logo
२०८३ आश्विन १०, शनिबार |
☰
📰
🔍
✕

क्यान्सर अस्पतालको बोर्ड सदस्य चयनबारे उठेका प्रतिक्रियामा सन्तोष देउजाको जवाफ

प्रभातफेरी अनलाइन१८ पटक पढिएको | २०८३ आश्विन १०, शनिबार
क्यान्सर अस्पतालको बोर्ड सदस्य चयनबारे उठेका प्रतिक्रियामा सन्तोष देउजाको जवाफ

चितवन / क्यान्सर अस्पतालको बोर्ड सदस्य चयनकाबारे आएका प्रतिक्रियालाई सामाजिक संजाल मार्फत यथार्थ पस्केका छन् ।

सामाजिक संजालमा सन्तोष देउजा लेख्छन्,

सेवा अनुभव र विज्ञतामा कुलमान भन्दा ३ वर्ष सिनियर थिए हितेन्द्रदेव शाक्य। राधिका शाक्यसंग दुर दुरको साईनो थिएन। थर मिलेकै कारण उनलाई केपी ओलीको सालो भनेर बदनाम गरियो। रवि लामिछानेको श्रीमती नबन्दै निकिता पौडेल चलचित्र बिकास बोर्डको अध्यक्ष थिईन।

तर रवि लामिछानेले परिवारवादको त्रा’सकै कारण आजसम्म उनको विज्ञता र क्षमतालाई कहीं कतै उपयोग गरिरहेका छैनन्। उनका दाई प्रशिद्ध रेडिओकर्मी हरिशरण लामिछाने यहि कारण पि’डित छन्। जुन सरासर ग’लत छ। सम्बन्धित विषयमा विज्ञता हासिल गरेका जुनसुकै थरका र घरका भए पनि अवसर पाउनुपर्छ।

तर पहुँचका भरमा रास्वपाका पदाधिकारी तहका नेताले भेटेनरीका डाक्टर र सौन्दर्य प्रतियोगिताको बिजेतालाई क्या’न्सर अस्पतालको बोर्ड मेम्बर बनाउनुहुदैन्थ्यो। अरुले गरे परिवारवाद(Nepotism)आफुले त्यहि दोहोर्‍याए क्षमताको कदर(Meritocracy) भन्ने दुवै भाष्य ग’लत छ।”