Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ १, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

महासंघ ललितपुरद्वारा ‘सम्राट आचार्य स्मृति पत्रकारिता पुरस्कार’ स्थापना

प्रभातफेरी अनलाइन ४०४ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष १६, बुधबार (४ महिना अघि)
महासंघ ललितपुरद्वारा ‘सम्राट आचार्य स्मृति पत्रकारिता पुरस्कार’ स्थापना

ललितपुर/ नेपाल पत्रकार महासंघ, ललितपुर जिल्ला शाखाले ललितपुर जिल्लाका क्रियाशील पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘सम्राट आचार्य स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ।

महासंघ ललितपुर शाखा र स्वर्गीय सम्राट आचार्यका पिता मुक्तिनाथ आचार्यबीच बुधबार ललितपुरको महालक्ष्मीस्थानमा आयोजित कार्यक्रममा अक्षय कोष स्थापना सम्बन्धी सहमति–पत्रमा हस्ताक्षर भएसँगै पुरस्कार औपचारिक रूपमा स्थापना गरिएको हो। सहमति–पत्रमा महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्की र मुक्तिनाथ आचार्यले हस्ताक्षर गरेका छन्।

महासंघ ललितपुर शाखाका अनुसार उक्त पुरस्कार प्रत्येक साधारण सभाको अवसरमा वितरण गरिनेछ। पुरस्कार महासंघ ललितपुर शाखासँग आबद्ध क्रियाशील पत्रकारहरूको वार्षिक कार्य मूल्याङ्कनका आधारमा उत्कृष्ट पत्रकारलाई प्रदान गरिने व्यवस्था गरिएको छ।

सहमतिअनुसार मुक्तिनाथ आचार्यले पुरस्कार स्थापनाका लागि महासंघ ललितपुर शाखालाई दुई लाख ५० हजार रुपैयाँ उपलब्ध गराएका छन्। यसमा महासंघ ललितपुर शाखाले थप ५० हजार रुपैयाँ गरी तीन लाख रुपैयाँको अक्षय कोष निर्माण गरिएको छ।

अक्षय कोषबाट प्राप्त हुने ब्याज रकमबाट मात्र पुरस्कार वितरण गरिने महासंघ ललितपुर शाखाका सचिव दीपक अर्यालले जानकारी दिए। उनका अनुसार उक्त पुरस्कार स्वर्गीय सम्राट आचार्यको स्मृतिमा स्थापना गरिएको हो। सम्राट आचार्य ‘युवा आलोक मासिक’ पत्रिकाका सम्पादकसमेत रहेका थिए।

महासंघ ललितपुर शाखाका अनुसार पुरस्कार विशेष रूपमा क्यान्सर रोगका विषयमा कलम चलाउने तथा सोसम्बन्धी अनुसन्धानात्मक लेख लेख्ने पत्रकारलाई प्रदान गरिनेछ।

कार्यक्रममा बोल्दै अग्रज पत्रकार प्रभुनारायण बस्नेतले पुरस्कार स्थापना सकारात्मक पहल भएको बताए। उनले यस्ता पुरस्कारले पत्रकारितामा अनुसन्धानमूलक लेखनलाई प्रोत्साहन गर्ने धारणा व्यक्त गरे।

स्वर्गीय सम्राट आचार्यका पिता मुक्तिनाथ आचार्यले छोरा सम्राटले पत्रकारितामार्फत समाजका विषय उठान गर्ने प्रयास गरेको स्मरण गर्दै उनको जन्मोत्सवको अवसर पारेर पुरस्कार स्थापना गरिएको जानकारी दिए।

स्वर्गीय सम्राट आचार्यको गत पुस १६ गते २७ वर्षको उमेरमा क्यान्सर रोगका कारण निधन भएको उनका दाजु समर्पण आचार्यले जानकारी दिए।

महासंघ ललितपुर शाखाले यसअघि ‘हीरा–सिद्धि क्रियाशील पत्रकारिता पुरस्कार’ र ‘राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार’ समेत स्थापना गरिसकेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

  • (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0