Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २०, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जनतालाई सरकार छ भन्ने अनुभूति गराउ

प्रभातफेरी अनलाइन १९२ पटक पढिएको प्रकाशित मिति: २०८१ फागुन २१, बुधबार (१ साल अघि)
Post Thumbnail

झण्डै दुई तिहाइको सरकार गठन भएपनि वर्षदिन हुनै लागेको छ । नेपाली जनताले यो सरकारबाट अपेक्षाकृत उपलब्धी नपाएको गुनासो दिन प्रतिदिन बढिरहेको छ ।
सरकार विधिको शासनलाई लत्याएर अराजकतर्फ उन्मुख भएको आभाष मिलिरहेको छ । जनताका जनजीविकाका सवालमा बहस गर्नुपर्ने थलोमा कमिशन र अनियमितताका कुरा मात्रै सुन्नुपर्ने अवस्था सिर्जना हुनुले नेपाली जनतामा निराशा पैदा भएको छ ।
केही बचेका युवापिढिहरु पनि यो मुलुकमा कुनै सम्भव छैन भन्दै विदेशिने होडमा लागिरहेका छन् । मुलुकका कुनाकन्दराहरु आवाजविहिन भएका छन् । यही अवस्था रहिरहने हो भने यो मुलुकले प्रशासनिक गतिविधि सञ्चालन गर्न पनि जनशक्ति आयात गर्नुपर्ने अवस्थामा मुलुक पुग्दैछ । सत्ताका मतियारहरु भुइँमान्छेसम्मका कथाव्यथाहरुलाई आफ्नो दायित्वबाट विमुख राखिरहेका छन् । जसको कारण निराशै निराशाले बस्तीहरु उजाड बन्दैछन् । यसको पछाडि मौजुदा राज्यसत्ताको सत्ता सञ्चालनमा देखिएको अकर्मण्यता नै हो भन्ने निचोडमा हामी पुगेका छौं ।
उत्कृष्ट काम गरेबापत कार्यसम्पादनमा लगातार दुई आर्थिक वर्ष शतप्रतिशत नजिक अंक पाएका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि प्रतिशोध साध्दै ऊर्जा मन्त्रालयले यसपटक शून्य अंक दिएको छ  । योजनाबद्ध रूपमा कार्यसम्पादनमा शून्य अंक दिने र त्यसकै आधारमा मन्त्रिपरिषद्बाट स्पष्टीकरण सोध्दै हटाउने नियतसहित कुलमानको मूल्यांकनका नाममा ‘भद्दा मजाक’ गरिएको घटनाले सत्ता कता जाँदैछ भन्ने कुरा पुष्टि गर्दैछ ।
वर्षौँदेखि चरम घाटामा रहेको विद्युत् प्राधिकरणलाई कुलमानले नाफामा मात्रै पु¥याएका थिएनन्, ०८०÷८१ मा त देशकै सबैभन्दा बढी नाफा कमाउने संस्थान बनाउन सफल भएका थिए  । तर, ऊर्जा मन्त्रालयले त्यही आर्थिक वर्षको कार्यसम्पादनमा संस्थालाई शून्य अंक दियो  । जब कि आर्थिक वर्ष ०८०÷८१ मा प्राधिकरणले गरेका कामको फेहरिस्तसहित कुलमानले ९८.९९ प्रतिशत अंक दाबी गर्दै ऊर्जा मन्त्रालयमा विवरण बुझाएको तथ्यले पनि सरकार कता जाँदैछ भन्ने कुरालाई पुष्टि गर्दछ ।
राज्यले राम्रो काम गर्नेहरुका लागि प्रोत्साहन र नराम्रो काम गर्नेहरुका लागि दण्ड र निरुत्साहित गर्नुपर्नेमा ठिक त्यसको उल्टो भइरहेको छ । जसको पछिल्लो घटनाक्रम नेपालको विद्युत् प्राधिकरणप्रति राज्यले देखाएको नांगो नाचले पुष्टि गर्दछ । राज्यको ढुकुटीमा सबैभन्दा धेरै धन जम्मा गरिदिने संस्थाको मूल्यांकनमा शुन्यांक दिएर नांगिएको छ । यस्ता किसिमका गतिविधिले नेपाली जनताले सुशासनको अपेक्षा अब राख्न सक्ने देखिँदैन । तत्काल राज्यका सञ्चालकहरुले आफूलाई सुधार्न आवश्यक छ । यदि रुपान्तरण हुँदैनन् भने नेपाली जनतालाई विकल्प खोज्न बाध्य हुनेछ । त्यतिबेलासम्म ढिला भइसकेको हुनेछ । पछुताउनुको कुनै अर्थ रहने छैन । त्यसैले नेपाली जनतालाई सरकार छ भन्ने अनुभूति दिलाउनका लागि अनियन्त्रित बजार मूल्य, कालाबजारिया लगायत भ्रष्टाचारमा मुछिएका नेतृत्वहरुलाई विधिको शासनमा ल्याई पालना गराऔं । यो सरकारको दायित्व हुन्छ भन्ने ठम्याइमा हामी पुगेका छौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0