Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सहकारी अभियन्ता निष्पक्ष रहनु पर्छ, दलगत छहारिमा रहंदा समस्या निम्तन सक्छ

प्रभातफेरी अनलाइन १६४ पटक पढिएको प्रकाशित मिति: २०८१ फागुन १०, शनिबार (१ साल अघि)
Post Thumbnail

पछिल्लो समयमा आएर सहकारी क्षेत्र सिसाको घरको रुपमा परिणत हुन पुगेको छ । यस्तो हुनुमा सहकारीका केहि अभियन्ताहरुले सहकारीको सिदान्त , नीति ,बिधि र पद्धतिलाई विर्सदै शेयर सदस्यको हितमा भन्दा सञ्चालकको स्वार्थमा अगाडि बढ्दा समस्या आएको हो । त्यति मात्रै नभएर सहकारी सञ्चालकहरु दलगत आडमा रहेर अगाडि बढ्ने र शक्तिकै आधारमा अगाडि बढ्दा समस्या आएको हो । प्रजातन्त्रको पुनर्वाहाली संगै २०४८ सालमा बनेको सहकारी ऐनलाई आधारमानी देशमा सहज रुपमा मौलाउदै गएका सहकारी संघ संस्थाहरुले हालसम्म केही सफलताका साथै अनेकौ समस्या तथा विकृतिहरुको पनि सामना गर्नु परेको छ । यसो हुनुमा सहकारी कर्मीहरुमा देखिएको फरक सोेंच र आफ्नै प्रकारको बुझाई कारक तत्वको रुपमा रहेको छ ।
सहकारी ऐनको प्रस्तावनामा कृषक, कालिगढ, कम पुँजिवाल, निम्न आयवर्ग, श्रमीक, भूमिहीन तथा बेरोजगार वा सामाजिक कार्यकर्ताले विकासका लागि पारस्परिक सहयोग र सहकारिताको आधारमा सहकारी गठन गर्ने कुरा उल्लेख गरिएतापनि वर्तमान परिवेश सम्म आइपुग्दा सहकारीले ती वर्गलाई समेट्न नसकी सहकारी साहुकारीको रुपमा देखिएका छन् । सहकारीले आफ्नो सेवाक्षेत्र छुट्याउन नसक्दा अत्याधिक व्यापारीकरण भई यो समुदायको पहुँच भन्दा वाहिर पुगेको छ । सहकारीको नेतृत्व वर्गमा सहकारी सम्बन्धी ज्ञानको कमी देखिएको छ । हामीले जे भन्यौ, जे बुझ्यौ, जे ग¥यौ र गर्नेछौ त्यही नै सहकारी हो भन्ने दिग्भ्रम र ग्रसित मानसिकता र आफ्नो विनियममा भएका कोषहरुको बारेमा सञ्चालकहरु जानकार नभएका कारण अत्यन्त महत्व राख्ने कोषहरुको उचित प्रयोग र परिचालन हुन सकेको छैन । सहकारीको मूल्य मान्यता र आदर्शको बिपरीत हुने गरी नाफा बाडँफाँडमा मात्र केन्द्रित हुनुले समग्र सहकारी अभियान कमजोर बन्दै गएको छ ।
सहकारी ऐन, नियमावली र विनियममा व्यवस्था गरिएका कोषहरुलाई उचित परिचालन गर्न सकियो भने केही मात्रामा भएपनि सहकारीमा देखिएको विकृति घटाउन सकिन्छ कि भन्ने भावानाले प्रेरित भई सहकारीका विद्यमान कोषहरुको वारेमा चर्चा गर्न सान्दर्भिक ठानिएको हो । कारोवार वृद्धि हुँदै जाँदा वार्षिक रुपमा जगेडा कोषको रकम थपिदै जान्छ । यो रकम जति वढी हुन्छ संघ संस्था त्यति नै बलियो हुँदै जाने हो । तर अहिले धैरै सहकारी संस्थाहरुले घुमाउरो ढंगले नभएको खर्चहरु देखाइ खर्च बढाएर आम्दानी घटाउने प्रचलनले गर्दा सहकारीहरुको संस्थागत पुँजी कम भएको छ । खर्च बढाएर सदस्यहरुलाई बढी मुनाफा बाड्ने र नाफा कम भएको देखाईनुले तत्काल सदस्यहरुलाई खुसी पार्न त सकिएला तर सहकारीको मूल्य र विश्वसनीयतामा ह्रास आई सहकारीहरु जुनसुकै वेलापनि संकटमा पर्न सक्ने यर्थाथता सञ्चालकलाई थाहा नभएको पाइन्छ ।
सहकारी नियमावलीमा व्यवस्था भएको कोषहरु र ती कोषहरुको प्रयोगको वारेमा पनि अधिकांश सहकारीकर्मीहरु विचमै साझा बुझाई नभएकोले साझा बुझाइ बनाइ अभियानलाई अगाडि बढाउन आवश्यक छ । त्यसैगरी सहकारीको सञ्चालकको जिम्मेवारी सम्हाल्दै गर्दाको अवस्थामा सकृय राजनीतिमा जुट्नुले सकारात्मक संदेश दिदैन । सहकारीमा विभिन्न लिंग ,जाती , बिचार , धर्म , बर्ग समेटिएको हुन्छ । सवै प्रकारका व्यक्तित्वहरु समावेस भएको मंदिर रुपी सहकारीको सञ्चालकले सकृय राजनीतिमा अग्रसर रहनुले शेयर सदस्यहरुको मन जित्न सकिदैन । त्यसैले सहकारी सञ्चालक स्वतन्त्र साथै निस्पक्षढंगबाट अगाडि बढ्न सक्दा सहकारीले सफलताको शिखर चुम्न सक्नेमा संका रहन्न ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0