Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

शेर्पा जाति, याङ्दु शेर्पा र भारतीसँगको मितेरी साइनो

प्रभातफेरी अनलाइन ११८ पटक पढिएको प्रकाशित मिति: २०८२ कार्तिक २०, बुधबार (२ महिना अघि)
शेर्पा जाति, याङ्दु शेर्पा र भारतीसँगको मितेरी साइनो

शेर्पा जातिका महिलाहरु मलाई खुब मन पथ्र्यो । उनीहरुको सुरोपन, महिलाजातिप्रतिको उनीहरुको स्व–अधिकार देखेर म छक्क पर्थें । एकदिन एकजना शेर्पिनी बहिनीसँग मेरो श्रीमतीसँग मित लगाइदिनका लागि एकजना शेर्पिनी बहिनीको सम्पर्क जुटाइदिन भन्यौं । नाम्चे होटेलकी साहुनी सानी बहिनीसँग मेरो मनको उत्कण्ठा पोखि दियौं । उनले तत्कालै दिदी याङ्दुसँग मित लगाइदिने इच्छा व्यक्त गरिन् । भोलिपल्टै होटेलमा बहिनीले खबर गरेअनुसार याङ्दु आइपुगिन् ।
याङ्दुसँग परिचय भयो । उनी त्यसताका शङ्करदेव कलेजमा डिप्लोमा पढ्दै रहिछन् । कम बोल्ने तर सटिक बोल्ने । पढेलेखेकी शेर्पिनी; सभ्य र शिक्षित देखिंदा छन् । शेर्पाजातिसँगको सामिप्यताका लागि मैले खोजेर मितिनी बनाउने ध्येय लिएकैले याङ्दुरसँग मेरो परिचय हुन गयो । याङ्दु त्यसताका बागबजारमा बस्ता रहिछन् । मैले उनीसँग भेट्न बागबजारमा पुगेको सम्झना छ । बनेपा पुगेर मितिनी बनाउने कुरोमा उनीले सहमति जनाइन् ।
याङ्दुलाई मितिनी बनाउने उद्देश्यले बनेपामा पु¥याइयो । बुबा बुढो भई सक्नुभएको छ । मेरो प्रस्तावलाई स्वीकार्नुभयो । याङ्दु र भारतीको मितेरी साइनो जोडिदिन आफ्नै ढङ्ग र तरिकाले अगाडि सर्नु भयो । बुबाले थाहा पाउनुभएको विधि अनुसार मित लगाइ दिनुभई साइनो जोडिदिनुभयो । याङ्दु एकरात बनेपामा नै बस्नु भयो – मितेरी साइनो जोडिसकेपछि झन् आत्मिय लाग्यो । पछि झन–झन् सम्पर्क बढ्दै गयो । मेरा लागि जनमतका सहयोगी पनि बनेर सहयोग गर्नुभयो । सँगसँगै हिँड्ने क्रम बढ्यो । दुःख, सुखका साथीजस्तै बन्दै गयो । बुबाकै निर्देशनमा मित लगाउँदा बुबाले सन्दर्भ मिलाएर त्यसताका भन्नुभएको याद आइरहन्छ । उहाँले मित लगाई दिएपछि – ‘तिमीहरु दुवैजना दुवैका लागि एक–अर्काको सहारा भयौ ।’ भन्नुभएको थियो । धर्मशास्त्रअनुसार व्याख्या गर्न सिपालु बुबाले मितको परिचय गराउँदै भन्नुभएको थियो – ‘मित लगाउनु आफ्नो लागि साथ खोज्नु हो । मितलाई घात गर्नुहुँदैन – एक–अर्कामा सहयोग गर्नुपर्छ र दुवैले एक–अर्कामा घुलन गरेर एक बनेको महसुस गर्नुपर्छ ।’ भनेर मितेरी साइनोको सटिक व्याख्या गर्नुभएको आजपर्यन्तसम्म याद आइरहन्छ ।


भारतीसँग याङ्दुले मित लगाइन् र एक–अर्कासँग जोडिएर ‘मितिनी’ भइन् । मलाई एकजना मन मिलेको मित्र थपिएजस्तो भयो । याङ्दुसँग हिँडीरहने, जनमतको काममा पनि हामी दुईजना कुदिरहने खालका हामी मित्रजस्तो भयौं । सानी बहिनी कानी, जीवन र गेल्बुभाई, पालालगायत, काका–काकीहरुसँग पनि सम्बन्ध जोडिंदै गयो । दिक्सु, कान्छी बहिनी, जीवन र गेलु सा–साना भएपनि माया साटासाट हुँदै गयो । कहिलेकाँही याङ्दुकै घरमा बास बस्न थालियो । शेर्पा जाति मन परेकोले शेर्पिनीसँग मितिनी नाता जोड्न लगायौं भारतीसँग ।

सम्बन्ध विस्तारित हुँदै गयो । दुःख–सुखमा साथ हुने खालको सम्बन्ध एक–अर्कामा थपिंदै गयो । कोरा भावना र कोरा मायामा साटफेर हुँदै गएको प्रेममय वात्सल्यताले भरिंदै गएको हाम्रो सम्बन्धमा गाढापन थपिंदै गयो । डिप्लोमासम्म पढेर बीचमा कलेज छोडिरहेको कारणले याङ्दु कतै जागिरमा अल्झिन पाए हुन्छ’को सोचले मलाई गुहार्न थालिन् । कुलेश्वरमा रहेको कृषि संस्थानमा अधिकृत स्तरमा कार्यरत मेरा आत्मिय मित्र गोविन्दलाल प्रधानाङ्गलाई याङ्दुको जागिर खाने इच्छालाई साकार बनाइदिनका लागि गुहारें । उहाँले अस्थायी कर्मचारीका रुपमा सेवा गर्न डाके । याङ्दु गइन् पनि । केही दिनसम्म त्यस कार्यालयमा सेवा पनि गरिन् । केही दिनको सेवा पछि त्यहाँ जान उनले रुचाइनन् । अलिक जिद्दीवालकी यिनी स्वाभिमान गिर्न दिन नचाहने खालका थिइन् । कुरा केही बताएनन्; त्यस कार्यालयमा जान चाहेनन् । मैले पनि बुझेनौं र गोविन्दजीले पनि बताउनुभएन । याङ्दुले कृषि संस्थानको जागिर छोडिन् ।

याङ्दुले पछि स्कुल संचालन गर्ने इच्छा व्यक्त गरिन् । सिक्किमकी एकजना बहिनी दिक्सु पनि यिनीसँग रहेकी; यिनी नाताले बहिनी पर्ने भएकाले दुवै मिलेर बोर्डिङ स्कुल खोल्ने रहर गरिन् । मैले मितिनीको रहरलाई सार्थक तुल्याउन पाँचखालका साथीहरुसँग कुराकानी ग¥र्यौं । भरत लामिछाने, दामोदर अधिकारी, पारस काफ्ले, केशव अधिकारीहरुले पाँचखालमा बोर्डिङ खोल्न दिने र सहयोग गर्ने कुरामा सहमति दिए । करिव १ वर्षजति पाँचखालमा याङ्दु बसिन्, स्कुलको अनुभव लिइन् । म पनि केही पटक पाँचखाल धायौं ।

जीवनको मोड बदलियो । याङ्दुसँग एकजना अमेरिकन पाइलटको आँखा लागेछ । मायाप्रीति साटासाट गर्न भ्याएछ; पछि यिनी अमेरिकातर्फ लागिन् । उनीसँग सम्पर्क नभएको होइन सम्पर्क त पछिसम्म पनि रहिरह्यो । नेपालमा आउँदा घरमा आएकी छिन् । फेसबुकमा लाइक साटासाट हुन्छ । याङ्दुले आफ्नै ढङ्गले जीवन गुजार्दै छिन् । श्रीमान पनि बितेको धेरै भइसकेको छ । अमेरिकामा भाइबहिनीहरुलाई बस्न र व्यवस्था मिलाउन साथ दिएका छन् । आफ्नो बुबालाई बुढ्यौली र रोगले च्यापिदिएको छ; उनी सक्दो सहयोग गर्दै छिन् । अहिले याङ्दु शेर्पाबाट याङ्दु मार्तेनी बनिसकेकी छिन् ।
जतासुकै पुगे तापनि मनभित्रको मनले मन पराइसकेको बिम्बहरु मेटिएर जान गा¥हो पो हुँदोरहेछ । केही महिना अगाडि बुढानिलकण्ठमाथि जङ्गलमा रहेको एउटा गुम्बामा लामाहरु डाकेर पूजा भएको समारोहमा मित भाई–बहिनीहरुले डाकेकोले सिर्जना र भारतीहरुसँग मायाप्रीति साट्न गयौं । पुरानो सम्झना मनभरि छताछुल्ल हुन थाल्यो । शेर्पाहरुको भीडमा उनीहरुसँग नै रमेर खाना खायौं; फोटाहरु खिँच्यौं — रमाइलो भयो ।

हिमालसँग माया साटेर नेपाललाई विश्वमा चिनाउन सफल शेर्पाहरु हिउँजस्तै चिसो र सेताम्य मुहारका छन् । मन परे जे पनि गर्ने, मन नपरे मुखै नहेर्ने कठोर स्वभावका यिनीहरु बुद्धलाई गुम्बा, घ्याङमा सजाउने गर्छन् । मुखले ठिक्क कामले दिक्क पार्दैन यिनीहरु । सत्य मन पराउने यिनीहरुको जाति विशेषता पनि अनौठालाग्दा खालका छन् । तौलेर बोल्ने चलन छैन यिनीहरुको, केटा र केटीमा भेद गर्दैनन् कहिल्यै पनि यिनीहरु । अझ भनौं; केटीहरु अर्थात् महिलाहरु औपचारिकतामा मात्र आफूलाई भुलाउँदैनन् । मैले संगत गरेअनुसार यी सम्बन्धित मित नाताले रङ्गिएका शेर्पाहरुले कहिले पनि देखावटीमा आफूलाई सीमित राखेनन् । शेर्पाहरुले कहिले पनि नखरमाइलो चलन चलाएको, एक–अर्कामा अनावश्यक षड्यन्त्र गरेर एक–अर्काको बुईं चढ्न खोजेको पनि देखिएन ।

मितको साइनो जोडिएकै कारणले भारतीजस्तै म पनि शेर्पाहरुका जुवाईंसाहेव, भिना, मितदाजु बनेर शेर्पा जातिका केही मित्रहरुको ढुकढुकी छाम्न पाएको छु । जीवनमा मैले कहिल्यै पनि यो सम्बन्धलाई बिर्सन सकेनौं । कोही मेरा पाला भएर बाबुले जस्तै माया पोखिदिएका छन् । कोही कसैको भिना भएर जीवन साट्न पाएको छु । कोही कसैको मितिनी भएर स्पर्शमा जीवन गुजार्न पाएको छु । यही त हुन् सम्बन्धहरु । यही त हुन् माया–स्पर्शहरु ! यही त सधैं–सधैंका माया–मोहहरु । याङ्दु र भारतीको मितेरी साइनोले शेर्पा जाति र नेवार जातिमा ल्याइदिएको साइनो र मित्रतालाई बिर्सिन गा¥हो भइदिएको छ । यही सम्बन्ध र साइनोलाई लिएर एउटा कविता यसरी सोचियो र लेखियो :–

याङ्दु र भारती

सम्बन्ध भनेको
जोसँग पनि, जस्ताहरुसँग पनि
कायम हुन सक्दोरहेछ
हिमालसँगसँगै हुर्किएर आएकी
हिमालका प्रियहरु पनि
बजारमा हुर्किनेहरुसँग
माया–प्रेम साट्न सकिंदोरहेछ ।
००
याङ्दु शेर्पिनी भए पनि
नेवारजस्तै देखियो
भारती नेवार्नी रहे पनि
शेर्पाहरुकै हूलमा मिस्सियो ।
००
माया भनेको जोसुकैसँग पनि
जुनसुकै जातिका जहाँको भए पनि
आत्मीयता मिल्नु पर्दोरहेछ;
सम्बन्ध विस्तारित हुँदै जान्छ ।
००
याङ्दु र भारतीमा मितेरी नातो छ
त्यो नाता अमेरिका र नेपाल भएर पनि जुटेको छ ।
००
मनमा रहने त माया हो
स्पर्शमा खुल्ने त प्रेम हो
जुनसुकै जातिको किन नहोस्
गुलावझैं फुल्ने त माया हो
जहाँसुकैको भूगोलमा रहे पनि
भोलिसम्म फुलिरहने त प्रेम हो ।
००
टाढाबाट भए पनि
याङ्दु र भारती
कहिलेकाँही आफू–आफूमा
मन साटासाट गर्दै
मितेरीको साइनो जोड्छन्
फोनमा भए पनि माया साट्छन्
फेसबुकमा भए पनि
आफू–आफूमा देखादेख भएर
दङ्गदास हुन्छन्
माया त यस्तो–उस्तोमा साटिंदोरहेछ ।
००

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0