Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेपाली साहित्यिक पत्रकारिता : सङ्क्षिप्त परिचय र समस्याहरु

प्रभातफेरी अनलाइन ३६२ पटक पढिएको प्रकाशित मिति: २०८२ मंसिर १८, बुधबार (३ महिना अघि)
नेपाली साहित्यिक पत्रकारिता : सङ्क्षिप्त परिचय र समस्याहरु

परिचयः
सामाजिक रूपान्तरणको औजारका रूपमा परिभाषित हुँदै आएको साहित्यलाई सम्प्रेषित गरिने पत्रकारिता नै साहित्यिक पत्रकारिता हो । यसको प्रभावकारिता र महत्व आफ्नै खालको रहेर पनि साहित्यिक पत्रकारितालाई प्रभावकारी ढङ्गले प्रस्तुत गर्न नसक्नु आजको वास्तविक कथा र व्यथा हो । सिर्जनात्मक बौद्धिकताकै साङ्गोपाङ्गो रूप मान्न सकिन्छ – साहित्यिक पत्रकारिता । साहित्य समायोजनको महत्वपूर्ण अङ्ग हो – साहित्यिक पत्रकारिता । साहित्यलाई र साहित्यकारहरूलाई परिचय गराउने सशक्त माध्यम हो – साहित्यिक पत्रकारिता । सिर्जनशीलतालाई अगाडि सार्ने अस्त्रकै रूपमा व्याख्या गर्ने गर्छन् – साहित्यिक पत्रकारितालाई । साहित्यलाई देश÷विदेश पु¥याइदिने सशक्त माध्यम पनि हो — साहित्यिक पत्रकारिता । सङ्क्षेपमा भन्न सकिन्छ –साहित्यको परिचयको माध्यम नै हो; साहित्यिक पत्रकारिता । जीवनका अनुभूतिलाई कलात्मक ढङ्गले पोख्ने माध्यम भनेको नै साहित्य हो । यसैगरी भन्न सकिन्छ — साहित्यिक पत्रकारिता संचार क्षेत्रको एक खालको बौद्धिक सशक्त माध्यम पनि हो ।
ऐतिहासिक सन्दर्भमा राखेर हेर्दाः
नेपालको साहित्यिक पत्रिकाको इतिहास निकै लामो रहेको भए तापनि यसको इतिहास दयनीय र कष्टप्रद देखिरहनु नै वास्तविकता हुन गएको छ । वि.सं. १९४३ मा नै युवाकवि मोतीराम भट्टले बनारसमा रहँदा ‘गोरखा–भारत जीवन’ प्रकाशन गरेको देखिन्छ । पछि वि.सं. १९५५ सालमा नेपालबाट प्रकाशित भएको ‘सुधासागर’ लाई साहित्यिक पत्रकारिताको पहिलो श्रृङ्खला मान्ने हो भने अहिलेसम्म साहित्यिक पत्रकारिताको आयु १२० वर्ष पुगिसकेको तथ्य जगजाहेर छ । साहित्यिक पत्रकारिताको १२० औं वर्षको आयुमा पनि यसको रूपरङ्ग, स्वभाव अद्यावधिसम्म कहालीलाग्दो तथा अत्यासलाग्दो तिरस्कृत र अपहेलित पत्रकारिताजस्तो देखिनु देशकै लागि बिडम्वनाकै विषय हो । साँच्चै भन्नुपर्दा साहित्यलाई समाजमा फिँजाउने प्रमुख माध्यम नै साहित्यिक पत्रकारिता रहेको र वाङ्मयको प्रमुख सचेतक अङ्गकै रूपमा रहेको साहित्यिक पत्रकारिता भएकोले यसको इतिहासलाई समृद्ध र बलशाली तुल्याइदिने कार्य राज्यको पनि हो तर पुग्दो र भरपर्दो सहयोग र बल थपिदिने कार्य राज्यबाट भएको पाइँदैन । संसारको कुनै पनि क्षेत्रमा साहित्यिक पत्रिकाले समाजमा  साहित्यकारहरूलाई परिचय गराउने, साहित्यको सुन्दर मुखाकृतिलाई सुन्दर ढङ्गले देखाइदिने कार्य गरेको इतिहास छ । जनचेतना दिने कार्यमा र विचारलाई संश्लेषण÷विश्लेषण गरी कलात्मक शैलीमा जनमनलाई बुझाएर राष्ट्र र समाजलाई रूपान्तरण गर्ने अभियानमा साहित्यिक पत्रकारिताको भूमिका सर्वोपरी रहेको देखिन्छ । त्यसैले भन्न सकिन्छ नेपालको प्रगति र समाज रूपान्तरणका लागि साहित्यिक पत्रकारिताको भूमिका अग्रिम र उच्चकोटीको रहेको तथ्यलाई बिर्सन सकिंदैन । यस खालको ऐतिहासिक स्वरुप नै साहित्यिक पत्रकारिताको साँचो इतिहास हो । स्रष्टाहरूलाई राष्ट्र र विदेशमासमेत परिचित गराउने सशक्त माध्यमका रूपमा रहेको साहित्यिक पत्रकारिता ओझेलमा पर्नु भनेको राष्ट्रकै गरिमामय शैली र अनुहारमा धमिलो र कालो धर्सो आफैले आफूलाई कोरेर आफूलाई कालो सावित गर्नु हो । पत्रकारिताको जग बसालेको गरिमामय इतिहास बोकेको साहित्यिक पत्रिकालाई समाचार पत्रकारिताको छाँयामा पारेर जुन व्यवहार भइराखेको छ; त्यो राज्यपक्षबाट भइराखेको अनौठोलाग्दो अव्यावहारिक प्रचलन हो भन्न सकिन्छ अर्थात् भन्नुपर्ने हुन्छ । जबसम्म राज्यपक्षबाट साहित्य र साहित्यिक पत्रकारितालाई अन्य पत्रपत्रिकासरह सहुलियत दिने वातावरण बनाइंदैन तबसम्म साहित्य र साहित्यिक पत्रकारिताको विकासमा अप्ठ्यारो भइरहनु अस्वाभाविक मान्न सकिंदैन । यस खालको वास्तविकता लुकाएर लुक्ने विषय होइन ।
साङ्गोपाङ्गो तथ्यहरूलाई नियाल्दाः
वि.सं. १९५८ साल वैशाख २४ गतेदेखि प्रकाशित समाचारपत्र ‘गोरखापत्र’ ले साहित्यिक सामग्रीहरू प्रकाशन शुरुवात कालदेखि गर्दै आएको देखिन्छ । केही महिनापछि ‘शारदा’ निस्केको देखिन्छ । यसपछि क्रमशः ‘रूपरेखा’, ‘रचना’, ‘रत्नश्री’, ‘भानु’, ‘नेपाली’ले आफ्नो सक्रियता देखाउन थाले । राणाकालीन शासनमा नै १९५८ सालमा ‘शारदा’ पत्रिका प्रकाशन भएको देखिन्छ । यही पत्रिका साहित्यिक पत्रकारिताको इतिहासमा स्वर्णिम नाम बनाउन सफल भएको देखिन्छ । यही  ‘रूपरेखा’ त्यसपछि उदय भएको साहित्यिक पत्रिकाहरुमध्येको सुन्दर प्रस्तुति मान्न सकिन्छ । जसको आफ्नो रूपरङ्ग स्तरीय ढङ्गले साहित्यिक पत्रकारिताको इतिहासमा आफूलाई देखाउन सफल छन् । वि.सं. २००४ सालमा महाकवि देवकोटाको सम्पादनमा भारतबाट ‘युगवाणी’ साहित्यिक पत्रिका प्रकाशित भएको देखिन्छ । वि.संं २००७ सालदेखि २०१७ सालको अवधिमा ‘इन्दु’, ‘दर्पण’, ‘शक्ति’, ‘रूपरेखा’ आदि साहित्यिक पत्रिका प्रकाशन भएको इतिहास छ । दिगो, स्तरीय र युगै हाँकेर देखापरेका साहित्यिक पत्रिकाको रूपमा ‘रूपरेखा’ मासिकले आफूलाई यस कालमा देखाइदियो । ‘शारदा’ मा ऋद्धिबहादुर मल्लले सुन्दरढङ्गको साहित्यिक पत्रकारिताको मुखाकृति कोरे भनेजस्तै पछिल्लो कालखण्डमा वि.सं. २०१७ सालमा बालमुकुन्ददेव पाण्डे र उत्तम कुँवरले ‘रूपरेखा’ का नाममा साहित्यिक पत्रकारितामा अविस्मरणीय ऐतिहासिक सुन्दर कार्य गरेको देखिन्छ । नारायणप्रसाद बास्कोटाले वि.सं. २०१० मा ‘प्रगति’, ईश्वर बरालले वि.सं. २०१३ मा ‘इन्द्रेणी’, ईश्वर बराल र भवानी भिक्षुले वि.सं. २०१३ मा नै ‘धरती’, वि.सं. २०१६ मा श्यामप्रसाद शर्माको सम्पादनमा ‘साहित्य’ र यसै सालमा कमल दीक्षितले ‘नेपाली’ प्रकाशन गरेको देखिन्छ । वि.सं. २०१७ मा के.पी. शैलको सम्पादनमा ‘इन्दु’ र गोपालप्रसाद रिमालको सम्पादनमा ‘दर्पण’ प्रकाशित छन् । २०१८–२०२७ सम्ममा ‘बगैँचा’, ‘रचना’, ‘मुकुट’, ‘अभिव्यक्ति’, ‘सिंहनाद’, ‘अरूणोदय’, ‘विहान’, ‘रत्नश्री’, ‘भानु’, ‘फूलपाती’, ‘कविता’, ‘बिम्ब’, ‘मधुपर्क’, ‘रमझम’ ‘हिमानी’, ‘सगुन’, ‘पारिजात’, ‘प्रतीक’, ‘प्रभात’, ‘अभिव्यक्ति’, ‘शिलान्यास’, ‘सुस्केरा’, ‘श्रृङ्खला’, ‘वेदना’, ‘सङ्कल्प’, ‘झिसमिसे’, ‘कलम’ आदि साहित्यिक पत्र–पत्रिकाहरू निस्के पनि अद्यावधिसम्म ५७ वर्ष भयो ‘रचना’ को नियमितता अग्रिम रह्यो । ‘अभिव्यक्ति’ ‘रचना’ पछि निस्केको स्तरीय पत्रिका मान्न सकिन्छ । यसलाई नियमित प्रकाशन गरेर साहित्यिक पत्रकारितामा एउटा सुन्दर नाम बनाउन यसका सम्पादक÷प्रकाशक नगेन्द्रराज शर्मा सफल रहेको देखिन्छ । यसर्थ भन्नुपर्छ– रोचक घिमिरे र नगेन्द्रराज शर्माले साहित्यिक पत्रकारितामा आफ्नो नाम बनाउन सफल छन् । संस्थानबाट प्रकाशित पत्रिकाहरूमा ‘मधुपर्क’ ले बाजी मारेको छ । ‘गरिमा’ स्तरीय र नियमित छँदाछँदै त्यहीँ भित्रको राजनीतिले हो वा केले हो नियमित भएको देखिंदैन । यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानबाट समकालीन साहित्य र कविता निस्कने र बन्द हुने क्रम जारी छ । नेपाल राष्ट्र बैंकबाट ‘मिर्मिरे’, कृषि विकास बैंकबाट ‘समष्टि’, नेपाल विद्युत कर्पोरेशनबाट ‘ज्योति’ प्रकाशित भएर साहित्यिक पत्रकारितामा टेवा दिने काम भएको छ । अझ भनौं; साहित्यिक पत्रकारिताको इतिहासमा सबैभन्दा बढी पूर्णाङ्क ५०० भन्दा बढी अङ्क प्रकाशन गरेर ‘मधुपर्क’ले आफूलाई ‘धन्य’ बनाएका छन् । ‘रत्नश्री’ ले आफ्नो नाम साहित्यिक पत्रकारिताको इतिहासमा कोर्न सफल रहेतापनि पछि बन्द भएको देखिन्छ । ‘नेपाली’ हालसम्म कमल दीक्षित दिवंगत भइसकेपछि पनि प्रकाशित हुँदै आएको पत्रिका हो । ‘भानु’ का भवानी घिमिरे दिवंगत भएपछि केहीवर्ष स्थगित भएको ‘भानु’ साहित्यिक पत्रिका शिवानी घिमिरेको सक्रियतामा प्रकाशन हुन थालेर नियमित साहित्यिक पत्रिकाको रूपमा आजसम्म पनि बिंडो थाम्न सफल रहेको देखिन्छ ।
भारतमा बसोबास गरेका भारतीय–नेपालीहरूले पनि नेपाली भाषाका थुप्रै साहित्यिक पत्र–पत्रिकाहरु निकालको पाइन्छ । जसले साहित्यिक पत्रकारिताको विकासमा विशेष योगदान पु¥याएको बिर्सन गाह्रो छ । भारतको दार्जीलिङ, बनारस, कलकता, खरसाङ, आसाम, शिलाङ, सिक्किमबाट नेपाली साहित्यिक पत्र–पत्रिकाहरू प्रशस्त प्रकाशन भएको देखिन्छ । ‘उपन्यास तरङ्गिणी’, ‘सुन्दरी’, ‘माधवी’, ‘चन्द्र’, ‘युगवाणी’, ‘चन्द्रिका’, ‘आदर्श’, ‘गोर्खासेवक’, ‘गोर्खा’, ‘नेपालपुकार’, ‘दियालो’, ‘साहित्यसंगम’, ‘जागृति’, ‘उकाला’, ‘छात्र’, ‘छात्रवाणी’, ‘छात्रदूत’, ‘हिमाञ्चल’, ‘सगरमाथा’ आदि नाम गरेका थुप्रै साहित्यिक पत्रिकाहरू विभिन्न समयमा प्रकाशन भएको देखिन्छ । दार्जीलिङबाट प्रकाशित ‘भारती’ र बनारसबाट प्रकाशित भएको ‘उदय’ साहित्यिक पत्रकारिताले इतिहासमा आफ्नो नाम र धाम बनाउन सफल छन् । ‘उदय’ हालसम्म पनि मासिकका रूपमा दुर्गाप्रसाद श्रेष्ठको सम्पादन र प्रकाशनमा प्रकाशित भइरहेका छन् ।
नेपालबाट प्रकाशित नेपाली साहित्यिक पत्रकारिताको सन्दर्भमा भन्नुपर्दा हालसम्म प्रकाशित भइरहेका साहित्यिक पत्रिकाहरूमा ‘अन्तध्र्वनि’, ‘अन्तर्बोध’, ‘अभिव्यक्ति’, ‘अक्षयअक्षर’, ‘अक्षय ज्ञान’, ‘अक्षरमार्ग’, ‘अक्षलोक’, ‘ऐन’, ‘कल्पतरू’, ‘कलम’, ‘कलानिधि’, ‘कलश’, ‘कालीको सुसेली’, ‘कौशिकी’, ‘गरिमा’, ‘गुफा थुम्की गर्जन’, ‘गोलसिमल’, ‘गौरी’, ‘चेतना सन्देश’, ‘जनमत’, ‘जमघट’, ‘तन्नेरी’, ‘दायित्व’, ‘दोभान’, ‘नयाँ सत्मार्ग’, ‘नव प्रज्ञापन’, ‘नव माधुरी’, ‘नव सिर्जना’ ‘नारीस्वर’, ‘निर्झर’, ‘भानु’, ‘मधुपर्क’, ‘महामण्डल’, ‘याग्दी खोलाको तट’, ‘रचना’, ‘रुपायन’, ‘रातो लाल्टीन’, ‘लहरा’, ‘लोक भावना’, ‘वनिता’, ‘वैजयन्ती’, ‘शब्द सारथी’, ‘शब्द संयोजन’, ‘शब्दाङ्कुर’, ‘शारदा’, ‘शाल्मलि’, ‘शिवपुरी सन्देश’, ‘श्रृङ्खला’, ‘सगुन’, ‘सङ्गम अभियान’, ‘साथी’, ‘सुनाखरी’, ‘सुलेख’, ‘हाम्रो पुरूषार्थ’, ‘हाम्रो पूर्णिमा’, ‘हाम्रो मझेरी’, ‘हाम्रो मातृभूमि’, ‘हाम्रो सिर्जना’, ‘हिमाली गुराँस’, ‘ज्ञानगुन’ आदि पत्रपत्रिकाहरू प्रकाशनमा आइरहेको देखिन्छ । ‘उन्नयन’ ‘जुही’, ‘बगर’, ‘वेदना’, ‘सङ्कल्प’, ‘झिसमिसे’, ‘सुस्केरा’ ले आफ्नो उत्कृष्ट प्रकाशनलाई हाल स्थगित गरेको देखिन्छ । प्रेस काउन्सील नेपालको वर्गीकरणमा यी पत्रिकाहरु राष्ट्रिय ‘क’, राष्ट्रिय ‘ख’, राष्ट्रिय ‘ग’, क्षेत्रीय ‘क’, क्षेत्रीय ‘ख’, स्थानीय ‘क’, स्थानीय ‘ख’, स्थानीय ‘ग’ मा वर्गीकृत भएको देखिन्छ । १०० शताङ्क नघाउने पत्रिकाहरूमा ‘अभिव्यक्ति’, ‘उदय’, ‘गरिमा’, ‘जनमत’, ‘दायित्व’, ‘भानु’, ‘मधुपर्क’, ‘रचना’, ‘शब्द संयोजन’, ‘शब्दाङ्कुर’, ‘शारदा’, ‘ज्ञानगुन’ आदि छन् ।
‘मुना’, ‘जूनतारा’ लगायत अन्य बाल साहित्यका पत्रिकाहरु पनि प्रकाशित छन् । यसैगरी समाचारमूलक केही साहित्यिक सामग्री राखेर समाचारपत्रको रुपमा ‘कपन–बानेश्वर’ र ‘शशांक’ प्रकाशित छन् । जसले साहित्य र साहित्यिक पत्रकारितालाई उँभो लगाउन साथ दिएकै देखिन्छ । विभिन्न मातृभाषाबाट पनि साहित्यिक पत्रिकाहरु प्रकाशित छन् । नेपालभाषाबाट नियमित प्रकाशित भइराखेका मासिक पत्रिकाहरुमा ‘थौंकन्हें’ र ‘नःलि’ प्रख्यात छन् । तामाङभाषाबाट ‘तामाङ डाजाङ’, डोट्याली भाषाबाट ‘गुगुल्डी’, मैथिलीभाषाका पत्रिकाहरुमा ‘आँजुर’, ‘नैनीकानन’ प्रकाशित छन् । यसैगरी चाम्लिङभाषाबाट ‘सितिमी’, थारुभाषाबाट ‘लावा डग्गर’, राईभाषाबाट ‘लिव्जू भूव्जू’, ‘मुन्धुम’ मगरभाषाबाट ‘बिम्लीक’ प्रकाशित भएको देखिन्छ । वान्तवाभाषाबाट ‘बूंवाखा’,  लिम्बूभाषाबाट ‘तानच्छोपा’, भोजपुरेभाषाबाट ‘मदुआ’, अवधिभाषाबाट ‘बत्वई’ र संस्कृतभाषाबाट पनि साहित्यिक पत्रिकाहरु प्रकाशित भएको देखिन्छ । नेपाली भाषाका साहित्यिक पत्रिकामा लागेजस्तै यी मातृभाषाका पत्रिकाहरुलाई पनि अनियमितताको रोग लागेकै देखिन्छ ।
हालको स्थिति र समस्याहरु :
(१) विज्ञापन नपाउनु, भरपर्दो बिक्री वितरण नहुनु, जति हुनुपर्ने सहयोग राज्यबाट नहुनु आदि समस्याहरू साहित्यिक पत्रिकाका आफ्नै समस्याहरू हुन् । मुख्य समस्या भनेको नै आर्थिक समस्या हो । लगानीकर्ताहरू यस क्षेत्रमा लगानी गरेर आएको पाइँदैन । आम पाठकहरू साहित्यबाट प्रभावित नभएकै कारणले साहित्यिक पत्रिका किनेर पढ्ने पाठकहरूको कमी हुनु स्वाभाविकै छ । यसको यथार्थ स्थिति पाठकहरु न्यून हुनु नै हो । साहित्यिक पत्रकारिताको रूप र रङ्ग पनि प्रभावकारी ढङ्गको देखिएको छैन । सरकारको तर्फबाट अरु पत्रपत्रिकाहरुलाई दिएजस्तै सबै खालको विज्ञापनको व्यवस्था र सहुलियत नपाइनु नै साहित्यिक पत्रकारिताको विकासमा देखा परिरहेको स्थिति नै यसको मूल समस्या हो ।
(२) निजी क्षेत्रको साहित्यिक पत्रकारिता सेवाकै भावनाले मात्र प्रकाशित छन् । साहित्यिक पत्रिकालाई नियमित तुल्याउनु सहज छैनन्; तर पनि सम्पादक/प्रकाशकहरूको सेवा भावनाले उत्प्रेरित रहेर साहित्यिक पत्रकारिता गर्नेहरू क्रियाशील छन् । स्रोत, साधन, बौद्धिक क्षमता, दक्ष जनशक्तिको अभाव भएकै कारणले साहित्यिक पत्रकारिता त्यति फस्टाउन नसकेको स्थिति नै आजको साहित्यिक पत्रकारिताको स्थिति हो ।
(३) साहित्यिक पत्रकारिताको प्रवद्र्धन र संरक्षणका लागि सरकारले भरथेग दिएको त छैन तर केही राहतजस्तो बनाएर वर्गीकरणसम्म गर्ने कार्य प्रेस काउन्सीलबाट भएको छ । यो कार्य सह्रानीय कार्यको रुपमा साहित्यिक पत्रपत्रिकाहरुका तर्फबाट मूल्याङ्कन भएको छ ।
(४) प्रेस काउन्सील÷सूचना विभागबाट वितरण हुने सहुलियतहरूमा समाचार पत्रिका र साहित्यिक पत्रिकालाई तुलनात्मक रूपमा भेदभाव भएको स्थिति छ ।
(५) प्रत्येक वर्ष एकजना साहित्यिक पत्रकारलाई ‘साहित्यिक पत्रकारिता पुरस्कार’ गर्ने कार्यक्रममा रू.३००००।– बाट रू.१००००।– मा पुरस्कार राशी झार्ने कार्य अशोभनीय देखिन्छ ।
(६) हुलाक सुविधा मासिकलाई बाहेक अरूलाई प्रदान गरेको देखिंदैन । सबै साहित्यिक पत्रिकाहरुलाई यो सुविधा प्रदान गर्नुपर्ने देखिन्छ ।
(७) सुविधामा दिइनुपर्ने कागजलगायत विज्ञापन, सरकारी ऋण, सहुलियत दरमा छाप्ने प्रेस लगायतको सुविधा दिएर साहित्यिक पत्रकारितालाई संरक्षित गर्नुपर्ने देखिन्छ ।
(८) साहित्यिक पत्रकारिता क्षेत्रमा सरकारले कुरोमा सबैथोक दिनेजस्तो गर्छन् तर ‘न्यून सहुलियत’ मात्र दिएर अधमरो स्थितिमा साहित्यिक पत्रिकाहरू निस्किरहेको देखिन्छ । साहित्य र साहित्यिक पत्रकारिताको हित खातिर लोकतान्त्रिक सरकारका तर्फबाट निश्चित उद्देश्य बनाएर केही उपलब्धिमूलक कार्य गरेको खण्डमा साहित्य र साहित्यिक पत्रकारिताको मुहारमा उज्यालो थपिने सम्भावना अवश्य हुनेछ ।
(९) सूचना मन्त्रालय लगायत अन्य सम्बन्धित सरकारी निकायहरुबाट व्यावसायिक राष्ट्रिय दैनिकसरह नानाभाँतीको नियम लादेर साहित्यिक पत्रकारिताको विकासलाई टेवा पु¥याउनुको अलावा भ्रम सिर्जना गर्ने वातावरण बनाइदिनु हुँदैन । यसले साहित्यिक पत्रकारिताको विकासमा बाधा पु¥याउने र छेकथुन गर्ने कार्य भएजस्तो हुन जान्छ ।
(१०) ज्येष्ठ पत्रकारका रुपमा साहित्यक पत्रकारहरुलाई पनि समेट्नुपर्ने विभिन्न पुरस्कारहरुबाट यिनीहरुलाई वञ्चित गर्नु नहुने देखिन्छ ।
(११) अस्वाभाविक नियम लादेर सामथ्र्यहीन साहित्यिक पत्रकारितालाई निरुत्साहित तुल्याउने कार्य हुनु हुँदैन ।
सङ्घको गठनः
(१) साहित्यिक पत्रिका एवम् साहित्यिक पत्रकारहरूको हक, हित र संरक्षणका निम्ति स्थापित ‘नेपाल साहित्यिक पत्रकार सङ्घ’ को स्थापना वि.सं. २०६३ मा भएको हो ।
(२) यो संस्था नेपालका साहित्यिक पत्रकारहरूको आधिकारिक साझा छाता संस्थाका रूपमा लिइन्छ । यसले साहित्यिक पत्रिकाहरूलाई वर्गीकरणमा पार्ने कार्यदेखि थुप्रै जिल्लामा पुगी साहित्यिक पत्रकारिताको परिचय दिने अभियानमा, साहित्यिक पत्रकारहरूलाई सम्मान गर्ने कार्यमा र साहित्यिक पत्रकारहरूलाई गोलबन्द गर्ने कार्यमा आफ्नो सक्रियता देखाउँदै आएको छ । ठाउँ–ठाउँमा जिल्ला सङ्घहरू स्थापना गर्ने कार्य पनि भएको छ । ‘आलेखन’ को प्रकाशनमार्फत् मोफसलका साहित्यिक पत्र–पत्रिकाको इतिहास प्रकाशन गर्ने कार्यको शुभारम्भ पनि यस सङ्घमार्फत भएको देखिन्छ । यसले साहित्यिक पत्रकारिताको सम्वद्र्धन, विकास र सङ्गठित गर्ने कार्यलाई टेवा पु¥याएको देखिन्छ ।
अन्त्यमाः
साहित्यिक पत्रकारिताको महत्व, गरिमा महत्वपूर्ण रहेर पनि राज्यबाट जति सहयोग, वातावरण प्राप्त हुनुपर्ने हो सो भएजस्तो मात्र देखिंदो छ तर हुनुपर्ने जति नभएको सबैले महशुस गरेकै विषय हो । साहित्य, कला, संस्कृतिको विकासमा टेवा पु¥याउन साहित्यिक पत्र–पत्रिकाको संरक्षण हुनुपर्ने हो, सो हुने वातावरणको खोजीमा र सहयोगको अपेक्षा सबै वाङ्मयसेवीहरूले राख्दै आएका छन् । प्रेस काउन्सील नेपालले साहित्यिक पत्रकारिताको विकास र सम्वद्र्धन गर्ने कार्यमा टेवा दिएर अभिभावकीय नेतृत्व दिनुपर्ने देखिन्छ । साहित्यिक पत्रकारितालाई संरक्षित गर्नु भनेको वाङ्मय क्षेत्रको विकास र समृद्धिको लागि टेवा पु¥याइदिने सुकीर्ति पनि हो । धन्यवाद !
– मोहन दुवाल
(नेपाल साहित्यिक पत्रकार संघका केन्द्रीय अध्यक्ष
तथा जनमत मासिकका प्रधान सम्पादक)
 
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0