Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १५, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रत्येक विद्यालयमा NCC लागू गर

प्रभातफेरी अनलाइन ७४६ पटक पढिएको प्रकाशित मिति: २०८० माघ ७, आईतबार (२ साल अघि)
Post Thumbnail

पछिल्लो समय शैक्षिक संस्थामा अराजक किसिमका गतिविधिहरु मौलाउँदै आइरहेको तथ्य हाम्रा अगाडि दिनको घामजस्तै छर्लङ्ग छ । यो समस्याको समाधान गर्न सरोकारवाला निकायको ध्यान नपुगिरहेको अवस्थामा नेपाल सरकारले युवा विकास कार्यक्रमअन्तर्गत राष्ट्रिय सेवा दल मार्फत् विद्यालयहरुमा छात्राछात्रहरु लक्षित एनसीसी तालिम सञ्चालन गरेर दक्ष, योग्य, कर्मठ नागरिकको उत्पादन गर्न महत्वपूर्ण भूमिका निभाएको पाइएको छ ।
जसबाट युवा वर्गलाई अनुशासित नेतृत्व क्षमताको विकास, बफादारिता तथा इमान्दारिता, राष्ट्रिय एकताको भावना, विकास र विपद् उद्धार कार्यमा दक्ष स्वयं सेवकका रुपमा अडिग रहेको पाइएको छ । यस अवस्थामा जेहेन्दार, जिम्मेवारी, कर्तव्यप्रति समर्पित विद्यार्थीको रुपमा समाजप्रतिको जिम्मेवारी बहन गर्ने कर्मठशील नागरिकको रुपमा आफूलाई समर्पित गर्ने एउटा दक्षवान् जनशक्तिको रुपमा देखिएको आधारमा पनि एनसीसी अथवा राष्ट्रिय सेवा दलको रुपमा विद्यार्थीहरुलाई प्रशिक्षित गर्न सकियो भने राष्ट्रिय रुपमा सद्भाव कायम गर्ने एउटा दरिलो खम्बाको रुपमा उदय हुने देखिएकोले प्रत्येक विद्यालयहरुमा अनिवार्य रुपमा एनसीसी तालिम सञ्चालन गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गर्न चाहन्छौं ।
समृद्ध राष्ट्र बनाउनका लागि युवाहरुको व्यक्तित्व विकास अनिवार्य छ । अनुशासित युवाले नै समाजलाई सही मार्ग निर्देशन गर्दछ । कुशल जनशक्ति उत्पादन गर्नु नै राष्ट्रिय सेवा दलको महत्वपूर्ण भूमिका रहेको सोसँग सम्बन्धित सरोकारवाला निकायले जनाइरहेका छन् । यो अवस्थामा नेपाल सरकारका जिम्मेवार तहमा रहेका र विशेषगरी शिक्षासँग सरोकार राख्ने बौद्धिक वर्गले नीतिगत रुपमै एनसीसीलाई अनिवार्य पाठ्यक्रमभित्र जोड्न आवश्यक छ । त्यसो गर्न सकियो भने मात्रै अहिलेको यो अराजक अवस्थाबाट मुलुकलाई मुक्ति दिन सकिन्छ । एनसीसीमा सरिक भएका बालबालिकाहरु श्रममा विश्वास गर्छन् । जसले गर्दा दैनिक हजारौं युवाहरु विदेशिएका छन्, त्यसको निदानका लागि समेत एनसीसी पर्यायवाची हुनेछ । जसबाट नेपाल र नेपालीको शीर उच्च राख्नका लागि विद्यार्थीहरुको भूमिका महत्वपूर्ण सावित हुनेछ ।
त्यसै कारणले पनि प्रत्येक विद्यालयहरुमा अनिवार्य क्रियाकलापअन्तर्गत एनसीसीलाई स्थायित्व दिनु आजको आवश्यकता ठहरिएको छ । जुन बालबालिकाहरु एनसीसीमा सरिक भएका छन्, उनीहरुको रहनसहन, चालचलन, आचरण समेतमा परिवर्तन आउनुको सँगसँगै समाजमा अनुशासित भूमिकामा देखिनुले पनि एनसीसी अपरिहार्य भएको छ । त्यसका लागि सम्भव भएसम्म सबै माध्यमिक तहसम्म अध्ययन हुने विद्यालयहरुमा एनसीसी अपरिहार्य गराइयोस् । अन्यथा, तत्काल सम्भावना नरहेमा सामुदायिक विद्यालयहरुमा भने यस कार्यक्रमलाई तत्कालै अनिवार्य रुपमा कार्यान्वयनमा लगियोस् भन्ने निचोडमा हामी पुगेका छौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

    Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

    Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0