Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १५, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अपरिपक्व निर्णय घातक हुन्छ

प्रभातफेरी अनलाइन ६१० पटक पढिएको प्रकाशित मिति: २०८१ जेष्ठ ८, मंगलबार (१ साल अघि)
Post Thumbnail

नेपालको राजनीतिमा पछिल्ला घटनाक्रमहरु चुनौतीपूर्ण भएर आएका छन् । १७ महिनाको दौरानमा राजनीतिक नेतृत्वले ४÷४ पटक आफ्नो स्पष्टीकरण जनताका सामु दिनुपरेको छ । यसले समग्र राजनीतिक क्षेत्रमा मौलाएको विकृतिलाई पृष्ठपोषण गर्दछ ।
यस किसिमका गतिविधिहरु आफैंमा पाच्य पक्कै होइनन् । जनसरोकारका विषयमा सूक्ष्म ढंगले अध्ययन मनन् र कार्यान्वयन गर्नुपर्ने जनप्रतिनिधिहरु सत्ताको वरिपरि रुमलिरहँदा कर्मचारीतन्त्र स्वभाविक रुपमा हाबी हुनु नौलो होइन । किनकी यहाँ राजनीयिक कर्मनीयता राम्रैसँग देख्ने अवसर मिलेको छ । त्यसैको जगमा टेकेर कर्मचारीतन्त्रले राजनीतिकप्रति हिलो छ्याप्ने बाटो खोलिदिएको छ । यस किसिमका गतिविधि नेपाली जनताले पक्कै पनि चाहेका थिएनन् । तर दुःखका साथ भन्नुपर्छ आज त्यसैको सिकार नेपाली जनता भएका छन् ।
सरकार सदाचार र जवाफदेहितामा चुकेको प्रत्यक्ष अनुभूति गृहमन्त्री रवि लामिछानेले आफ्नो ४५ मिनेट लामो सम्बोधनमा व्यक्त गरेका अभिव्यक्तिहरुले पुष्टि गरेको छ । राजनीति वृत्तमा यसलाई राजनीतिक अशिष्टताको संज्ञा दिँदै सत्ता बाहिर र सत्ता भित्र हुँदाको रंगहरुका बारेमा चर्चा मात्र गरेका छैनन्, मेरा कुरा गर्छस् भने तेरा पनि बाँकी राख्दिन्नँ भन्ने अशिष्ट अभिव्यक्तिले समग्र राजनीतिक नेतृत्वमाथि नै प्रश्न चिह्न उठाउँदै भ्रष्टाचार निर्मुल होइन कि अव्यवहारिक अनैतिक गतिविधिलाई ढाकछोप गर्न प्रेरित गर्ने सन्देश आउनु आफैंमा कलंकित र अपरिपक्व निर्णय घातक सावित हुने संकेत गर्दछ ।
जनताको ठूलो बलिदानबाट प्राप्त संवैधानिक राजतन्त्रको अन्त्य गर्दै स्थापित गणतन्त्रमाथि नै प्रश्न मात्र उठेका छैनन्, कार्यान्वयनका पक्षमा समेत गम्भीर शंकाहरु मडारिएका छन् । सत्ताको समिकरण मिल्दा तैँ चुप, मै चुप, सत्ताको समिकरण नमिल्दा पाखुरा सुर्कासुर्की । यो राजनीतिक संस्कार हुनै सक्दैन । नेपाली जनताले घटनाक्रमको अपेक्षा गरेका छैनन् र हुनु पनि हुँदैन भन्ने निचोडमा हामी पुगेका छौं ।
यदि यस किसिमको कमजोरी पटक–पटक दोहो¥याइन्छ भने त्यसका विरुद्ध जनमत सिर्जना हुनु सामान्य अर्थका रुपमा लिनुको विकल्प छैन । त्यसैले राजनीतिक नेतृत्वले कुनै पनि अभिव्यक्ति दिँदा सुझबुझका साथ जनतामा नकारात्मक सन्देश प्रवाह नहुने किसिमबाट जान हाम्रो आग्रह छ । अन्यथा निस्कने जुनसुकै परिणामको भागिदार राजनीतिक नेतृत्व हुनुपर्ने ठम्याईमा हामी पुगेका छौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

    Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

    Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0