Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ३०, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

ज्ञानलाई अव्वल बनाउँदा दुनियाँले पत्याउँछः मन्त्री लम्साल

प्रभातफेरी अनलाइन ३०७ पटक पढिएको प्रकाशित मिति: २०८० माघ ९, मंगलबार (२ साल अघि)
ज्ञानलाई अव्वल बनाउँदा दुनियाँले पत्याउँछः मन्त्री लम्साल

काभ्रे । वागमती प्रदेश सरकारका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले भन्नुभयो “बिभिन्न विद्यालयहरुबाट खेलमा सहभागि भएका विद्यार्थीहरुले आफुलाई अब्बल सावित गर्नको लागि खेलमा सहभागि हुनुभएको छ ।”
भिसोले आयोजना गरेको खेल समापन कार्यक्रमका प्रमुख अतिथि लम्सालले थप्नुभयो —हामीले कुनैपनि शिक्षा हासिल गर्दै गर्दा भविश्य सुन्दरताको लागि राम्रो मान्छे बन्न सकु भन्ने उद्देश्यले अगाडि बढ्नु पर्छ । आफैलाई आफ्ना बाबा आमालाई साथै समाज र देशका लागि केही गर्न सकुँ भनेर अध्ययनको लागि विद्यालय जानुहुन्छ । जुनसुकै विधामा हासिल गरेको ज्ञानलाई अव्वल सावित गर्न सके दुनियाले पत्याउने छ । प्रमुख अतिथि मन्त्री लम्सालले भन्नुभयो ।
पाँचखाल नगरमा रहेको संस्थागत विद्यालयहरूको छाता संगठन भिसो ( पाँचखाल भ्याली संस्थागत विद्यालय अर्गनाईजेसन) को आयोजनामा तीन दिन सम्म सञ्चालन भएको भिसो रनिङ्ग सिल प्रतियोगिताको उपाधी सरस्वती शिक्षा गृह पाँचखालले हासिल गरेको छ ।
लगातार तीन दिन सम्म सञ्चालन भएको उक्त खेल प्रतियोगितामा पाँचखाल र मण्डन देउपुरमा रहेको १४ संस्थागत विद्यालय सहभागि भएका थिए । खेल सुरुवातको उद्घाटन सत्रमा आयोजित मार्च पासमा तेस्रो स्थान हासिल गरेको सरस्वती शिक्षा गृहले रनिङ शिलको उपाधि हात लगाएसंगै चुनौती थपिएको छ । सो शिल प्राप्त गर्न लगातार तीन पटक जित्नु पर्ने भएकोले थप चुनौतीको सामाना गर्नुपर्ने भएको छ रनिङ शिलको उपाधि हासिल गर्दा विद्यार्थीहरुमा हौसला मिलेको छ ।
खेल समापन कार्यक्रमका सभापति (भिसोका अध्यक्ष) एवं गोल्डेन फ्युचर उमाविका प्राचार्य विशाल घिमिरेले पाँचखालमा २१ बर्ष अगाडि स्थापना भएको भिसोले खेलकुद कार्यक्रमलाई पनि एक प्रकारको गुरु मानेर अगाडि बढेको बताउनु भयो । उहाँले थप्नुभयो खेलकुद कार्यक्रम पनि विद्यार्थीहरूका लागि शिक्षक हो । खेलकुद कार्यक्रममा सहभागिता हुँदा विद्यार्थिहरुमा क्षमता वृद्धि तथा मानसिक रुपमा तिव्रता आउने भएकोले भिसोले प्रत्तेक वर्ष यही समयमा खेलकुद कार्यक्रमको आयोजना गर्दै आएको बताउनु भयो ।
पाँचखाल नगरपालिका वडा नं ४ पुफा खेल मैदानमा तीन दिन सम्म सञ्चालन भएकोे उक्त कार्यक्रममा १४ विद्यालयबाट ४ सय जना विद्यार्थीहरू खेलकुद कार्यक्रममा सहभागि भएका थिए ।
समापन कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं ४ का वडा अध्यक्ष सुन्दर तमाङ, याब्सन काभ्रेका अध्यक्ष श्याम वहादुर भुजेल लगाएतका बक्ताहरुले आ—आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा पाँचखाल नगरपालिका प्रबक्ता एवं वडा नं ८ का वडा अध्यक्ष शंजय तमाङ, वडा नं २ का वडा अध्यक्ष रामेश्वर दाहाल, वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारी, वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलाल, वडा नं ७ का वडा अध्यक्ष रामशरण दंगाल, प्रहरी चौकी पाँचखाल, विभिन्न विद्यालयका प्रिन्सिपल समाजसेवी एवं शिक्षासेवीहरुको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

  • (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0