Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

वैद्य दीपकराज कायस्थ र ‘स्वास्थ्य दर्पण’ : बनेपाबाट भएको गौरवपूर्ण वौद्धिक कार्य–(१)

प्रभातफेरी अनलाइन ३६२ पटक पढिएको प्रकाशित मिति: २०८२ मंसिर १३, शुक्रबार (२ महिना अघि)
वैद्य दीपकराज कायस्थ र ‘स्वास्थ्य दर्पण’ : बनेपाबाट भएको गौरवपूर्ण वौद्धिक कार्य–(१)

वैद्य दीपकराज कायस्थ पनि बनेपा, भोलाखाटोलकै हुनुहुन्थ्यो । म पनि भोलाखाटोलकै भएकोले हाम्रो सम्पर्क दिनका दिनजसो हुन्थ्यो । समाजमा केही न केही गरेर जानुपर्छ भन्ने उहाँको र मेरो सोचले उहाँसँगको मित्रतामा गाढापन थपिंदै गएको देखिन्छ । दीपकजी मेरा आत्मिय साथीजस्तै हुँदै जानुभयो । तर पनि उहाँ मलाई मोहनदाई भनी सम्बोधन गर्नुहुन्थ्यो । मकहाँ आइरहनु हुन्थ्यो । मेरो जनमतको साहित्यिक अभियानमा पनि झिँजो नमानीकन उहाँ मलाई साथ दिइरहनु हुन्थ्यो । आफू सानैछँदादेखि घरमा बाबुले गरेको कठीन अभ्यासलाई नियाल्दै, पिताकै रेखदेख र आदेशानुसार हुर्किंदै आएको दीपकले आयुर्वेद औषधीको पहिचान र महत्व उनकै पिता शेरबहादुर वैद्यबाट सिक्दै आएका हुन् । वि.सं. २००९ साल माघमा यिनी बनेपामा जन्मेका हुन् । सङ्गत गर्दै गइयो; साथ छोड्न नसकिने खालको उहाँसँगको मेरो सम्पर्क गाढा हुँदै गयो । उहाँको कुरा मैले नकार्न नसकिने, मेरो कुरामा पनि उहाँले अन्तसन्त नभन्ने कारणले हामी दुईबीचको मित्रतामा गाढापन बढ्दै गयो ।
दीपकजी साहित्यकार नभए पनि साहित्यिक गतिविधिमा मलाई साथ दिइरहनुहुने÷ मेरो कुरा मन पराएर सुनिरहने, मेरो प्रगतिमा खुसी व्यक्त गरिरहने मित्र भएकैले उहाँलाई छोड्न मन लागेन । त्यसैले एकदिन स्वास्थ्यको पनि पत्रिका निकाल्न सकिने उपाय सुझाई दिएँ । कुरा–कुरामा कुरा गर्दै जाँदा ‘स्वास्थ्य दर्पण’ त्रैमासिक रुपमा निकाल्न सकिने, उहाँको क्लिनिक बनेपामा रहेको र व्यावसायिक हिसाबले डाक्टरहरुसँग सम्पर्क भइरहने कारणले र उहाँले लगानी गर्न पनि सक्ने देखिएकोले प्रकाशन गर्न जोड दियौं । बनेपा हेल्थ क्लिनिकमा सेवारत डा. दुर्गाप्रसाद भँडारीले पनि चाख देखाइदिएको कारणले उहाँ एकदिन हानिएर आउनुभयो र खुसीमा विचार घोल्दै उहाँले भन्नुभयो — “मोहनदाई तपाईंका सल्लाहअनुसार ‘स्वास्थ्य दर्पण’ निकाल्ने सल्लाह मिलाइयो ।” स्वास्थ्यसम्बन्धी केही पनि ज्ञान नरहेको, त्यो क्षेत्रको व्यक्तित्व पनि नभएको कारणले उक्त ‘स्वास्थ्य दर्पण’ पत्रिकाको कुनै पनि पदमा रही सेवा गर्ने मौका लिइएन । तर पत्रिका प्रकाशन गर्ने तौरतरिका त पक्कै पनि मैले जानकारी गराइदिएको हो । स्वास्थ्यकर्मीहरु र डाक्टरसाहेवहरुलाई बनेपाबाट प्रकाशित हुन लागेको ‘स्वास्थ्य दर्पण’ पत्रिकाबारे आफूसक्दो प्रचार प्रसार पनि गरिदिएकै हो । पछि डा. अरुण साय्मि, डा. अरुणा उप्रेती र डा. महेशमान श्रेष्ठहरुलाई मेरै अनुरोधमा मानार्थ सल्लाहकारका रुपमा रहन राजी गरायौं । र उहाँहरु रहनु पनि भयो । आफूसक्दो सल्लाह पनि दिंदै जानुभयो ।
जाँगर चलाउनु भयो; बनेपाकै मित्र राम राजवंशीको टेकुमा रहेको ‘सगुन प्रिन्टिङ्ग प्रेस’ बाट पत्रिका प्रकाशन हुने भयो । एउटा सिर्जनात्मक कामको थालनी बनेपाबाट हुने भयो । वि.सं. २०५३ देखि पत्रिका प्रकाशन भयो । पहिलो अङ्क २०५३ पुस, माघ, फागुन अङ्क भई निस्क्यो । बनेपाबाट यसरी म्यागेजिनका रुपमा नियमित प्रकाशन गर्ने लक्ष्य राखेर वैद्य दीपकजीले ‘स्वास्थ्य दर्पण’ को प्रकाशन सुरु गर्नुभयो । जब उहाँले पहिलो अङ्क ‘स्वास्थ्य दर्पण’ मलाई उपहारस्वरुप प्रदान गर्नुभयो मैले खुसी भएर उहाँलाई भनेको शब्द ‘धन्य होस् !’ यहाँ पनि उल्लेख गरें ।
बनेपाबाट साहित्यिक मासिक ‘जनमत’ प्रकाशन गरेजस्तै स्वास्थ्य, शिक्षा, सहकारी सबै विषयको पत्रिकाहरु प्रकाशन गराउने लक्ष्यअनुरुप रामभक्त कोख श्रेष्ठ र आशाकाजी सेवकसरसँग मिलेर ‘शिक्षा’ स्मारिका (शिक्षासँग सम्बन्धित पत्रिका) पनि बनेपाबाट एक अङ्क मात्र भए पनि प्रकाशन भएको विगत इतिहास छ । यसैगरी केदारनाथ प्रधानसँग मिलेर ‘भुजङ्ग’ र ‘महेन्द्र मा.वि., साँगाबाट ‘भञ्ज्याङ’ शिक्षासँग सम्बन्धित पत्रिकाहरु प्रकाशन गरेको स्मरण याद आइरहन्छ । यसैगरी विधान जोशी र रामसुन्दर देउजा प्रकाशक÷सम्पादक रहेको ‘सहकारी दर्पण’ मा सल्लाहकार रहेर र अझ हौसला दिएर उक्त सहकारी पत्रिका प्रकाशन गर्न दिन पाउँदा खुसी लागेको आफ्नो मनभित्रको कुरा यहाँ पोख्दैछु । इतिहासलाई स्मरण गर्न र गराउन कुनै पनि सङ्घ, संस्थान, प्रतिष्ठानको स्मारिका प्रकाशन गर्नु तत् सङ्घ–संस्थाको जिम्मेवारीबोध हुने ऐतिहासिक कार्य हो भनेर मेरै सल्लाह र अग्रसारितामा जनागालको सयपत्री प्रतिष्ठानबाट ‘सयपत्री स्मारिका’ र सहीद मुकेश प्रतिष्ठान बनेपाबाट ‘स्मारिका’ प्रकाशन गर्न दियौं र दुवै स्मारिकाको प्रधानसम्पादक रही सेवा पनि पु¥यायौं । प्रकाशनको इतिहासलाई ओझेलमा नपार्ने हिसाबले र इतिहासलाई ‘इतिहास’ कै रुपमा सम्झिदिनुपर्छ भन्ने सम्झेर यी प्रसङ्गहरु र भईगएका ऐतिहासिक वौद्धिक कार्यहरु यहाँ उल्लेख गरेको छु ।
००
र अब प्रसङ्ग चलाउँछु ‘स्वास्थ्य दर्पण’ को निकै जाँगर बोकेर महत्वका साथ प्रकाशित भयो ‘स्वास्थ्य दर्पण’ । दीपकजीले आफ्नै बनेपा क्लिनिकमा सेवारत डा. दुर्गाप्रसाद भँडारीको सम्पादनमा र वैद्य दीपकराज कायस्थको आफ्नै प्रकाशनमा २०५३ पुसमा पहिलो अङ्क प्रकाशित भएको देखिन्छ । स्वास्थ्यका सबै प्रसङ्गहरु राखेर तयार पारेको ‘स्वास्थ्य दर्पण’ समाजका लागि नै अत्यन्त लाभदायक सामग्रीसहित देखाप¥यो । पहिलो अङ्कमा विशिष्ट चिकित्सक डा. मृगेन्द्रराज पाण्डेको अन्तर्वार्ता समसामयिक मात्र नभई स्वास्थ्य शिक्षा दिने/हुने खालको निकै मर्म छुने अन्तर्वार्ता हुन् भन्न सकिन्छ । यस अङ्कमा क्षयरोगबारे विस्तृतरुपमा जानकारी दिने खालका डा. दुर्गा भँडारीको लेख निकै कामलाग्दो जानकारीमूलक लेख हो भन्न सकिन्छ । पेट दुख्दाका कारणहरु र उपायहरु डा. कमलराज अर्यालको लेख सान्दर्भिक छ । गर्भिणी महिलाको हेरचाह कसरी गर्ने भन्ने सम्बन्धमा डा. घनश्याम गुरुङले रचनात्मक सल्लाह दिनुभएको छ । मुटु पोल्दा, मुटु दुख्दा के–कस्तो हुन्छ र सोको उपाय डा. धर्मदत्त सुवेदीले लेख्नुभएको छ । पाटन अस्पतालको परिचयसमेत भएको पहिलो अङ्क प्रभावकारी अङ्क हुन गएको छ । सुरुको अङ्कदेखि नै राम्रो रुप, रङ्ग, शैली बोकेर पाठकहरुसमक्ष देखापरेको देखिन्छ ।
‘स्वास्थ्य दर्पण’ को  दोस्रो अङ्क २०५३÷०५४ चैत्र–जेठमा प्रकाशित भएको देखिन्छ । सम्पादकीयमा ‘डाक्टरको सेवा’ को महत्व दर्शाइएको छ । विशेष अन्तर्वार्तामा डा. अन्जनीकुमार शर्माले निकै महत्वपूर्ण स्वास्थ्यवद्र्धक चेतना संप्रेषण गर्न खोज्नुभएको छ । “मुखको क्यान्सरको मुख्य कारणचाहिँ सूर्ति सेवन र धुम्रपान नै हो ।” ठोकुवा गर्नुहुन्छ । यस अङ्कमा डा. दुर्गाप्रसाद भँडारीले ‘उच्च रक्तचाप’ को परिचय र त्यसबाट बच्ने उपाय बताउनुभएको छ । डा. एन्ड्रयू एडवार्डस्ले ‘बच्चाको झाडापखालाको घरेलु उपचार’ बारे जानकारी दिनुभएको छ । ‘एड्स’ आधुनिक युगको महामारी रोग हो’ भनेर डा. धर्मदत्त सुवेदी बताउनुहुन्छ । नवजात शिशुको स्याहार गर्ने तरिका डा. पारश शर्मा लेख्नुहुन्छ । डा. कमलराज अर्यालले ‘अपेन्डीसाइटिस’ को परिचय पोख्नुहुन्छ । नवजात शिशुको पहेँलो रोग कति खतरनाक हुन्छ डा. विनु दलीले आफ्नो लेखमा विचार राख्नुहुन्छ । आयुर्वेदकै उपचार विधिले ‘कमलपित्त’ रोग निको पार्न सकिने उपाय वैद्य दीपकराज कायस्थले लेख्नुभएको थियो । सुन्दर मुहार देखाउन स्वस्थ दाँत हुनुपर्ने भनिएको छ । सार्वजनिक स्थानमा धुम्रपान गर्नाले समाज सिङ्गैलाई बिगार गर्छ भन्ने ज्ञान प्रकाशबहादुर कायस्थले बताउनुभएको छ । स्थायी स्तम्भमा राखिएको वीर अस्पतालको परिचय दिइएको यो अङ्क पनि सङ्ग्रहणीय छ ।
पूर्णाङ्क ३ पनि २०५४ मा प्रकाशित छ । ‘आमाको स्वास्थ्य’ को ख्याल राख्दा सबैको स्वास्थ्यको ख्याल गरिएको जस्तो हुने सम्पादकीय छ । मधुमेह रोगबारेको जानकारी गर्न सफल देखिनुभएको छ – डा. दुर्गाप्रसाद भँडारी । डा. सानुमैंया दलीको विशेष अन्तर्वार्ता समेटिएको छ । अन्य लेख–रचनाहरुमा डा. मार्क. डी. जिम्मरम्यानको इन्सेफलाइटिसबारेको लेख पढ्नलायकका छन् । यसैगरी डा. विष्णुप्रसाद पण्डितको ‘हृदयाघात’ बारेको लेखले सर्वसाधारणलाई ज्ञान दिन सफल छन् । महिनावारीबारे, रुघाखोकी, यौनअङ्गका घाउहरुबारे जानकारी दिने लेखहरु यस अङ्कमा समेटिएका छन् । यो अङ्क पनि स्वास्थ्य ज्ञान वितरण गर्न सफल अङ्कका रुपमा प्रकाशित भएको देखिन्छ ।
‘स्वास्थ्य दर्पण’ को पूर्णाङ्क ४ पनि २०५४ मा नै प्रकाशित भएको देखिन्छ । यस अङ्कको सम्पादकीयमा ‘धुँवा, धुम्रपान र प्रदुषण’ नै आजको समस्या भनिएको छ । डा. दुर्गाप्रसाद भँडारीले ‘जाडोको समस्याकै रुपमा दमखोकीलाई देखाइएको छ । डा. अरुणा उप्रेतीले हाम्रो भोजन कतिको पौष्टिक छ सोको व्याख्या गरिएको छ । बच्चाहरुलाई लाग्ने कानको रोगहरुबारे डा. शम्भुशरण शाहले प्रकाश पार्नुभएको छ । क्यान्सर हुने संकेतहरु डा. कमलराज अर्यालले आफ्नो लेखमा प्रष्ट्याउनुभएको छ । पीलीया रोगको परिचय, कारण र चिकित्सा पद्धति कसरी प्राकृतिक चिकित्सामार्फत् हुने गर्छन् सोको परिचय डा. विमलराज पाठकले गराउनुभएको छ । यस अङ्कमा रेविज रोग, खकारमा आउने रगत, मूत्रनलीबाट पीप आउने रोगबारे चिकित्सकहरुबाट जानकारी गराइएको छ । डा. मथुरा के.सी.को कविता यस अङ्कमा प्रकाशित छ र अन्य स्थायी स्तम्भहरु पनि यथावत् प्रकाशित छन् ।
२०५५ सालमा पूर्णाङ्क ५ छापिएको छ । यही अङ्क नै सबभन्दा पछिल्लो अङ्क भयो । नियमित प्रकाशन गर्दै जाने भनिए तापनि पछि ‘स्वास्थ्य दर्पण’ प्रकाशित भएको देखिंदैन । यस अङ्कमा डा. दुर्गाप्रसाद भँडारीको ‘छारेरोग’ बारेको लेख, करेन्ट लाग्दा के गर्ने सोबारेको डा. विष्णुप्रसाद पण्डितको लेख, गीता भट्टको ‘हेपाइटीस ‘ई’ बारेको लेख सबै लेखहरु पठनीय छन् । कुष्ठरोग ः विश्वव्यापी समस्या भएको सम्बन्धमा डा. डब्ल्यू केयरन्स एस स्मिथको लेख, भूईंचालोबाट बच्ने तरिकाबारेको लेख र डा. मथुरा के.सी.को कविता यस अङ्कमा सङ्ग्रहीत छन् । यो अङ्क पनि सङ्ग्रहनीय र पठनीय छन् ।
जम्माजम्मी ५ वटा अङ्क मात्र प्रकाशन भए तापनि बनेपाबाट भएका सृजनशील कार्यहरुमा ‘स्वास्थ्य दर्पण’को प्रकाशन पनि एउटा महत्वपूर्ण कार्य भईगएको छ, जुन मूल्याङ्कन गर्नयोग्य छ । बनेपाबाट प्रकाशित ‘स्वास्थ्य दर्पण’ पत्रिका काभ्रे जिल्लाकै एउटा उदाहरणीय सिर्जनशील कार्य हो । जुन कार्य राष्ट्रमा पनि देखाउन मिल्ने कार्य हुन गएको छ । यस खालको रचनात्मक सृजनामुखी कार्य गरेर जानुभएका वैद्य दीपकराज कायस्थलाई ‘स्वास्थ्य दर्पण’ पत्रिकाको प्रकाशनका लािग सम्झिनुपर्छ र यस लेखमा सम्झिने प्रयत्न गरेका छौं ।
माथि उल्लेख भए अनुसार सबै विषयमा पत्र–पत्रिकाहरु, स्मारिकाहरु, पुस्तकहरु प्रकाशन हुँदै गएको खण्डमा तत्तत् विषयका विज्ञहरु स्वतः थपिंदै जान्छन् । समाजमा जति विज्ञहरु थपिंदै जान्छन्, त्यति नै समाज बलियो हुँदै जान्छ । यसर्थ; यस खालको वौद्धिकतालाई संरक्षण गर्ने सोच राजनीतिक नेतृत्वले जबसम्म स्वीकारर्दैनन् समाज त्यति नै कमजोर बन्दै जान्छन् । दीपकजीको अथक प्रयासले ५ वटा भए पनि ‘स्वास्थ्य दर्पण’ प्रकाशित भएको छ – यो नै स्वास्थ्य क्षेत्रमा भईगएका रचनात्मक र सिर्जनात्मक कार्य हो भन्न सकिन्छ । अझ भनौं, काभ्रे जिल्लाकै उल्लेखयोग्य स्वास्थ्य क्षेत्रका लागि अत्यन्त महत्वका साथ ‘स्वास्थ्य दर्पण’ प्रकाशन भएको देखिन्छ । यसैले ‘स्वास्थ्य दर्पण’ सँग राखेर दीपकराज कायस्थलाई यस क्षणमा नियालिरहेछु । स्मृतिमा राखेर ‘स्वास्थ्य दर्पण’ को पृष्ठमा दीपकजीलाई सम्झिरहेको छु ।
०००
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0