Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सत्ता राजनीति अभिशाप सिद्ध हुने संकेत

प्रभातफेरी अनलाइन ३१८ पटक पढिएको प्रकाशित मिति: २०८१ अषाढ १९, मंगलबार (१ साल अघि)
Post Thumbnail

नेपालको राजनीतिमा पुरातनवादी संस्कार र संस्कृति कतिको हाबी छ भन्ने कुरा रातारात भएका राजनीति परिवर्तनहरुले पुष्टि गरेको छ । नेपालको सन्दर्भमा पुराना पार्टीहरू विचारका आधारमा हैन शक्ति र सत्ताको पहुँचका आधारमा सँगै बस्ने र छुट्टिन सक्ने रहेछन् भन्ने आधार सोमबार राती १२ः०० बाट पुष्टि भएको छ ।
हिजोसम्म आमुन्ने सामुन्ने पनि पर्न नपरोस् भन्ने किसिमको संकीर्ण मानसिकताले भरिएका राजनीतिक दलहरु कालो कर्तुत छोप्नका लागि एकाएक एउटै थलोमा बजारिएका छन् । अहिले नयाँ जन्मेका पार्टीहरू समेत विचारका आधारमा हैन सत्ता र शक्तिका आधारमा सहकार्य गर्न राजी भएका छन् । के नेपालमा सत्ता र शक्ति राजनीति गर्ने मूल विचार बनेको हो ?
नेपाली राजनीति यस्तै सत्ता प्राप्तिको ‘म्युजिकल चेयर’ खेल जस्तै बनेको छ । कुनै बेला जनताको आदर्श बनेका राजनीतिक नेतृत्व अहिले विचारको राजनीति परित्याग गरेर आफ्नो बुढ्यौलीले थलिएको तनको पनि वास्ता नगरी सत्ता र शक्तिको खोजीमा म्याराथन दौडमा कुदिरहेका छन् ।
राजनीतिमा सत्ता बाहेक सबैथोक भ्रम हो भन्ने कम्युनिष्टहरू मात्रै थिए कुनै जमानामा । घोषित रूपमा सत्ताका लागि सबै थोक जायज हुन्छ भन्ने कम्युनिष्टहरूका बारेमा भनिरहन परेन । तर आज त्यो भाष्य गैरकम्युनिष्टहरूले अझ बढी धारण गरेको देखिन्छ ।
संविधान निर्माणका बखत पुरानै निरन्तरताको संसदीय कि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भन्ने बहस निकै चर्कोसँग भयो । प्रत्यक्ष निर्वाचित कार्यकारीका विपक्षमा बोल्नेहरूको तर्क थियो कि नेपाल जस्तो मुलुकमा मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरिएको छ, जनताको मत हो जति पाए पनि सोही अनुपातमा सरकारमा सहभागी हुन पाउनुपर्छ । यदि यसो नगर्ने हो भने राजनीतिक स्थायित्व नै हुँदैन भनिरहँदा सत्तामा नबस्नेहरूको खेल नै सरकार ढाल्ने भएको छ ।
त्यसैले सबैलाई सरकारमा समेट्न सक्ने खालको व्यवस्था नै आजको आवश्यकता देखिएको छ । संसदीय व्यवस्थाका पक्षपातीहरू जतिसुकै भोट ल्याए पनि संसद्मा प्रवेश पाइने, जतिसुकै सांसद भए पनि वा नभए पनि मन्त्री हुन पाइने, यो जस्तो राम्रो व्यवस्था कहाँ हुन्छ र भन्ने तर्कले त्यतिबेला जित्यो । र, संविधानमा सुधारिएको संसदीय व्यवस्था अवलम्बन गरियो ।
नेपाली समाजको मनोविज्ञान पनि त्योभन्दा भिन्न छैन । मध्यमवर्गीय तप्का सत्ताको रसास्वादन गर्ने अवसरको वरिपरि घुम्छ । र सत्ताको सम्भावना देखेन भने मरेको मान्छेलाई जुम्राले छाडे झैं छाड्न बेर मान्दैन । समर्थक शुभचिन्तक सहित नेता–कार्यकर्ताहरूको हिसाब–किताब भनेकै मलाई के हुन्छ ? भन्ने कुराले घर गरेको छ । यस्तो अवस्थामा सत्ताको आसक्ति यतिबेलाको राजनीतिको मूल आधार बनेको छ । यो हुनु संविधानमाथिको मात्र नभई सिंगो व्यवस्था माथिकै प्रहारको रुपमा हामीले बुझेका छौं ।
राजनीतिको पहिलो आधार विचार हो । विचारले संगठन खोज्दछ र सो संगठनले अवलम्बन गरेको कार्यशैलीका आधारमा उसको फैलावट र प्रभाव निर्भर गर्दछ । राज्य राजनीतिले चल्दछ । राजनीतिले सबै नीतिको नेतृत्व गर्दछ । त्यसैले राजनीतिलाई सबै नीतिहरूको मूल नीति भन्ने गरिन्छ । विचार, संगठन र कार्यशैलीको तादात्म्यता कुनै पनि राजनीतिको सफलताको आधार मान्ने गरिन्छ । यो मान्यता लेनिनले स्थापित गरे । जसलाई लेनिनवादी संगठनात्मक पद्धति भन्ने गरिन्छ ।
लेनिनवादी संगठनात्मक पद्धतिका बारेमा थप व्याख्या गर्दै मार्क्सवादीहरूले भन्ने गरे कि कुनै पनि पार्टीको सदस्य कुनै न कुनै कमिटीमा आबद्ध भएकै हुनुपर्छ । उसले नियमित लेवी तिरेको हुनपर्छ । र, पार्टीका निर्णयहरू थाहा पाउने हक राख्दछ । अर्थात् सर्कुलर र पार्टीका प्रकाशनहरू पढ्न पाउनुपर्छ ।
यो मान्यताको कसीमा आजका हाम्रा राजनीतिक दलहरूको समीक्षा गर्दा चित्र नकारात्मक देखिन्छ । अर्थात् यो मान्यताको कुनै अंशसम्म पनि राजनीतिक दलहरूमा भेट्न मुश्किल छ । यस्तो हो भने या त १९औं शताब्दीमा प्रतिपादन भएको लेनिनवादी सिद्धान्त यतिवेला असान्दर्भिक भएको निष्कर्ष निकाल्नुपर्छ, या त आजका राजनीतिक दलहरू सही अर्थमा राजनीतिक दलका रूपमा गठित र सञ्चालित भएका छैनन् भन्ने निष्कर्षमा हामी पुगेका छौं । जसले सत्ता राजनीति अभिशाप सिद्ध नगराउला भन्न सकिन्नँ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0