Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १५, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

न्यायालय न्याय सिद्धान्तको रुपमा स्थापित हुनु सक्नुप¥यो

प्रभातफेरी अनलाइन ४४४ पटक पढिएको प्रकाशित मिति: २०८१ बैशाख १८, मंगलबार (१ साल अघि)
Post Thumbnail

नेपालको राजनीतिमा पछिल्लो समय राम्रालाई भन्दा पनि हाम्रालाई प्रशय दिएको उदाहरणहरु प्रशस्तै भेटिन्छन् । मुलुकको पछिल्लो राजनीतिक समिकरणलाई हेर्ने हो भने पनि त्यसको गन्ध प्रष्टै आउँछ ।
जुन किसिमबाट राजनीतिक समिकरण भयो, त्यसबाट नेपाली जनताहरुले केही राहत हुन्छ कि भन्ने महसुस गरेका थिए तर त्यो शितको थोपा झैं बिलायो भन्दा फरक पर्दैन । पछिल्लो समय नेपाली युवाहरुले आश र भरोसाको ढुकढुकी सम्झिएको युवा पिढिंहरु नै जिम्मेवार तहमा पुगिसकेपछि मौनतामा परिणत हुनुले नेपालीहरुमा नैराश्यता थपिएको छ । जसको पछिल्लो उदाहरण उपनिर्वाचनलाई लिन सकिन्छ । जहाँ युवाको ढुकढुकी भनेर परिचित रवि लामिछाने, सुमना श्रेष्ठ, स्वर्णिम वाग्ले जस्ता होनहार युवाहरुले नेतृत्व गरेको शक्ति जुन अवस्थामा पछारिन पुग्यो त्यसको कारण भनेको जिम्मेवार तहमा पुगेर मौन बस्नुको परिणाम हो भन्दा फरक पर्दैन । किनकी हिजो विपक्षीको बेन्चमा बसेर सत्ता पक्षमाथि जुन धावा बोलिएको थियो, त्यही आफूले प्रयोग गरेका शब्दहरु कार्यान्वयन गर्ने निकायमा पुगेपछि देखिएको मौनता नै निर्वाचन परिणामको जिम्मेवार हो भन्ने निचोडमा हामी पुगेका छौं ।
सत्ता समिकरणमा जुन शक्तिले जुन किसिमका मन्त्रालयहरु प्राप्त गरेको छ, ति मन्त्रालयहरुबाट प्रवाह हुने सेवाहरु जनमुखी नहुनु, जनभावना विपरित गतिविधि हुनु भुईंमान्छेका लागि दुःखद पक्षका रुपमा सावित भएको छ । जसको एउटा झट्का रास्वपाले इलामबाट व्यहोरेको छ । यस किसिमको घटनाक्रमलाई सूक्ष्म ढंगबाट अध्ययन गर्ने हो भने नेपाली जनताले खोजेको परिवर्तन त्यो शक्तिबाट प्राप्त नहुने भन्ने नै हो । यो अवस्थामा जिम्मेवार तहमा रहने जुनसुकै राजनीतिक धरातलबाट आएका शक्तिहरुले पनि बेलैमा सोच्नुको विकल्प छैन । जसरी करोडौं नेपालीहरुको ढुकढुकी बन्न पुगेका युवा नेतृत्वबाट निराशा बाहेक केही हात नलाग्ने देखेपछि नेपाली जनताले गरेको निर्णय कतै घातक त सावित हुने होइन ! यसको पछाडि ति जिम्मेवार युवा नेतृत्वले दायित्व बहन गर्नुपर्छ कि पर्दैन ? सोचनीय विषय बनेको छ । जुन किसिमबाट जनमानसमा एक किसिमको हुइम फिजाइएको थियो, त्यो पानीको फोकासरी सावित भएको छ । यसबाट पाठ सिक्दै अझै पनि साँचो ताल्चा आफ्नै हातमा भएका नेतृत्वहरुले बुझ्न आवश्यक छ ।
कहिँ कतै यि संकेतहरुलाई अवैज्ञा गरिएको खण्डमा आउने परिणामको जिम्मेवार केही गर्छु भनेर जनमत लिएर जाने ति युवाहरु नै जिम्मेवार हुनेछन् भन्ने ठम्याईमा हामी पुगेका छौं । अपेक्षा गर्छाैं, युवा नेतृत्वहरुको मौनताबाट आएको परिणाम घातक सिद्ध नबनोस् भन्ने नै हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

    Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

    Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0