प्रभातफेरी अनलाइन१९४ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष १८, शुक्रबार(५ महिना अघि)
माओवादीले सशस्त्र आन्दोलन सुरु गर्दा नेपालमा अत्यन्तै असमानता थियो । शहर–केन्द्रित र बोल्न लेखन् नपाइने समाज थियो । गाउँका मानिस विकास, राज्य र अधिकारबाट लगभग अलग्गै थिए । शिक्षा, स्वास्थ्य, सडक, सञ्चार, सबै कुरा शहर केन्द्रित , शहरमै सीमित थिए।
माओवादी शान्ति प्रक्रियामा आएपछि, विशेषतः २०६४ सालपछि, देशले ठोस परिवर्तन देख्न थाल्यो। गाउँ–गाउँमा सडक सञ्जाल विस्तार भए । शहरसँग प्रत्यक्ष सम्पर्क जोडियो। अस्पताल खुले, टेलिफोन टावर बने। एक समय विदेशमा भएको छोरासँग बोल्न तीन घण्टा हिँडेर लाइन बस्नुपर्ने अवस्थाको अन्त्य भयो।
नेपाली बजारमा भारतीय उत्पादनको एकाधिकार थियो, माओवादीको आगमनसँगै चिनियाँ उत्पादनले प्रतिस्पर्धा ल्यायो। नोकिया १२०० को सेट चलाउने नेपालीले त्यही मूल्यमा स्मार्टफोन प्रयोग गर्न थाले। खिइन लागेको चप्पल लगाएर स्कूल जाने बच्चादेखि, प्रौढसम्म,सबैले हात्तीछाप चप्पलमा घाँस दाउरा गर्ने सम्मले सम्मानजनक जीवनशैलीमा पाइला चाल्ने अबसर माओबादीले दिलायो ।
पहिले भारतमा मजदुरी गर्नु बाहेक विकल्प थिएन। वर्षौं पसिना बगाउँदा पनि चावलको भात खान दशैं–तिहार कुर्नुपर्ने अवस्था थियो।
आज भने, हरेक घरको कोही न कोही विदेशमा छ, र उसले आफ्नो श्रमबाट कम्तीमा ५–६ जनाको परिवारलाई सम्मानपूर्वक पाल्न सक्ने हैसियत बनायो ।
#वर्गीय समस्या समाधान: शोषक–शोषित प्रणालीको अन्त्य, श्रमिक, किसान र मजदुरको हक–अधिकार सुनिश्चित गर्दै समाजवादी अर्थतन्त्र स्थापना।
#जातीय समस्या समाधान: जातीय विभेद र छुवाछुतको पूर्ण अन्त्य, दलित तथा उत्पीडित जातिको समान अधिकार र समावेशी प्रतिनिधित्व।
#लिङ्गीय समस्या समाधान: महिला र पुरुषबीच पूर्ण समानता, पितृसत्तात्मक सोचको अन्त्य र महिलाको राजनीतिक, सामाजिक तथा आर्थिक सशक्तीकरण।
#क्षेत्रीय समस्या समाधान: पिछडिएका तथा दुर्गम क्षेत्रको समेत समान विकास, स्रोत–साधनको न्यायोचित वितरण र क्षेत्रीय असमानताको अन्त्य।
हो, नेपालमा उद्योग–धन्दा र रोजगारी अपेक्षा गरे जती भएन। तर नेताले विदेशिन बाध्य पारे, माओवादी आएपछि देशमा युवा रित्ते भन्ने कुरा पूरै सत्य होइन। काम नगरी बस्न पाउने देश संसारमै छैन। अमेरिका, रूस, चीन, कोरिया—सबै देशका नागरिक अरुको देशमा गएर काम गरिरहेका छन्।
समग्रमा हेर्दा, माओवादी आन्दोलनले नेपाललाई भौतिक विकास मात्र होइन, सांस्कृतिक, राजनीतिक र सामाजिक चेतनामा ठूलो परिवर्तन दियो। मान्छेलाई बोल्न सिकायो, लड्न सिकायो, अधिकार माग्न सिकायो, मागेर नदिए खोस्न सिकायो। अझ सरल भाषामा भन्नुपर्दा ,नेपालीलाई बाठो बनायो। थाहा छ नि?
अब पार्टीको नाम वदलिएको छ । विचार बदलिएको छैन । त्यसैले अबको मताधिकारमा नेपाली कम्युनिष्ट पार्टीको हक छ । किन सुशासन ,सामाजिक न्याय, समृद्ध नेपाल र राष्ट्रिय स्वाधीनता रक्षाको लागि नेपाली कम्युनिस्ट मात्रै एक विकल्प हो भन्दा अन्याय नहोला !