Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ३०, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पितृ सतात्मक सोचमा परिवर्तन बिना लैंगिक विभेद अन्त्य हुँदैनः प्रजिअ शर्मा

प्रभातफेरी अनलाइन ६१२ पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर २०, बुधबार (२ साल अघि)
पितृ सतात्मक सोचमा परिवर्तन बिना लैंगिक विभेद अन्त्य हुँदैनः प्रजिअ शर्मा

जनचेतनामुलक “डम्बरबहादुरको सपना” सडक नाटक

काभ्रे । लैंगिक हिंसाको १६ दिने अभियान अन्तर्गत सोमबार काभ्रेको बनेपामा आयोजित लैंगिक हिंसाविरुद्ध आयोजित जनचेतना जगाउने सडक नाटक र विविध साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि एवं काभ्रेका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जबसम्म हामीमा पितृ सतात्मक सोच परिवर्तन गर्दैनौं, तबसम्म लैंगिक विभेद अन्त्य नहुने खुलासा गर्नुभएको छ ।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकद्वारा आयोजित लैंगिक हिंसा १६ दिने अभियान अन्तर्गत जनचेतना जगाउन सडक नाटक र सचेतनामुलक कार्यक्रमलाई सम्बोधन गर्दै महिला हिंसा महिलाका मात्र हिंसा होइन । समग्र मानवसँग जोडिएका हिंसा हुन्, जसले समाजलाई मात्र नभई सिंगो मुलुकलाई नै प्रभावित तुल्याउँदछ । हामी छोरीको भ्रुण गर्भमा आएको थाहा पाउनेबितिकै भ्रुण हत्या गर्न थाल्दछौं । यो पितृ सतात्मक सोचको एउटा अंश हो । जबसम्म आफैंबाट विभेदको स्वरुप घटाउँदैनौं, तबसम्म लैंगिक हिंसा न्यूनिकरण भएर जान सक्दैन । कहिलेसम्म लैंगिक हिंसाभित्र महिला तथा बालबालिका रुमलिने हुन् ? के ति अपहेलित महिलाको कोखबाट जन्मिएको एउटा बालकले साँच्चै समृद्धिको खाका कोर्न सक्ला ? प्रत्येक महिलालाई यो समाजले हेर्ने आँखामा परिवर्तन हुन आवश्यक छ । जबसम्म यो समाजले महिलालाई आमा र छोरीको दर्जा दिएर राख्न सक्दैन, तबसम्म महिला हिंसामा कमी आउँछ भन्न सकिँदैन भन्नुहुँदै प्रजिअ शर्माको थप कथन छ– सर्वप्रथम लैंगिक हिंसाबारे प्रत्येक मानवले बुझ्न जरुरी छ । यहाँ हुनेखाने आफन्तहरुबाटै हिंसाका घटनाहरु बढिरहेका छन् । यसले के कुरालाई संकेत गर्छ भने सचेत प्राणीभित्रको मानव त्यसमा पनि हुनेखाने र पढेगुणेकाहरु नै यस क्षेत्रमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा जोडिएका छौं । त्यसैले लैंगिक हिंसाका बारेमा जानकार राख्नु आजको आवश्यकता रहेको बताउनुभएको छ ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले विभिन्न स्वरुपमा लैंगिक हिंसा भइरहेको बताउँदै आजसम्म निर्मला पन्तको हत्यारा पत्ता नलाग्नु लैंगिक हिंसा न्यूनीकरणमा चुनौती थपिएको भन्नुहुँदै लैंगिक हिंसामुक्त जिल्ला बनाउनुपर्नेमा प्रमुख गौतमले जोड दिनुभएको छ ।
त्यसैगरी बनेपा नगरपालिकाका उपप्रमुख बिमला सापकोटा दाहालले लैंगिक हिंसा न्युनिकरण गर्ने हो भने सबैले म लैंगिक हिंसा गर्दिनँ भन्ने प्रतिबद्धता गर्नुपर्ने बताउनुभएको छ । जिल्ला समन्वय समितिका प्रवक्ता अप्सरा ढुंगाना सिपखानले अभियान अन्तर्गत प्रत्येक बर्ष छुट्टाछुट्टै स्थानीय तहमा कार्यक्रम गरिने बताउनुभएको छ । जिल्ला समन्वय समितिका सदस्य एवं कार्यक्रमको अध्यक्षता गरिरहनुभएका कृष्णकुमारी राईले घरभित्रबाटै लैंगिक हिंसा अन्त्यको सुरुवात गर्नुपर्ने बताउनुभएको छ ।
कार्यक्रममा चौरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाईं, पनौती नगर उपप्रमुख गिता बन्जारा, बनेपा नगर उपप्रमुख बिमला सापकोटा, पाँचखाल नगर उपप्रमुख सुर्यमाया दनुवार, प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा, बेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेका प्रमुख वशम्वद्म्वा कौडिन्यायनी, जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख अनिता खनाल, भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख सृजा वाग्ले, वडा अध्यक्ष महिला शुभलक्ष्मी मानन्धरलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सुरक्षा निकायका प्रमुख, प्रतिनिधि, विद्यार्थी र स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा भएको कार्यक्रममा ‘डम्बरबहादुरको सपना’ नामक सडक नाटक प्रहसन गरिएको थियो । कार्यक्रममा बाल कलाकार आयुषा गौतम, सुप्रिम मल्लले चेतनामूलक गीत गाएर मनोरञ्जन दिएका थिए भने जनक माध्यमिक विद्यालयका विद्यार्थीहरुले आफ्नो कला प्रस्तुत गरेर समाजको यथार्थता उतारेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

  • (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0