Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ ३०, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

प्रभातफेरी अनलाइन १२२ पटक पढिएको प्रकाशित मिति: २०८३ जेष्ठ १५, शुक्रबार (२ हफ्ता अघि)
गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

हेटौडा/ बागमती प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा चारजना पत्रकार विधागत पत्रकारिताबाट पुरस्कृत भएका छन् । शुक्रबार गणतन्त्र दिवसका अवसरमा हेटौँडामा आयोजित विशेष कार्यक्रममा नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष तथा दैनिकीन्युजका सम्पादक रामहरि कार्कीलाई संस्थागत पत्रकारिता पुरस्कार, नेपालखबरको बागमती प्रदेश संवाददाता सुनिता विष्टलाई विकास पत्रकारिता पुरस्कार, नयाँ पत्रिकाकर्मी पोष्टराज अधिकारीलाई खोज पत्रकारिता पुरस्कार र रामेछापका युवराज श्रेष्ठलाई सुशासन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन्।

पत्रकारितामार्फत गणतन्त्र, सुशासन, विकास निर्माण तथा नागरिकसम्म सूचना प्रवाहमा पुर्‍याएको योगदानको कदर स्वरुप उनीहरूलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको प्रदेश सरकारले जनाएको छ।

पत्रकार कार्कीले लामो समयदेखि निष्पक्ष, जिम्मेवार पत्रकारितालाई आत्मसात् गर्दै बागमती प्रदेश सरकारका नीति, योजना, विकास निर्माण, सुशासन, जनचासोका विषय तथा नागरिकका आवाजलाई प्रभावकारी रूपमा सञ्चारमाध्यममार्फत आम नागरिकसम्म पु¥याउने काम गर्दै आएका छन् । प्रदेश सरकारका गतिविधिलाई समाचारका रूपमा सीमित नराखी त्यसको प्रभाव, चुनौती र नागरिक सरोकारसँग जोडेर प्रस्तुत गर्ने उनको शैलीले पत्रकारितालाई अझ विश्वसनीय र प्रभावकारी बनाएको मानिन्छ ।

प्रदेश सरकारको संस्थागत सुदृढीकरण, लोकतान्त्रिक अभ्यासको प्रवर्द्धन तथा जनतासँग सरकारको सम्बन्धलाई थप मजबुत बनाउन सञ्चार क्षेत्रबाट खेलेको सक्रिय भूमिकाको उच्च मूल्याङ्कन गर्दै बागमती प्रदेश सरकारले उनलाई गणतन्त्र दिवस २०८३ को अवसरमा “प्रदेश संस्थागत विकास पत्रकारिता पुरस्कार” प्रदान गरेको हो ।

पुरस्कार ग्रहणपछि कार्कीले यो सम्मानले आफूलाई अझ जिम्मेवार, उत्तरदायी र जनताको आवाजप्रति प्रतिबद्ध भएर काम गर्न प्रेरणा दिएको बताए । उनले पत्रकारिता पेशाको मर्यादा, विश्वसनीयता र जनविश्वासलाई केन्द्रमा राख्दै आगामी दिनमा पनि समाज र राज्यका सकारात्मक परिवर्तनका लागि कलम निरन्तर चलाइरहने प्रतिबद्धता व्यक्त गरे।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सुस्ताका जनताको अडिग राष्ट्रियता र सीमा सुरक्षाको प्रेरणादायी कथा

    सुस्ताका जनताको अडिग राष्ट्रियता र सीमा सुरक्षाको प्रेरणादायी कथा

  • मृतकसहित घाइतेहरूकाे पहिचान खुल्ने क्रम जारी

    मृतकसहित घाइतेहरूकाे पहिचान खुल्ने क्रम जारी

  • प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

  • काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सुस्ताका जनताको अडिग राष्ट्रियता र सीमा सुरक्षाको प्रेरणादायी कथा

    सुस्ताका जनताको अडिग राष्ट्रियता र सीमा सुरक्षाको प्रेरणादायी कथा

    मृतकसहित घाइतेहरूकाे पहिचान खुल्ने क्रम जारी

    मृतकसहित घाइतेहरूकाे पहिचान खुल्ने क्रम जारी

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0