Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ३०, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अनुशासनले नै राष्ट्रिय एकता कायम हुन्छः महानिर्देशक उपरथी कार्की

प्रभातफेरी अनलाइन ३३८७ पटक पढिएको प्रकाशित मिति: २०८० माघ ३, बुधबार (२ साल अघि)
अनुशासनले नै राष्ट्रिय एकता कायम हुन्छः महानिर्देशक उपरथी कार्की

बर्दिबास । श्री राष्ट्रिय सेवा दल मध्य पुर्वी तालिम शिक्षालय बर्दिवास महोत्तरीमा सञ्चालित सि.सं. ४९ जुनियर डिभिजन एनसीसी (NCC) तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि श्री राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी सुरेश कुमार कार्कीले अनुशासनले नै राष्ट्रिय एकता कायम हुने बताउनुभएको छ ।
दीक्षान्त समारोहलाई सम्बोधन गर्दै युवा बर्गलाई अनुशासित, नेतृत्व क्षमताको विकास, वफदारिता तथा ईमान्दारीता, राष्ट्रिय एकताको भावना, विकास तथा विपद् उद्वार कार्यमा दक्ष स्वयंसेवकका रुपमा अडिक रहन दीक्षित विद्यार्थीहरुलाई सम्बोधन गर्नुभएको छ ।


दिक्षान्त कवाज समारोहमा प्रमुख अतिथि श्री राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी कार्की (अ. प्रा.) ले युवा बर्गलाई अनुशासित, नेतृत्व क्षमताको विकास, वफदारिता तथा ईमान्दारीता, राष्ट्रिय एकताको भावना, विकास तथा विपद् उद्वार कार्यमा दक्ष स्वयंसेवकका रुपमा अडिक रहन दिक्षित विद्यार्थीहरुलाई सम्बोधन गर्नुभएको छ । महानिर्देशक उपरथी कार्कीले अनुशासनले नै राष्ट्रिय एकता कायम हुने बताउनुभएको छ ।


उक्त तालिममा सर्वोत्कृष्ट क्याडेट छात्रछात्राहरुलाई सम्बन्धित विधातर्फ उत्कृष्टता हासिल गरेबापत प्रमुख अतिथि महानिर्देशक उपरथी कार्कीबाट सम्मान गरिएको छ । जसमा छात्रातर्फ श्री रिपुमर्दनी सैनिक महाविद्यालयका क्याडेट मेरिया गुरुङ्ग तथा सर्वोत्कृष्ट क्याडेट छात्रतर्फ श्री बेदिक स्कुल काठमाण्डौका क्याडेट अंकित खड्का र सहभागी १६ विद्यालयहरु मध्ये सबै विधाहरुमा उत्कृष्ट नतिजा हासिल गर्ने भक्तपुर जिल्ला स्थित श्री एस.ओ.एस.हर्मन माईनर विद्यालय उत्कृष्ट प्लाटुन (Best Platoon) हुन सफल भएको र Best Public Speaker मा सोही स्कुलकी कक्षा ९ मा अध्ययनरत क्याडेट आयुष्मा पौडेल हुनुभएको छ । Best Model Briefing मा कक्षा ८ मा अध्ययनरत क्याडेट सुभेक्षा खनाल हुनुभएको छ । उक्त विधामा उत्कृष्ट विद्यार्थीलाई श्री राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी कार्की (अ. प्रा.) ले पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नुभएको छ ।


दिक्षान्त कवाज समारोहमा श्री मध्य पुर्वी पृतनाका पृतनापति उपरथी सुदर्शन सिल्वाल, शिक्षाध्यक्ष लेफ्टिनेन कर्णेल शिवराम थापा, बागमति प्रदेशका प्रदेश सचिव, श्री मध्य पुर्वी पृतनाका चिफ अफ स्टाफ सहायक रथी हेमराज के.सी., बाहिनीपतिहरु, महोत्तरी जिल्लामा रहेका सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख, सहभागी विद्यालयका प्रधानाध्यापक, समन्वय शिक्षक, अभिभावक लगायत करिब ६ सय जनाको उपस्थित रहेको शिक्षालयले जनाएको छ ।


एनसीसी तालिमको बार्षिक सामुहिक क्याम्प (दोश्रो चरण) को सांस्कृतिक कार्यक्रमअन्तर्गत भएको विविध साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथि श्री राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी कार्की (अ.प्रा.) ले १६ विद्यालयका छात्र÷छात्राहरुले प्रस्तुत गरेको आ–आफ्नो कला र संस्कृति झल्किने नृत्य अवलोकन गर्दै उक्त नृत्यमा प्रथम, द्वितिय र तृतिय हुने विद्यालयहरु क्रमशः श्री रिपुमर्दनी सैनिक महाविद्यालय काठमाण्डौ, श्री युनाईटेड स्कलर्स एकेडेमी काठमाण्डौ र श्री बेदिक स्कुल भक्तपुरलाई शिल्ड तथा प्रमाण पत्र वितरण गर्नुभएको थियो ।


सो सांस्कृतिक कार्यक्रममा विशिष्ट अतिथि मधेश प्रदेशका सासंद माननीय रामाषिस यादव, श्री राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी सुरेश कुमार कार्की, श्री मध्य पुर्वी पृतनाका हे.क्वा.का पृतनापति उपरथी सुदर्शन सिल्वाल, विशेष अतिथी श्री मध्य पूर्वी पृतना हे.क्वा.का पृतनापति उपरथी सुदर्शन शिल्वाल, बर्दिबास नगरपालिकाका नगरपालिकाका नगर प्रमुख प्रल्हाद कुमार क्षेत्री लगायत सुरक्षा निकायका प्रमुख, स्थानिय बुद्धिजिवि, सहभागी विद्यालयका प्रधानाध्यापक, समन्वय शिक्षक, अभिभावक लगायतको सहभागिता रहेको थियो ।


श्री राष्ट्रिय सेवा दल मध्य पुर्वी तालिम शिक्षालय बर्दिवास महोत्तरीमा संचालन भएको सि.सं. ४९ जुनियर डिभिजन एनसीसी तालिमको बार्षिक सामुहिक क्याम्प (दोश्रो चरण) का विद्यार्थीहरु दिक्षित भएका छन । श्री राष्ट्रिय सेवा दल मध्य पुर्वी तालिम शिक्षालयमा भएको साँस्कृतिक तथा दिक्षान्त कवाज समारोहमा नेपालका विभिन्न ७ जिल्लाका १६ विद्यालयहरु श्री बेदिक स्कुल भक्तपुर, श्री तामाकोशी इंङ्गलिस बोर्डिङ्ग स्कुल रामेछाप, श्री खोकना जन माध्यमिक विद्यालय, श्री कामधेनु माध्यमिक विद्यालय काठमाडौं, श्री सामुदायिक बोर्डिङ्ग स्कुल काभ्रे, श्री कंकाली माध्यमिक विद्यालय बारा, द राईजिङ्ग स्टार स्कुल दोलखा, एल.आर.आई. स्कुल काठमाडौं, द चाँदबाघ एकेडेमी काठमाडौं, युनाईटेड स्कलर्स एकेडेमी काठमाडौं, एस.ओ.एस. हर्मन माइनर स्कुल भक्तपुर, श्री पुण्य माध्यमिक विद्यालय काभ्रे, विश्व ज्योति माध्यमिक विद्यालय नवलपरासी, पृथ्वी सेकेण्डरी बोर्डिङ्ग स्कुल, काठमाडौं, श्री सञ्जीवनी नमुना माध्यमिक विद्यालय काभ्रे, रिपुमर्दिनी सैनिक महा विद्यालय काठमाडौं र श्री चन्द्रोदय माध्यमिक विद्यालयका ५ सय ७६ जना क्याडेट छात्र/छात्राहरु सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
११%५%६%१%४%
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

  • (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0