
प्रभातफेरी अनलाइन ४३ पटक पढिएको प्रकाशित मिति: २०८३ जेष्ठ २९, शुक्रबार (४ घण्टा अघि)
सुस्ताको सास्तीमा अग्लिएको राष्ट्रियता सुस्ताकै माटोमा टेकेर महसुस गर्न सक्नु पर्छ । सिमामा भारतीय एसएसवीको आतंक पटक पटक हुदैं आएको छ र आज पनि भयो । यस पटक पनि फेरि भूमि पुत्रहरुले राष्ट्रियता र स्वाभिमान के हो प्रमाणित गरे ।
राष्ट्र माटो भए पनि, राष्ट्रियता भावना हो । यदि सुस्ताबासीले आफुलाई भारतिय हौं भनेका भए उहिले नै एसएसवीका जवान नारायणी वारी आइ सकेका हुन्थे । तर जतिसुकै अभाव, दवाव र प्रलोभनमा पनि राष्ट्रियताको भाव सुस्ताबासीले कहिलै त्यागेनन् ।
देशको असली सिमा रक्षक त सुस्ताबासी हुन्, जो दैनिक आफ्नो पसिना र संघर्षले देशको अस्तित्व जोगाइरहेका छन् । सुस्तावासीलाई सिंगो देश शिर झुकाएर नमन गर्दछ ।

प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |