logo
२०८३ भाद्र १०, बुधबार |
📰
🔍

राजभाई प्रधान : परिचय, सिर्जना र उहाँबारेको कविता

प्रभातफेरी अनलाइन२१ पटक पढिएको | २०८३ भाद्र १०, बुधबार
राजभाई प्रधान : परिचय, सिर्जना र उहाँबारेको कविता

—  मोहन दुवाल

क) परिचय

वि.सं. २००२ साल भदौ पूर्णिमाका दिन पिता जनकलाल प्रधान र माता अकलकुमारी प्रधानको कोखबाट बनेपामा राजभाई प्रधानको जन्म भएको हो । दाजुभाईमा जेठा भई जन्मेका यिनका दुईजना छोरा, दुईटी छोरी र दुईटी बुहारीका साथै नाति/नातिनीहरु सबै विदेशमा अमेरिकामा र अष्टे«लियामा बसोबास गर्छन् । डाक्टर पेशामा सङ्लग्न छोरा/बुहारी अमेरिकामा सेवारत छन् । इन्जिनियरिङ गरेका छोरा/छोरी, बुहारीहरु अष्ट्रेलियामा नै व्यापार–व्यवसायमा सङ्लग्न भई क्रियाशील छन् । बनेपा वकुटोलमा जन्मेका प्रधान हाल बागडोल, ललितपुरमा बसोबास गर्छन् ।
“सेवा गर्न पाउँदा म खुसी हुन्छु । मान्छेको कर्म र मर्मले सेवा पुर्याउन सक्नु नै मान्छेका लागि ठूलो कार्य हो । म यस्तै सेवा देश र जनताका लागि गरिरहने मेरो मन छ । छोडेर जाने भनेको नै सेवा कर्महरु हुन् ।” सन्दर्भमा यस्तो भावना पोखिरहने गर्छन् प्रधान ।
करिव १७ वर्षको उमेरदेखि सामाजिक कर्म र सेवामा लागेका प्रधान पछि सरकारी सेवामा लागेर जीवनका केहीक्षण सरकारी सेवामा बिताइएको देखिन्छ । सरकारी सेवामा रहँदा पनि उनी साथीहरुको सामाजिक सेवामा आफूसक्दो सहयोग गर्दै आएका व्यक्तित्व हुन् । वि.सं. २०२७ सालमा मोहन दुवाल र राजभाई प्रधानकै सम्पादन र प्रकाशनमा ‘विगुल’ प्रगतिशील सामयिक सङ्कलन बनेपाबाट २ अङ्कसम्म प्रकाशित भएको देखिन्छ । २०२८ सालमा प्रकाशित ‘विगुल’ को तेस्रो अङ्क प्रेसमा नै प्रतिवन्ध गरेर सरकारले जफत गरेर लगेको कटु अनुभव पनि राजभाईले भोगेको देखिन्छ । त्यसैताका उनले पत्रिका प्रकाशनमा मात्र नभई हस्तलिखित पत्रिका प्रकाशन, वाचनालय, पुस्तकालय, स्कुल खोल्ने अभियानमा सक्रिय भई सेवा पुर्याएको देखिन्छ । प्रधानजीले आफूमात्र प्रयोग भई समाजको सेवा मात्र गरेनन्, परिवार र घरसमेत त्यसताका सामाजिक कार्यमा लगाएको देखिन्छ । ६ दशक अगाडिदेखि नै यिनी समाजसेवामा सक्रिय भएको देखिन्छ ।
पछि राजभाई प्रधानले कुलेश्वर आवास कल्याण संस्थामा आफूसक्दो सहयोग दिएर, पाटन हस्पिटलमा छात्रवृत्तिहरु प्रदान गरेर, कुपण्डोलस्थित कृष्ण मन्दिर परिशरमा क्रियापुत्री घर निर्माण गरिदिएर; जेष्ठ नागरिकहरुलाई न्यानोका लागि सिरक, डसना वितरण गरेर, विद्यालयहरुमा खेलकुदका सामान पु-याएर, पुस्तक प्रकाशनमा सहयोग गरेर, बुबा/मुमाको सम्मानका लागि कोष खडा गरेर बनेपाबाट राष्ट्र र अन्तर्राष्ट्रियस्तरमा पहिचान पु-याउन सफल ‘जनमत’ का लागि आफूसक्दो सहयोग गरेर आफूलाई सक्रिय तुल्याइरहेका प्रधानले ८० वर्ष नाघेर पनि सक्रिय जीवन बिताइरहेको देखिन्छ । यिनी समाजका गतिला मान्छेका रुपमा आफूलाई देखाउन सफल छन् ।
जनमत वाङ्मय पुस्तकालयको भवन निर्माण गरिदिने यिनको ठूलो धोको थियो । तर स्थानीय वडा कार्यालयले पुर्याइदिएको जग्गाको कारणको विवादले काभ्रे बहुमुखी क्याम्पसमा ‘जनमत वाङ्मय पुस्तकालय’ निर्माण गरेर समाजलाई दिन सक्नुभएन । पछि साथीहरुको सरसल्लाह र छोरा/छोरीहरुको चाहना अनुसार ‘शिर मेमोरियल अस्पताल’का लागि बहिरङ्ग भवन (OPD) भवन चारतल्लाको निर्माण गरिदिएका छन् । हस्पिटलतर्फबाट ३ जना डाक्टरहरु डा. हेक्टर, डा. अञ्जला र डा. पुकार र राजभाई प्रधानका तर्फबाट राजु सरकार र मोहन दुवालसमेतले हस्ताक्षर गरेर सम्झौता गरेर शिरका लागि करोडौँ जाने शिर–घर बनाई दिन सफल भएका छन् ।
निःस्वार्थ सेवा पुर्याउने व्यक्तिहरु नगण्य मात्रामा भएको यस समाजमा राजभाई प्रधानजस्ता व्यक्ति जन्म हुनु पनि आश्चर्यलाग्दो छ । आफ्नै खर्चमा, आफ्नै सक्रियतामा र आफैं खटेर तयार भएको बहिरङ्ग भवन  “JAD SADAN” आज सुन्दरढङ्गले स्थापित भएको छ । बनेपाबाट राज्यमा नै देखाउन मिल्ने यस सुन्दर स्वास्थ्य–घरबाट बनेपामा पनि सुन्दर मन भएका सुन्दर मान्छेहरु छन् भनेर प्रमाणित गरी देखाएका छन् । काभ्रे जिल्लाकै उदाहरणीय कार्य अझ भनौं नेपालकै भूगोलमा सुन्दर कार्य भनी देखाउन मिल्ने यस कार्यले राजभाईलाई मान्छेरुपी भगवानका रुपमा आफूलाई सावित गरेर देखाएका छन् । यस कार्यका लागि राजभाईलाई विशेष धन्यवाद ! भन्दै उहाँको एउटा कथा ५७ वर्ष अगाडिको ‘मातृभूमि’ साप्ताहिकमा प्रकाशित यहाँ साभार गरिएको छ ।
०००

ख) सिर्जना

मुटुभरि जीवनको असन्तुष्ट लिएर काँडाको भारी बोकी ज्ञानी बजारतिर लाग्छे । महिना असार थियो त्यसकारण सडक छेउका खेतहरुले गर्दा काँडाको माग बढेको थियो । भारीको पाँच मोहर लिन्छे ज्ञानीले । काँडा गाढ्ने अभिभारा पनि पाउँछे । साहू र ज्ञानी अगाडि पछाडि गर्दै खेततर्फ लम्कन्छन् । जब खेतमा पुग्छ, साहूले काँडा गाढ्न सिध्याएर पैसा लिन आइज भनी घर फर्कन्छ । आफ्नो नजिक एउटा मसान देख्छे ज्ञानीले । अनि अतीतका घटनाहरु ज्ञानीका आँखासामु आउँछन् र ज्ञानीमा केही गर्ने क्षमता गुम हुन्छ । काँडा अगाडि भारी छोडेर ज्ञानी साहूको घरतिर फर्किन्छे । उनले आफ्नो वेदना नम्रपूर्वक साहूको सामू पोख्छे । तर साहू साहू न हो, कहाँ मान्थ्यो र रु “पैसा पाउँदैनस् दुःख पोखेर हुन्छ, सित्तै आएको पैसा हो र रु” छुराजस्तो मनमा छुने थुप्रो जवाफ पाउँछे अनि आँखाबाट आँसुका मोतिहरु खस्छन् ज्ञानीको । पछि फेरि पनि धेरैपल्ट बिन्ती गरेपछि बल्ल भारीको लगभग आधा मोहर लिएर हत्केलाभरि राखेर घरतिर लाग्छे ।

ज्ञानी आफ्नो निधारमा खुम्चिएका धर्साहरु बोकेर, आफूभित्र वाध्यता लिएर, आफूभित्र चोट थपेर उराठलाग्दो समाजको अनुभव गर्दै जीवनमा असन्तोष बोकेर घर फर्कन्छे ।

मुटुभरि जीवनको असन्तुष्ट लिएर काँडाको भारी बोकी ज्ञानी बजारतिर लाग्छे । महिना असार थियो त्यसकारण सडक छेउका खेतहरुले गर्दा काँडाको माग बढेको थियो । भारीको पाँच मोहर लिन्छे ज्ञानीले । काँडा गाढ्ने अभिभारा पनि पाउँछे । साहू र ज्ञानी अगाडि पछाडि गर्दै खेततर्फ लम्कन्छन् । जब खेतमा पुग्छ, साहूले काँडा गाढ्न सिध्याएर पैसा लिन आइज भनी घर फर्कन्छ । आफ्नो नजिक एउटा मसान देख्छे ज्ञानीले । अनि अतीतका घटनाहरु ज्ञानीका आँखासामु आउँछन् र ज्ञानीमा केही गर्ने क्षमता गुम हुन्छ । काँडा अगाडि भारी छोडेर ज्ञानी साहूको घरतिर फर्किन्छे । उनले आफ्नो वेदना नम्रपूर्वक साहूको सामू पोख्छे । तर साहू साहू न हो, कहाँ मान्थ्यो र रु “पैसा पाउँदैनस् दुःख पोखेर हुन्छ, सित्तै आएको पैसा हो र रु” छुराजस्तो मनमा छुने थुप्रो जवाफ पाउँछे अनि आँखाबाट आँसुका मोतिहरु खस्छन् ज्ञानीको । पछि फेरि पनि धेरैपल्ट बिन्ती गरेपछि बल्ल भारीको लगभग आधा मोहर लिएर हत्केलाभरि राखेर घरतिर लाग्छे ।

ज्ञानी आफ्नो निधारमा खुम्चिएका धर्साहरु बोकेर, आफूभित्र वाध्यता लिएर, आफूभित्र चोट थपेर उराठलाग्दो समाजको अनुभव गर्दै जीवनमा असन्तोष बोकेर घर फर्कन्छे । बाटामा अनेक कुराहरु मनमा खेलाउँदै समाजका अन्याय, अत्याचार, शोषण र पक्षपातको जरालाई आफ्नो अङ्ग प्रत्यङ्ग नै जलाई भष्म नै पारौं कि भन्ने जोश चलाउँछ विवश केही लाग्दैन । आफू भित्रभित्रै चिच्याउँछे, बाटाका गज्याङगुज्युङ उकाली ओरालोहरुले भङ्ग गर्न आएका सपनाहरु सम्झेर यहाँ के नै छ र रु चिच्याहट रोदनलाई सुन्ने नै को छ र रु त्यसैले चिच्याउनु र रुनु व्यर्थ शिवाय केही होइन ।

आज ७ दिन भयो छोराको मृत्यु भएको । वर्षौ भयो लोग्ने बिरामी रहेको । आज मरणावस्था भइसक्दा पनि औषधीमूलो केही गर्न सकेकी छैन ज्ञानीले । आफूले अगाडिदेखि गर्दै आएको जङ्गलमा पत्कर सोहर्ने, दाउरा काट्ने, काँडा काट्ने र बाँस काटेर बजारमा लाने कामदेखि फुर्सद पाएको छैन ज्ञानीले । यदि कारणवश बजार जान नसकेको खण्डमा खानलाई पनि ठूलो समस्या उब्जन्थ्यो । यस्तै क्रमले जीवनयापन गर्दै थिए ज्ञानी र उनका परिवारहरु ।

ज्ञानी कोठाभित्र पस्छे । लोग्नेको मुख ताकेर एकपल्ट ट्वाल्ट्वाल्ती हेर्छे ।

ज्ञानी कोठाभित्र पस्छे । लोग्नेको मुख ताकेर एकपल्ट ट्वाल्ट्वाल्ती हेर्छे । अनि मनमनै भन्छे लोग्नेसँगको जीवन पनि अब धेरै बाँकी छैन । ठिकै छ, काल आए त मर्नु नै निको छ । मलाई र मेरा यी छोरा–छोरीहरुसँगै मर्न पाए कत्तिको रमाइलो हुँदो हो । यहाँ त यस्तो लड्खडिएको जीवन बाँचिरहनुभन्दा मर्नु नै निको लाग्छ । अझै यहाँ त बाँच्नु नै एक किसिमको बोझ भइरहेछ । मलाई मात्र होइन, मजस्ता यहाँका प्रत्येक मान्छेलाई, प्रत्येक मान्छेलाई ।।। । यत्तिकैमा झस्कन्छे आफ्नो एक एक शब्दले निराशाको वादललाई बोकेर आएको सम्झेर । अनि उनी आफूदेखि आफै दङ्ग पर्छे ।

फेरि पनि ज्ञानी आफ्नो मनले आफैलाई बुझाउँछे । मजस्तो जीवन बोकेर आउने प्रत्येक मान्छेले यहाँ दुःख भोग्न पुगेको छैन । मजस्तो मान्छेले यहाँ दुःखलाई चिन्ने बेला आएको छैन । आउँछ अवश्य पनि त्यस्तो वातावरण एक दिन सुख र दुःखको परिभाषालाई बोकेर । अनि मजस्तो सबैले थाहा पाउँछन्, दुःख कसरी आउँछ र सुख कसरी हुन्छ । अनि म मात्र होइन मेरा छोरा र छोरीमा पनि जोश उठ्छ । अनि दुःख र सुखको बिचमा रहेको ठूलो पर्खाललाई अवश्य पनि भताभुङ्ग पार्छन् । अनिमात्र सबैले सुखको श्वास फेर्न पाउनेछन् । पर्खाललाई नाघेर आएको हावामा र ती पर्खालको गतिलाई देखेर मरीमरी हाँस्ने ठाउँ पाउँछौं हामीले । यत्तिकैमा ज्ञानी अचानक निस्सासिन्छे । कोठाको रुप फेरिन्छ । वातावरण रङ्गमङ्गिन्छ । ज्ञानी आफ्नो मुख दुवै हत्केलाले छोप्छिन् । निष्पब्धता उदाङ्ग हुन्छ ।

(मातृभूमि साप्ताहिक, २०२६ फागुन १७ गतेबाट साभार

ग) उहाँबारेको कविता

कविता : राजभाई प्रधान :

तिम्रो अतुलनीय सेवा हेरिरहेछु

० मोहन दुवाल
समाज परिवर्तन गर्न
समाजमा चेतना बाँड्न
‘बिगुल’ (१) फुक्दा होस्
या
दुःखीजनका लागि
‘राँको’ (२) बाल्दा किन नहोस्
कठीन यात्रामा हामीहरु हिँडीरहँदाका
क्षणहरु स्मरण गरिरहूँजस्तो लाग्छ ।
००
हस्तलिखित पत्रिकाहरुको
सम्पादन र प्रकाशनमा
आफ्नो घरलाई कार्यालयजस्तो बनाएर
चेतना फिँजाइरहन सहयोग गर्दै आएका मित्र
पुस्तकालय, वाचनालय खोल्न पनि
हामी प्रयत्न र श्रम पोखिरहन्थ्यौं
त्यसबेलादेखि आजपर्यन्तसम्म
छ दशक नै नाघिसक्यो
हाम्रो मित्रतामा कहिल्यै पनि दरार आएन
निरन्तर हामीमाझ मायापीर्ति फूलजस्तै
सौन्दर्य बाँडेर, सुगन्ध छर्किएर कुदिरह्यौं ।
००
पञ्चायतीकालको निरङ्कुशतालाई पचाएर
सिन्धुली नदीको बाइस जङ्घार तरेर
‘नक्सलवादीहरु’ (३) लाई हेर्नका लागि
हामीहरु यात्रामा लागेको सम्झना आइरहन्छ ।
बिग्रे भत्केको स्कुलको सुधारका लागि
शोषक–सामन्तहरुका विरुद्धमा पनि
हामी नडराइकन कठिन पथमा हिँडीरह्यौं ।
००
चेतना बाँड्न हामीहरुले के मात्र गरेनौं
मलाई – लाग्छ;
अनकंटार पहाड उक्लेजस्तो हाम्रो यात्रा
सधैं मनमा आइरहन्छ ।
मेरो यात्राका अनन्य मित्र
आजसम्म पनि हामी एकअर्कामा
साथ लागेर, एकअर्काको यात्रामा साथ दिएर
निर्माणपथमा कुदिरहन पाएका छौं
सिर्जनापथमा रमाइरहन पाइरहेका छौं ।
००
स्वार्थ मनमा नराखीकन सेवा गर्नेहरु
थोरैमात्र रहेको यो समाजमा
स्वार्थमा लिप्त भएर
समाजसेवा गर्नेहरु भएको यो ठाउँमा
राजभाई ! तिम्रो सेवा हिमालजस्तै
‘शीर’ भई उठेको हेरिरहेछु
बनेपाबाट राष्ट्रमा देखाउन मिल्ने
चमकिलो मुहार नियालिरहेछु
तिमीले के मात्र गरेनौ ?
पाका मान्छेहरुका लागि न्यानो बाँडे
असहायहरुलाई सहारा दिए
विद्यालयहरुमा खेलकूद र सामान पु¥याए
आफू बस्ने बस्तीमा विद्यालय खोल्न सहयोग दिए
मर्दापर्दा बस्ने कुरुवा घर बनाए
पढ्न चाहने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरे
शीरकै लागि आवश्यक बहिरंग घर बनाइदिए
ज्ञानगुन सम्प्रेषण गर्न पुस्तक प्रकाशनमा
सहयोग प्रदान गरे
तिम्रो जीवन नै सेवामा जुटेको म देखिरहेछु ।
००
मिलनसारिता व्यवहारमा राखेर
बाँचिरहेका प्रिय राजभाई !
आस्थामा जनता राखेर कुदिरहन जानेका तिमी
भावनामा सत् राखेर बाँचिरहेका तिमी
‘जनमत’ लाई कदर गरेर ‘जनमत’ का सहयोगी बनेका
तिम्रो अजङ्गको सामाजिक यात्रा नियालिरहेछु ।
००
मेरा भरपर्दा मित्र
म गौरव गर्छु तिम्रो सेवामा
सेवाकै धरोहर बनेर
समाजकै ‘राज’ बन्यौ तिमी !
म तिम्रो स्वार्थ नमिसिएको
भावना र सेवा हेरेर
‘धन्य’ ‘धन्य’ भनिरहेको छु ।
००