Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभ्रेको लागि सकारात्मक रह्यो कृषि महोत्सव

प्रभातफेरी अनलाइन ५९९ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन ९, बुधबार (२ साल अघि)
Post Thumbnail

काभ्रेपलाञ्चोक जिल्लामा धेरै महोत्सवहरू भए । तर जिल्लाको पहिचानको लागि खासै उपलब्धि मूलक रहेको पाइएको थिएन । विगतमा भएका महोत्सवको उद्देश्य पनि जिल्लालाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा परिचित गराउनु नै थियो । आयोजकहरूले निकै प्रयासहरू गर्दा पनि सोचे अनुसारको उपलब्धि हासिल हुन सकेको थिएन । महोत्सवमा रहेका स्टलहरुमा खासै व्यापार थिएन व्यापार कम हुँदा स्टलहरू लिनेमा खासै चासो देखिदैन थियो । महोत्सव अवलोकन गर्न आउनेको संख्या न्यून नै देखिन्थ्यो । जिल्लाका विभिन्न स्थानहरूमा धेरै महोत्सवहरू सफल गराउने निकै प्रयास गर्दा सफल हुन नसकिरहेको अवस्थामा पछिल्लो पटक गाभेरमा कृषि महोत्सवको आयोजना भयो ।कृषि महोत्सव पनि सफल नहोला भन्ने चिन्ता हुनु अस्वभाविक हैन, विगतको कारण ।
काभ्रेपलाञ्चोकमा कृषि महोत्सव सञ्चालन गर्दा कृषि क्षेत्रमा टेवा मिल्नको साथै जिल्लालाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरसम्म परिचित गराउने उद्देश्यका साथ जिल्ला समन्वय समितिको संयोजन, बनेपा नगरपालिका‚ कृषि ज्ञान केन्द्र एवं भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेपलाञ्चोकको प्राविधिक समन्वय तथा काभ्रे उद्योग वाणिज्य संघको आर्थिक व्यवस्थापनमा जिल्लास्थित सबै स्थानीय तहको प्रत्यक्ष एवं सक्रिय सहभागितामा महोत्सव सञ्चालन सञ्चालन भयो । चार दिन सम्म चलेको उक्त महोत्सवले जिल्लाको कृषकहरूलाई हौसला मिलेको छ । जिल्लालाई राष्ट्रिय अन्तराष्ट्रिय स्तर सम्म परिचित गराउन सफल भएको छ । महोत्सवले स्थानीय व्यवसायलाई प्रवर्दन गर्न टेवा मिलेको छ । कृषकहरू साथै व्यवसायहरूका लागि हौसला मिलेको छ । सबै पक्षको साथ र सहयोगमा सम्पन्न महोत्सवले गर्दा कृषकहरूलाई हौसला मिलेको छ ।
सोमवार सम्पन्न कृषि महोत्सवले सकारात्मक सन्देश दिएको छ । महोत्सव सम्पन्न भए पश्चात आयोजक पक्षले गरेको सरसफाइ कार्यले समाजको लागि मार्ग निर्देशन भएको छ । आयोजक पक्षले आर्थिक लाई भन्दा कृषि प्रचार प्रसारलाई प्राथमिकता दिएको थियो । आइ पि एम तरिकाले उत्पादन भएको ताजा तरकारी तथा रैथाने बिउको संरक्षणको बारेमा लवग्रीन नेपालले खेलेको भूमिका अविस्मरणीय रह्यो । लवग्रीन नेपालले राखेको चार स्टलमा आई पिए एम प्रविधिको तरकारी उत्पादनको तरिका, बिभिन्न जातको तिरुवाहरू साथै रैथाने बिउको उत्पादन तथा संरक्षणको बारेमा जनचेतना फैलाउने कार्यले कृषकको मन जित्न सफल भएको थियो ।
आयोजक पक्ष मध्यका जिल्ला समन्वय समिति काभ्रेको भूमिका अत्यन्त सकारात्मक रह्यो । जसको कारण महोत्सव सफल हुन ठुलो टेवा मिल्यो । समन्वय संयोजक दीपक गौतमले खेलेको भूमिकाले जिल्लाको सम्पूर्ण जनप्रतिनिधिको शिर उच्च हुन पुगेको छ । जनप्रतिनिधि बाट समाजको सकारात्मक कार्यमा साथ सहयोग मिल्ने प्रस्टिएको छ । कृषि प्रधान मुलुकका कृषकहरूले उत्पादन गरेको उत्पादन सामाग्रीहरुले बजार नपाई राखेको अवस्थामा सम्पन्न महोत्सवले कृषकले बजार पाउने आशा जागेको छ । कृषकहरूको समस्याको रुपमा रहेको बजारको व्यवस्थाको लागि जनप्रतिनिधिहरूले मार्ग पहिल्याउने आशा जागेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0