Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

प्रभातफेरी अनलाइन १५८ पटक पढिएको प्रकाशित मिति: २०८२ चैत्र २५, बुधबार (२ महिना अघि)
पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

नवलपरासी/ सदियौ देखी ओझेलमा परेको जिल्लाको पाल्हीनन्दन ४ स्थित शिवपार्वती सिद्धधाम क्षेत्रको वृहद विकास गरिने उदेश्यले धाम स्थित पोखरी ब्यवस्थापन कार्य शुभारम्भ भएको छ । गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले औपचारिक कार्यक्रम गरि सो कार्यको शुभारम्भ गरेका हुन् ।
कार्यक्रमको शुभारम्भ गर्दै उनले छ्ट्टिै यो धामको वृहद विकासका लागि गाउपालिका लागि परेको बताएका थिए । यस धामको विकासका लागि गाउपालिकासँगै प्रदेश र संघ सरकारबाट उत्तिकै सहयोग आवश्यक रहेको औल्याएका थिए । प्राचीन इतिहास बोकेको सो धामलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य उनले सुनाएका थिए । संघिय सरकारको अनुदान सहयोगमा पौराणिक तथा सेनकालिन प्राचिन इतिहास बोकेको सो संरक्षण र विकासका काम अगाडी बढाइएको जानकारी समेत गराएका थिए ।
ऐतिहासिक र अध्यात्मिक केन्द्रको रुपमा विकसित गर्नका लागि संघिय सरकारबाट करिब दुई करोड अनुदान प्राप्त गरेको र सो रकमबाट सिद्धधाममा आवश्यक पुर्वाधार विकास,संरक्षण,अध्यात्कि अभ्यास केन्द्र लगायतका क्षेत्रमा लगानी गरि अन्तराष्ट्रिय रुपमा पहिचान गराउने लक्ष्य लिएको जानकारी गराए । विगतमा पनि सो सिद्धधाम क्षेत्रमा संरक्षण र विकासका कार्य गर्न खोजिएको थियो,उनले भने,तर प्रयाप्त स्रोत ब्यवस्थापन हुन सकेको थिएन्,अहिले संघिय सरकारसँग माग गर्दा अनुदान सहयोग पाइएको छ ।
प्राचीनकाल देखी कै सिद्धधाम सदियौ देखि ओझेलमा रहेको तर अहिले स्रोत ब्यवस्थापनले काम अगाडी बढाउन सहज भएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश गौडले बताका थिए । उनका अनुसार त्यसका लािग आवश्यक काम गर्न टेण्डर भई काम भई रहेको छ ।सो क्षेत्रको विकास,संरक्षणसँगै आवश्यक कामको सुचिकरण र प्राथमिकीकरण गर्ने कार्य स्थानियसँग छलफल गरिदै अगाडी बढने लक्ष्य अनुसार काम भईरहेको गाउपालिकाका लेखा अधिकृत सञ्जय शर्माले जानकारी गराएका थिए । यस क्षेत्रको विकासमा सबैको सहयोग हुन आवश्यक छ । स्थान मात्रै पाल्हीनन्दन गाउपालिका भए पनि प्राचीन सेन समराज्यको ऐतिहासिक धरोहर भएको र पौराणिक कालको इतिहास बोकेकोले सम्पुर्ण श्रद्धालुहरुकै चाँसो हुनु पर्ने उनको भनाई थियो ।
उनका अनुसार यहाँ अध्यात्मिक अभ्यास मात्रै नभई संस्कृति तथा धार्मिक शिक्षाको पठन पाठन पनि आवश्यक देखिएको छ । यसले गर्दा यो शतिm केन्द्रमा अध्यात्मिक शतिm केन्द्रित गर्न सकिन्छ । बालबालिकालाई रमाउने गरि पोखरीको ब्यवस्थापन, ढुगाँ,सानो स्टिमर सञ्चालन गर्ने तयारी सहित काम हुने छ ।पुर्विय दर्शनमा आधारित संस्कृति शिक्षा र परापुर्व काल देखी नै यस क्षेत्रमा शिवरात्रीको मेला लाग्ने र साउन मासमा नियमित जलअर्पण कार्य हुदै आएको छ । बेला बेला रुद्री महायज्ञको समेत आयोजना हुने गरेको स्थानिय रामनरेश दास पटनवारले बताए । विगत बर्षमा यहाँ थुप्रै ऋषिहरु बस्दै आएको स्थान हो,उनले सो स्थानमा ति ऋषिहरुको समाधि स्थल छ । ब्यवस्थापन हुन नसक्दा ति ऋषिहरुको समाधि स्थल पनि अलपत्र अवस्थामा छ । पुर्वाधारको रुपमा मन्दिर,धर्मशाला,प्रार्थना स्थल,यज्ञशाला,स्थान स्थल र झण्डै चार विघा क्षेत्रफलमा फैलिएको प्राचिन पोखरी पनि रहेको छ ।
शिवरात्रीको मात्रै पुजापाठ गरेर पुग्दैन, उनले भने, जानकार तथा सिद्ध योगि तथा ऋषिको उपस्थितीमा शिव भगवानसँग श्रद्धा र आस्था राख्ने गरेको भतmजनका लागि स्रोह सोमवार ब्रतकथा,नियमित जाप साधान,साउने मेला लगायतका अन्य शिव पुराण तथा कथामा आधारित धार्मिक तथा सांस्कृतिक गतिविधिले यहाँ धार्मिक पर्यटकलाई आकर्षित गर्न सकिन्छ । यसले धार्मिक पर्यटनसँग जोडेर विकास गर्नु पर्छ । सदरमुकाम परासी देखी चार किलोमिटर दक्षिणमा रहेको छ । सो स्थानमा सार्वजनिक यातायातहरु समेत चल्ने हुदा तिर्थालुहरुलाई सहज ढंगले पुग्न सक्ने अवस्था रहेको छ ।
शिवपुराणका आधारमा शिवका पत्नि सतिले अग्नि दाह गरे पश्चात विरतm भएका शिवले सतीका शव लिई ब्रम्हाण्डमा विचरण गरि रहेको अवस्थामा सतिको केही अंगभाग पाल्हीमा खसेको थियो । सतिको अंगभाग खसेको स्थान अहिलेको पाल्ही कोटकी मन्दिर शतिmपिठको रुपमा अवस्थित छ । पछि सतिको आर्को जन्म पार्वतीको रुपमा भएको थियो । उनका छोराहरु भगवान शिवसँग सति माताको पुर्व कथा सुनाउने र अँगभाग खसेको स्थानको पहिचान गराउनका लागि पृथ्वीमा आएर देखाउने आग्रह गरेका थिए । तत्पश्चात शिव भगवान आफ्ना छोराहरु कार्तिके र गणेशलाई लिईएर शतिmपिठको पहिचान गराउन पृथ्वीमा प्रकट भए र यहिँ सिद्धधाम स्थलमा प्रकट भएर पाल्ही भगवाती शतिmपिठ दृष्यावलोकन गराएका थिए । पौराणिक मान्तयता अनुसार नै परापुर्वकाल देखी लोहरौली स्थित शिवालय रहेको मान्यता छ ।
यता सेन सामराज्य अन्तरगत नै पर्ने पाल्पा राज्यका तराईका २ प्रगन्ना(इलाका) विनायकपुर र तिलपुर थिए,जुन रोहिणी नदिदेखी नारायणी नदीसम्म र हालको भारत महराजगँज जिल्ला भएको भुभाग तिलपुर अन्तरगत थियो । तिलपुरका प्रमुख बजार पाल्ही र निचलौल थिए । तानसेन देखी माथागढी र महलपोखरीको बाटो हुदै पाल्हीको ब्यपार चल्थ्यो र बंगालसँग जोडिने यो मार्ग थियो । पाल्पालाई नेपालमा गाभे पछी पाल्हीमा नेपालले कब्जा गरे पनि निचलौलको भुभाग सुगौली सन्धिले छाड्न परेको देखिन्छ ।
तराईको भुभागको बारेमा भएका सिमा विवाद सुल्झाउन नेपाल र अँग्रेजका प्रतिनिधिहरुको धेरै पटक पाल्हीमा वाता गरेका थिए, यहिँ कारण नेपाल अँग्रेज युद्धका धेरै दस्तावेजमा पाल्ही उल्लेख भएको पाईन्छ । अवधका नवावहरुसँग विशेष सम्बन्ध रहेका धार्मिक प्रकृतिका पाल्पाली राजा महादत्त सेनले पाल्ही भगवती मन्दिर देखी पुर्वमा शिवालय निर्माण गर्न शुरु भएको र उनको मृत्यु वा अन्य कारणले शिवालयको कार्य पुरा हुन नसकेको सन १८३० तिर त्यहाँ आईपुगेका एक वृटिस अध्ययेताले आफ्ना विवरणमा उल्लेख गरेका छन् । उतm शिवालय मन्दिर देखी ५ सय मिटर उत्तर तर्फ भएको हो वा लोहरौली स्थित शिवपार्वती सिद्धधाम शिवालय नै भएको मान्यता छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

  • गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

  • काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

  • सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0