
प्रभातफेरी अनलाइन ५५५ पटक पढिएको प्रकाशित मिति: २०८२ अषाढ ४, बुधबार (७ महिना अघि)
काभ्रेपलाञ्चोक/ सामाजिक दायित्व अन्र्तगत लायन्स क्लव अफ केटिएम पूर्व क्षितिज काभ्रे ३२५ आइ नेपालले थप उर्जा प्राप्तीसँगै योगदानको उच्चकदर स्वरुप आयोजित सम्मान कार्यक्रममा लायन्स क्लव अफ केटिएम पूर्वक्षितिज काभ्रे ३२५ आइ नेपालका अध्यक्ष लायन कमल कुइकेलले लायन्स इन्टरनेशनल मानवीय सेवाको एउटा नमुना भएको जिकिर गर्दै यसमा पनि लायन्स इन्टरनेशनल डिस्ट्रक ३२५ आइ नेपाल त्यस्तो डिस्ट्रक हो लायनवादको इतिहास केलाउने हो भने विश्वमा उत्कृष्ट स्थान हासिल गर्दै नेपाल र नेपालीको शीर उच्च राख्ने अभिभारा बोकेको डिस्ट्रक भन्दा फरक पर्दैन ।

त्यसैले लायन वर्ष २०२५/२०२६ का डिस्ट्रक गर्भनर लायन पार्वती खरेल पाण्डेले प्रतिपादन गर्नुभएको नारा ‘निःस्वार्थ सेवा, शशक्त नेतृत्व र उत्कृष्टताको यात्रा’ लाई सफल बनाउन हामी सबैको दायित्व भएको छ । त्यसको एउटा पाटोको रुपमा लायन्स क्लब आफ केटिएम पूर्वक्षितिज ३२५ आइ नेपालले गरेको समाजमा प्रेरणा जगाउने केहि गर्छु भन्ने भावना बोकेका संघ संस्था र व्यक्तिहरुलाई उर्जा प्राप्त गराउनका लागि यस्ता किसिमका गतिविधिहरुलाई प्राथमिकतामा राखेको छ । जसको एउटा नमुना सम्मान कार्यक्रमलाई लिन सकिन्छ । जहाँ विपत् त्यहाँ लायन्स भनेझैं कम अवसर प्राप्त समुदायको उत्थान, युवा र महिला शशक्तिकरणमा सिपमुलक रोजगारीका सम्भावनालाई उजागर गर्ने दिगो परियोजनाहरु अघि बढाउनु आजको आवश्यकतालाई लायन अभियानताहरुले अंगाल्दै आएको अध्यक्ष लायन कुइकेले बताउनुभएको छ । सेवाको भाव विकास गर्नुनै मानवतालाई हामी मानवले भुल्न नहुने सार्थकताभित्र लायन्सले जोेडेको थप कथन राख्दै अध्यक्ष लायन कुइकेलले मानवीय चेतानाको अर्को नाम लायनबाद भएको पनि सम्बोधनका क्रममा खुलासा गर्नुभएको छ ।
कार्यक्रममा सम्मानित व्यक्तित्वलाई सहभागि सम्पूर्ण शिक्षक, लायन अभियान्ता, कर्मचारीहरुले बधाइ ज्ञापन गर्नुभएको थियो भने विशेष सम्बोधन शिक्षक देविप्रसाद ढुंगाना, भिमा तामाङ, लक्ष्मी जोशी, शंकर शर्मा, मञ्जुदेवि अधिकारी, उद्धव तिमल्सिना, सोवित श्रेष्ठ लगायतका शिक्षकहरूले लायन्स क्लबका गितिविधिप्रति सकारात्मक टिप्पणी राख्नुभएको थियो । कार्यक्रममा शिक्षक, कर्मचारी र लायनवादका अभियान्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।









प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |