Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जनतालाई सरकार छ भन्ने अनुभूति गराउ

प्रभातफेरी अनलाइन १६० पटक पढिएको प्रकाशित मिति: २०८१ फागुन २१, बुधबार (११ महिना अघि)
Post Thumbnail

झण्डै दुई तिहाइको सरकार गठन भएपनि वर्षदिन हुनै लागेको छ । नेपाली जनताले यो सरकारबाट अपेक्षाकृत उपलब्धी नपाएको गुनासो दिन प्रतिदिन बढिरहेको छ ।
सरकार विधिको शासनलाई लत्याएर अराजकतर्फ उन्मुख भएको आभाष मिलिरहेको छ । जनताका जनजीविकाका सवालमा बहस गर्नुपर्ने थलोमा कमिशन र अनियमितताका कुरा मात्रै सुन्नुपर्ने अवस्था सिर्जना हुनुले नेपाली जनतामा निराशा पैदा भएको छ ।
केही बचेका युवापिढिहरु पनि यो मुलुकमा कुनै सम्भव छैन भन्दै विदेशिने होडमा लागिरहेका छन् । मुलुकका कुनाकन्दराहरु आवाजविहिन भएका छन् । यही अवस्था रहिरहने हो भने यो मुलुकले प्रशासनिक गतिविधि सञ्चालन गर्न पनि जनशक्ति आयात गर्नुपर्ने अवस्थामा मुलुक पुग्दैछ । सत्ताका मतियारहरु भुइँमान्छेसम्मका कथाव्यथाहरुलाई आफ्नो दायित्वबाट विमुख राखिरहेका छन् । जसको कारण निराशै निराशाले बस्तीहरु उजाड बन्दैछन् । यसको पछाडि मौजुदा राज्यसत्ताको सत्ता सञ्चालनमा देखिएको अकर्मण्यता नै हो भन्ने निचोडमा हामी पुगेका छौं ।
उत्कृष्ट काम गरेबापत कार्यसम्पादनमा लगातार दुई आर्थिक वर्ष शतप्रतिशत नजिक अंक पाएका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि प्रतिशोध साध्दै ऊर्जा मन्त्रालयले यसपटक शून्य अंक दिएको छ  । योजनाबद्ध रूपमा कार्यसम्पादनमा शून्य अंक दिने र त्यसकै आधारमा मन्त्रिपरिषद्बाट स्पष्टीकरण सोध्दै हटाउने नियतसहित कुलमानको मूल्यांकनका नाममा ‘भद्दा मजाक’ गरिएको घटनाले सत्ता कता जाँदैछ भन्ने कुरा पुष्टि गर्दैछ ।
वर्षौँदेखि चरम घाटामा रहेको विद्युत् प्राधिकरणलाई कुलमानले नाफामा मात्रै पु¥याएका थिएनन्, ०८०÷८१ मा त देशकै सबैभन्दा बढी नाफा कमाउने संस्थान बनाउन सफल भएका थिए  । तर, ऊर्जा मन्त्रालयले त्यही आर्थिक वर्षको कार्यसम्पादनमा संस्थालाई शून्य अंक दियो  । जब कि आर्थिक वर्ष ०८०÷८१ मा प्राधिकरणले गरेका कामको फेहरिस्तसहित कुलमानले ९८.९९ प्रतिशत अंक दाबी गर्दै ऊर्जा मन्त्रालयमा विवरण बुझाएको तथ्यले पनि सरकार कता जाँदैछ भन्ने कुरालाई पुष्टि गर्दछ ।
राज्यले राम्रो काम गर्नेहरुका लागि प्रोत्साहन र नराम्रो काम गर्नेहरुका लागि दण्ड र निरुत्साहित गर्नुपर्नेमा ठिक त्यसको उल्टो भइरहेको छ । जसको पछिल्लो घटनाक्रम नेपालको विद्युत् प्राधिकरणप्रति राज्यले देखाएको नांगो नाचले पुष्टि गर्दछ । राज्यको ढुकुटीमा सबैभन्दा धेरै धन जम्मा गरिदिने संस्थाको मूल्यांकनमा शुन्यांक दिएर नांगिएको छ । यस्ता किसिमका गतिविधिले नेपाली जनताले सुशासनको अपेक्षा अब राख्न सक्ने देखिँदैन । तत्काल राज्यका सञ्चालकहरुले आफूलाई सुधार्न आवश्यक छ । यदि रुपान्तरण हुँदैनन् भने नेपाली जनतालाई विकल्प खोज्न बाध्य हुनेछ । त्यतिबेलासम्म ढिला भइसकेको हुनेछ । पछुताउनुको कुनै अर्थ रहने छैन । त्यसैले नेपाली जनतालाई सरकार छ भन्ने अनुभूति दिलाउनका लागि अनियन्त्रित बजार मूल्य, कालाबजारिया लगायत भ्रष्टाचारमा मुछिएका नेतृत्वहरुलाई विधिको शासनमा ल्याई पालना गराऔं । यो सरकारको दायित्व हुन्छ भन्ने ठम्याइमा हामी पुगेका छौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0