५०४ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र ५, मंगलबार (२ साल अघि)
लायनवादको क्षेत्रमा TOT कार्यक्रम कोसेढुंगा सावित हुनेछः LCIF Area Leader लायन लम्साल

गोरखा । पवित्र कार्यलाई नै लायन्स क्लबले आफ्नो कामको मुख्य पक्ष बनाएको छ । लायन्सको मूल मन्त्र नै “हामी सेवा गर्छाैं” हो । यही वाक्यलाई अंगीकार गर्दै यो संगठन र लायन्सहरु अघि बढेका छन् । जसले लायनवादको क्षेत्रमा कोसेढुंगा सावित गरेको छ ।
मानवीय क्षेत्रमा समर्पित लायनवादको बारेमा केन्द्रित गरेर आयोजना गरेको TOT कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा LCIF Area Leader लायन राजन लम्सालले यस्ता किसिमका कार्यक्रमलाई लायनवादको यात्रामा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभएको छ ।
पछिल्लो समय यस किसिमका कार्यक्रमहरु नहुँदा अभियान्ताहरुमा अन्यौलता छाएको देखिन्छ । त्यसैले जुन किसिमको अभियान सुरु गरिएको छ, यसले पक्कै पनि लायनवादको यात्रामा सकारात्मक फड्को पार गर्नेछ । तालिम, तालिमकै रुपमा सीमित हुने संस्कारको अन्त्य गर्र्दै लायनवादका बारेमा चासो राख्ने जो कोहिका लागि प्रशिक्षित गर्नसक्ने क्षमतावान् जनशक्ति उत्पादन हुने विश्वास आफूले लिएको सम्बोधनका क्रममा लायन लम्सालले बताउनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवं LCIF एरिया लिडर लम्सालको थप कथन थियो– आज लायनवादका बारेमा जति पनि गतिविधि भएका छन्, त्यता फर्किएर हेर्ने हो भने सन्तोषजनक परिणाम नभएको तितो यर्थाथ पस्कँदै उत्साह लिएर लायन सदस्य बन्ने अनि निराश हुँदै हट्ने संस्कार बनेको छ, यो TOT बाट उत्पादन भएका प्रशिक्षकहरुले ति संस्कारहरुको अन्त्य गर्नेछन् भन्ने विश्वास सिंगो डिष्ट्रिक्ट ३२५ आइ नेपालले लिएको खुलासा समेत गर्नुभएको छ ।

लायनवादलाई स्थापित गर्न गोरखाको उपस्थिति अविस्मरणीय सावित हुनेछ: लायन बसेल

उक्त TOT कार्यक्रमलाई सम्बोधन गर्दै आइपिडि लायन रामबहादुर बसेलले मानव सम्वृद्धि र जीवन जगत् हितको लागि हो । जोसुकैले जुनसुकै क्षेत्रमा रहेर सेवा गरेपनि त्यो मानव सेवा नै हो । लायनवादलाई स्थापित गर्न गोरखाको उपस्थिति अविस्मरणीय सावित हुने समेत बताउनुभएको छ । तालिममा सहभागीहरुलाई सुसूचित गर्दै आफूले सिकेका कुरा व्यवहारमा उतार्न सक्नु नै तालिमको औचित्य पुष्टि हुने आइपिडि लायन बसेलले बताउनुभएको छ ।
लायनवादमा लायन्स क्लबले गर्ने प्रत्येक गतिविधिको छुट्टै अर्थ रहन्छ । क्लबमा हुने बैठक नै उदाहरणको रुपमा राष्ट्र, राष्ट्रियताको सवालमा लायनहरु कति जिम्मेवार छन् भन्ने कुरा पुष्टि गर्दछ । हामीले गर्ने मानवीय गतिविधिले पनि ति कुराहरुलाई अझ बल पुग्दछ । लायन शब्द आफैंमा एउटा उदाहरणीय पक्ष हो । जसले स्वतन्त्रता, बुद्धिमत्ता, अपनत्व, राष्ट्रियता र सार्वभौमिकताका सवालमा कति दृढ छ भन्ने प्रमाणित गरेको छ । त्यसैले पनि हामी यो विषयलाई तल्लो तहसम्म पु¥याउन आतुर छौं भन्नुहुँदै लायन्सको सिंगो इतिहासका बारेमा सहभागीहरुलाई सुसूचित गराउनुहुँदै विश्वास छ, यस किसिमका कार्यक्रमले लायनवादको सिंगो इतिहास भुईंमान्छेसम्म पु¥याउनको लागि यहाँहरुको योगदान रहने कुरा खुलासा गर्नुभएको छ ।

वैयक्तिक स्वार्थलाई तिलाञ्जली दिएर अरुलाई दया र मायाको भाव देखाउनु वा सहयोग गर्नु नै मानवीय सेवा हो : लायन केसी

कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर लायन चन्द्र कुमार केसीको कथन थियो– स्वच्छ भावले अरुलाई सहयोग तथा कल्याण गर्नु नै सेवा हो । वैयक्तिक स्वार्थलाई तिलाञ्जली दिएर अरुलाई दया र मायाको भाव देखाउनु वा सहयोग गर्नु नै मानवीय सेवा हो । आफूले सिकेका कुरा भुईंमान्छे सम्म पु¥याउन सक्नु नै प्रशिक्षकको दायित्व, जिम्मेवारी र कर्तव्य पनि हो ।
डिष्ट्रिक्टले आयोजना गरेको TOT कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा डिष्ट्रिक्ट गभर्नर लायन केसीले प्रशिक्षकहरुले ज्ञान लिनुले मात्र कुनै अर्थ राख्दैन, त्यसलाई व्यवहारमा उतार्न सक्नुले दिशा निर्देश गर्दछ । एउटा प्रशिक्षकले सामान्यतयाः सूचनाका ७ वटा ‘सी’ मा पोख्त हुनुपर्दछ । तब मात्र प्रशिक्षार्थीले चाहेको कुरा प्रशिक्षकले दिनसक्छ । त्यसैले कार्यक्षेत्रमा जानुपूर्व प्रशिक्षकले विषयवस्तु, भूगोल र सहभागीहरुको बारेमा जानकार हुन आवश्यक छ । जसले एउटा कुशल प्रशिक्षकको भूमिकालाई चरितार्थ गर्दछ । प्रस्तुती र प्रशिक्षण फरक पाटो हुन्, यि विषयका बारेमा ख्याल राख्न आवश्यक छ । क्षमता अनुसार नै आफूलाई पोख्त बनाउन जरुरी छ । जुन एउटा कुशल प्रशिक्षकमा मात्रै यो कलाको ज्ञान हुन्छ । त्यसैले आफू कार्यक्षेत्रमा जानुपूर्व विषयवस्तुको ज्ञान हुनुपर्छ भनिएको हो । तसर्थ, आफूले दिन खोजेको विषयवस्तुलाई प्राथमिकतामा राखेर गहिराईमा पु¥याउन सकिन्छ । यो नै आजको आवश्यकता रहेको गभर्नर लायन केसीले बताउनुभएको छ ।


कार्यक्रममा LCIF Area Leader लायन राजन लम्सालबाट Effective presentation skills/public speaking (Methodology of presentation), पिडिजी लायन डि.के. ढुंगानाबाट Leadership behavior, पिडिजी लायन इन्दु लम्सालबाट Benefits of being a Lion Member, Financial responsibilities, applicable dues in Lions Club & common practices in Lion Club, पिएमसीसी लायन मनबहादुर रोक्काबाट A brief information about LCIF, types of grants & lion major projects in Nepal, IPDG लायन राम बहादुर बसेलबाट Basic information about the Lions Club, the History of Lionism, organizational structure, responsibilities of club officers & meeting procedure, डिजी लायन चन्द्रकुमार केसीबाट Effective communication (communication skills, presentation & Training, adult learning, questioning, type of participant, obstacle overcoming, tips for training), 1st VDG लायन विनोद ढुंगानाबाट Establishment procedure of new Lions & Leo club, Organizational structure of International, multiple & district levels, 2nd VDG लायन पार्वती खरेल पाण्डेबाट Convention & its traditions, importance of reporting & common threats to lionism, डिष्ट्रिक्ट सेक्रेटरी लायन महेश पाण्डेबाट short opening, objective of the program, introduction of the training course & introduction of faculties तत्तत् विषयमा प्रशिक्षार्थीहरुलाई प्रशिक्षित गराउनुभएको थियो ।


कार्यक्रमको समापनमा कार्यक्रमका प्रमुख अतिथि LCIF Area Leader लायन राजन लम्साल, डिष्ट्रिक्ट गभर्नर लायन चन्द्रकुमार केसी, सेकेण्ड भिडिजी लायन पार्वती खरेल पाण्डे, डिष्ट्रिक्ट ट्रेजरर लायन सन्तोष रावल, रिजन चियरपर्सन लायन मणिराम दुम्रे लगायतले कार्यक्रमको बारेमा आ–आफ्ना धारण राख्नुभएको थियो । कार्यक्रमको अध्यक्षता डिष्ट्रिक्ट गभर्नर लायन चन्द्रकुमार केसीले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

  • (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0