logo
२०८३ आश्विन १०, शनिबार |
☰
📰
🔍
✕

कञ्चनपुर भन्सारका अधिकृत चक्रदेव भट्ट जिम्मेवारीबाट हटाइए, विभागमा हाजिर हुन निर्देशन

प्रभातफेरी अनलाइन१० पटक पढिएको | १ घण्टा अघि
कञ्चनपुर भन्सारका अधिकृत चक्रदेव भट्ट जिम्मेवारीबाट हटाइए, विभागमा हाजिर हुन निर्देशन

कञ्चनपुर / भन्सार विभागले कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई तत्कालका लागि जिम्मेवारीबाट हटाउँदै विभागमा हाजिर हुन पत्राचार गरेको छ।

भन्सार अधिकृत भट्ट र सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलालीका सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीबीच केही समयअघि भएको विवादबारे आवश्यक जानकारी तथा छानबिनका लागि भट्टलाई विभागमा बोलाइएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको निजी सचिवालयले जनाएको छ।