Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ १६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दोभान कुण्डका गोही संरक्षणमा चाँसो

प्रभातफेरी अनलाइन ९७ पटक पढिएको प्रकाशित मिति: २०८२ चैत्र २५, बुधबार (१ महिना अघि)
दोभान कुण्डका गोही संरक्षणमा चाँसो

नवलपरासी/ जिल्ला स्थित झरही पिडुरा दोभान कुण्डको गोही संरक्षणमा बातावरण बचाउ अभियानले पनि चाँसो देखाएको छ । झरहीमा विभिन्न उद्योग कलकारखानाबाट बगाउदै आएको प्रदुषित जल नियन्त्रण नगरिए संरक्षित गोहीलाई असर पार्न सक्ने जनाउदै गोहीको संरक्षणसँगै प्रदुषण समेत नियन्त्रण गर्नु पर्ने आवश्यकता औल्याएको हो ।
अभिायानका अध्यक्ष रामभवन यादव सहितको सदस्यहरु गोही आरक्ष क्षेत्रमा अवलोकन गर्दै यसलाई सरकारले आरक्ष क्षेत्र घोषणा गरि संरक्षण गर्नु पर्ने बताएका थिए । गोही पनि एक प्रकृति जलचर हो,उनले भने,पृथ्वीमा यस्को अस्तित्व पनि बचाई राख्नु पर्ने हो,तर बाहिरी प्रदुषणले उनीहरुको अस्तित्व नै खत्तरा बन्ने देखिएको छ । अभिायनले गोहीको संरक्षणसँगै सो क्षेत्रमा बग्ने झरही र पिडुरा खोलामा स्वच्छ जल बग्ने वातावरण बनाउन आवश्यक छ, त्ससका लागि खोलामा जथाभावि हुने गरेको प्रदुषित पानी लगायतका बस्तु रोक्नु पर्छ ।
तिन पालिकालाईको मिलनविन्दु समेत रहेको पिडुरा झरही दोभान कुण्डमा रहेका गोहीलाई संरक्षण गर्न त्यसलाई गोही आरक्ष क्षेत्र घोषणाको तयारीमा स्थानिय जुटेका छन् । रामग्राम १७ पिपरहिया,पाल्हीनन्दन ३ कुश्मा र सरावल ४ पुर्नहा र ललितपुर गाँउको विचमा रहेको करिब १० हेक्टर क्षेत्रफलमा फैलिएको दोभान जलासय र कुण्ड क्षेत्रलाई गोही आरक्ष क्षेत्रको रुपमा विकास र संरक्षण गर्न स्थानिय जुटेका हुन् ।
ति कुण्डमा दर्जनौ साना ठूला गोही रहेकोले सो क्षेत्रलाई गोही आरक्ष क्षेत्र घोषणा गराउन पहल भई रहेको रामग्राम १७ का वार्ड अध्यक्ष कन्यैया मौर्यले बताएका थिए । बर्षायामा झरही र पिडुरा खोलामा घुम्ने र रमाउने गोहीहरु हिउँद र गर्मिमा पिडुराको कुण्डमा बास बनाई बस्दै आएको जनाए । अब्यवस्थित रुपमा रहेका गोहीलाई ब्यवस्थित गर्न आवश्यक देखिएको छ । बर्षाै देखी बस्दै आएको गोहीलाई किन मार्ने ? उनले भने,त्यस क्षेत्रलाई बरु जाली तारले ब्यवस्थित गरि जोगाउन सकियो भन्ने पर्यापर्यटन क्षेत्रको रुपमा विकास गर्न सकिने अवस्था छ ।
गोहीहरुकै डरले कम्तीमा ति क्षेत्रमा बन तथा खोलानाला अतिक्रमणले पनि जोगिएको छ । जुन जलश्रोतको रुपमा स्थानियले प्रयोग गर्दै आएका छन् । झरही खहरे खोला भए पनि पिडुरा खोलामा जमिनमुनिबाट नै पानी निस्कने मुल जस्तै छ,उनले थपे,त्यही भएर जतिसुकै सुख्खा भए पनि पिडुरा खोलाका पानी सुक्दैन् । त्यसैले ति जलासय र कुण्ड गोहीहरुको लागि सुरक्षति बास स्थान बनेको छ ।
गोहीका लागि सुरक्षित बास बनेको भए पनि सो क्षेत्रमा कहिले काही बाख्राहरु चर्न गएको बेला गोहीले आक्रमण गरि आहारा बनाउने गरेको वार्ड अध्यक्ष मौर्यले सुनाए । स्थानियले बाख्रा हराएको कुरा उठ्दा गोहीले लगेको अनुमान गर्छन्,त्यो बेला पानी सुकाएर गोहीलाई नै नष्ट गरिदिने आक्रोस पनि पोख्ने गरेका छन् । तर अहिलेसम्म गाँउलेहरुलाई सम्झाई बुझाई राखिएको छ ।
रामग्राम नगरपालिका,सरावल र पाल्हीनन्दन गाउपालिकाको जोडेको उतm स्थानमा अन्य पर्यटकिय पुर्वाधार पनि रहेको हुदा गोही आरक्ष क्षेत्र घोषणाले थप पर्यटनको क्षेत्रलाई बढावा दिईनेमा उनले विश्वास ब्यतm गरेका थिए । पाल्हीनन्दन ३ कुश्मा स्थित कुटी पार्क समेत रहेको छ । त्यसै गरि सोही जलासयसँग जोडिएको अनरीमाई मन्दिर,उत्तरबहनी(उत्तरायण) झरही नदी पनि भएकोले साँस्कृतिक पर्यटन पनि रहेका छन् । कुटीपार्कमा पनि विभिन्न मठमन्दिर रहेका छन् । स्थानियले शव अन्त्येष्टि गर्ने स्थान(मासन घाट) पनि सोही क्षेत्रमा रहेको छ ।
गोही आरक्ष क्षेत्रलाई सडक सञ्जाललाई पनि जोडेको उनको भनाई थियो । उनका अनुसार पुर्वपश्चिम महेन्द्र राजमार्गको बासा देखि महेशपुर जोड्ने बासा पिपरहिया महेशपुर सडक सोही क्षेत्र भएर गएको छ । त्यसै गरि पुर्वपश्चिम राजमार्गकै भुतहा देखी महेशपुर नाका जोड्ने भुतहा महेशपुर सडकले पनि उतm क्षेत्रलाई जोडेको छ । ३२ किलो मिटर लामो नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीका सेवा सडकले जोडिएको हुदा पर्यटकलाई आँउ जाँउमा पनि समस्या नहुने उनको भनाई थियो ।
गोही आरक्ष क्षेत्र बनाउन भई रहेको प्रयास सकारात्मक रहेको पाल्हीनन्दन गाउपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता(दिपक)ंले त्यसका लागि गाउपालिकाबाट हुने सहयोग र सहकार्यका लागि गाउपालिका तयार रहेको बताए । ढिलो भए पनि गोही संरक्षण गर्ने प्रयास सकारात्मक रहेको छ,उनले भने,त्यसका लागि विस्तृत कार्ययोजना बन्दा पाल्हीनन्दन गाउपालिकाले के गर्नु पर्छ,भनेर दिईने जिम्मेवारी पुरा गाउपालिको गर्ने छ । तर यो कार्य हुनु पर्छ,उनी उत्साही हुदै भने,संघ सरकार र लुम्बिनी प्रदेश सरकारलाई समेत साथमा लिई स्थानियबासीसँग सहकार्य गरि अगाडी बढनु पर्छ ।
यता सरावल गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले गोहीको संरक्षण गरि आरक्ष क्षेत्र बनाउने योजना खुशीको कुरा हो । सरावल गाउपालिकाले के गर्नु पर्छ ? त्यसका लागि तयार रहेको उनको भनाई थियो । भारत सिमासँग जोडिएको यो क्षेत्रमा प्राकृतिक रुपमा रहदै आएका गोहीको सरक्षणले आउने पुस्तालाई पनि प्राकृतिक संरक्षणको आभास गराउने छ,उनले उत्साह ब्यतm गरे, पर्यापर्यटन र साँस्कृतिक पर्यटन दुबै जोडेर यो क्षेत्रमा भारतिय पर्यटकलाई समेत आकर्षित गर्न सक्ने आधार बन्छ ।
भारतको महेशपुर मुल नाका भई रहेको हुदा भारतबाट आउने पर्यापर्यटकलाई प्राकृतिक मनोरम दृष्य बनाई देखाउन सकिन्छ । स्थानिय विद्यार्थीलाई पनि सो पर्यटकिय क्षेत्रको अवलोकन भ्रमण गराउने नजिकको स्थान बन्नेमा उनले विश्वास ब्यतm गरेका थिए । स्थानिय गोही आरक्ष क्षेत्र बनाउने कार्य सराहनिय भएको बन तथा वातावरण मन्त्री कलवारले यसका लागि लुम्बिनी प्रदेश सरकारको तर्फबाट पनि नियमसँगत आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समसामहिक सम्बन्धि थप
  • पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

  • विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

  • स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

  • Post Thumbnail

    भाषा जोगिनु भनेको इतिहास जोगिनु हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ १३ गते बुधबार

    २०८३ साल जेठ १३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0