Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

तीन महिने विशेष रुपान्तरण अभियानले पनौतीमा राजनीतिक चेतनाको विकास गर्नेछः नेता महर्जन

प्रभातफेरी अनलाइन ५६६ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन ९, मंगलबार (२ साल अघि)
तीन महिने विशेष रुपान्तरण अभियानले पनौतीमा राजनीतिक चेतनाको विकास गर्नेछः नेता महर्जन

काभ्रे । नेकपा माओवादी केन्द्रको विशेष रुपान्तरण अभियान अन्तर्गत जन–जनमा माओवादी, घर–घरमा माओवादी नाराका साथ गत १६ गते शुभारम्भ भएको अभियानका बारेमा चर्चा गर्ने क्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पनौती नगर इन्चार्ज दिनेश महर्जन “दिपेश” ले यो अभियानले पनौती नगरमा राजनीतिक रुपमा अनुकरणीय फड्को पार गर्ने बताउनुभएको छ ।
सम्बोधनकै क्रममा नेता महर्जनले माओवादीले आफूले जनताका लागि गरेका सकारात्मक कार्यहरु तल्लो तहसम्म पु¥याउन नसक्दाको परिणाम भोगिरहेको बताउनुभएको छ । नेपालको राजनीतिक इतिहासलाई हेर्ने हो भने माओवादीले जनताका जनजीविकाका पक्षमा यो पटक जति सकारात्मक कार्य कहिल्यै, कसैले गरेको छैन । अन्तर्राष्ट्रिय सम्बन्ध भन्नुस् वा राष्ट्रियस्तरमै मुलुकमा मौलाएको बेथितिका विरुद्ध सरकारले लिएको नीतिकै बारेमा पनि भुँइमान्छेसम्म पु¥याउन नसक्नु माओवादी कार्यकर्ताहरुको कमजोरी भएको खुलासा गर्नुभएको छ ।
मुलुकमा विगत वर्षहरुमा कृषकका लागि रासायनिक मलकै सवालमा जुन किसिमको हाहाकार थियो, यो वर्ष नगन्य रुपमा आइपुग्नु यो पनि सकारात्मक परिणाम हो । यसका लागि आजसम्म आफूलाई राजनीतिक रुपमा सुसूचित भएको महसुस भएको हामी कार्यकर्ताहरुले यो सहजताका बारेमा जनतालाई बुझाउन सकिरहेका छैनौं । देख्दा र सुन्दा सामान्य कुरा हुन्, विगतका वर्षमा यसले सिर्जना गरेको डरलाग्दो अवस्थाबाट यो सहजतामा ल्याउने काम माओवादी राज्यसत्ताले नै गरेको हो । त्यस्तै संविधान दिवसको अवसर पारेर राष्ट्रपतिद्वारा विभूषित हुने नाममा सम्मानका खातिर अनावश्यक रुपमा विभूषित गरेर राष्ट्रिय ढुकुटीबाट करोडौं रुपैयाँलाई उडाउने काम हुँदै आएकोमा माओवादी सरकारले त्यस किसिमको दुरुपयोगलाई अन्त्य गर्दै करोडौं रुपैयाँ राष्ट्रिय ढुकुटीमा सञ्चित गर्ने कार्य गरेर अनुकरणीय उदाहरण पेश गरेको छ । त्यसको बारेमा हाम्रो पसिनाबाट जम्मा भएको रकम दुरुपयोग हुन नदिएर उदाहरणीय कार्यको थालनी भएको बारेमा सर्वसाधारणलाई सुसूचित गर्ने दायित्व माओवादी कार्यकर्ताको भएको नेता महर्जनले खुलासा गर्नुभएको छ ।
सामान्यभन्दा सामान्य कुरा समेत हामीले जनताका माझ पु¥याउन नसकिरहेको परिणाम नै पनौती नगरमा माओवादी कमजोर देखिएको हो । यहाँको हिजोको वस्तुस्थितिलाई हेर्ने हो भने माओवादीको उर्वरा भूमिका रुपमा पनौती नगरलाई लिन सकिन्छ । १० वर्षे जनयुद्धको दौरानमा यो भूगोलमा २१ जना योद्धाहरुले साहदत्त गरेको भूमि हो । यो भूमिका बारेमा हामीले सूक्ष्म ढंगसँग यहाँका परिवर्तनकामी जन समुदायबीच जान सकेनौं ।
जसको परिणाम पनौती नगरले भोगिरहेको छ । अब यो ३ महिने विशेष रुपान्तरण अभियानले ति अतीतका घटनाक्रमबाट प्रेरणाको रुपमा लिँदै संगठन विस्तारका लागि जो, जहाँ छौं, त्यहिँबाट अगाडि बढ्नुको विकल्प छैन । त्यसैले यो ३ महिनाको दौरानभित्र पनौतीलाई माक्र्सवाद, लेनिनवाद र माओवादका बारेमा चलायमान बनाउने संकल्पसहित हामी नगरमा केन्द्रित छौं । पहिलो चरणअन्तर्गत हामीले नगरका १२ वटै वडाहरुमा वडा समितिहरुलाई चलायमान बनाएका छौं । यसबाट हामीमा निकै सकारात्मक उर्जा प्राप्त भएको छ । यसैको जगमा टेकेर नै भनेका हौं, अभियानका अन्त्यसँगै पनौतीमा राजनीतिक आँधीबेरी सिर्जना हुनेछ र माओवादको एउटा उदाउँदो भूगोलका रुपमा परिचित हुनेछ भन्ने विश्वासका साथ हामी अभियानमा जुटेका छौं । पनौती नगरवासीको अथाह माया र सम्मान पाएका छौं । हिजोका दिन माओवादी जनयुद्धलाई यस भूमिले कसरी सघाएको रहेछ भन्ने कुरालाई पनौती नगरवासीको गतिविधिले पनि प्रमाणित गरेको छ ।
जसरी साँस्कृतिक विविधताले भरिएको यो नगरमा राजनीतिक रुपमा पनि त्यसको प्रभाव रहनु स्वभाविक हो । त्यसैको एउटा प्रतिबिम्बका रुपमा नेपाली नारीहरुको महान् पर्व तिजमा नगरवासी महिलाहरुले देखाएको सहभागिताले पनि हाम्रो अभियान समय सापेक्षित आवश्यक थियो भन्ने कुरालाई पुष्टि गरेको हामीले महसुस गरेका छौं । विगतका जुन गतिविधिहरु रहे, त्यसलाई प्रेरणाको रुपमा लिँदै यात्रामा आइपर्ने आरोह–अवरोहहरुलाई चिर्दै कुशल संगठन, जिम्मेवारी र दायित्वप्रति समर्पित एउटा सशक्त अभियानको थालनी हामीले गरेका छौं ।
जो जसका लागि जीवन समर्पित भएका छन्, जसका अधिकारहरु सुनिश्चित गरिएका छन्, उनीहरु नै ओझेलमा छन् । उनीहरु नै अनविज्ञ छन् । त्यसैले प्राप्त अधिकारहरु कहाँ, कसरी उपयोग गर्न सकिन्छ भन्ने बारेमा त्यो वर्गलाई सचेत गराउने छौं । जसबाट पनौती नगरको संगठन चलायमान हुनुको साथै सशक्त रुपमा अग्रमोर्चामा रहने अपेक्षा समेत माओवादी केन्द्र पनौती नगरले लिएको इन्चार्ज मर्हजनले सम्बोधनका क्रममा खुलासा गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

    नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

  • जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

    जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0