logo
२०८३ अषाढ १०, बुधबार |
📰
🔍

रास्वपामा केन्द्रीय सदस्य पदका लागि कडा प्रतिस्पर्धा, ६९ पदमा ३८४ उम्मेदवार

प्रभातफेरी अनलाइन११ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ १०, बुधबार(२ घण्टा अघि)
रास्वपामा केन्द्रीय सदस्य पदका लागि कडा प्रतिस्पर्धा, ६९ पदमा ३८४ उम्मेदवार

काठमाडौं,  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ।

रास्वपा चितवनका नेता नेत्र लामिछानेका अनुसार ६९ केन्द्रीय सदस्य पदका लागि कुल ३८४ जनाले उम्मेदवारी दर्ता गरेका छन्। तीमध्ये खुलातर्फ २१० जना र प्रदेशगत कोटातर्फ १७४ जनाको उम्मेदवारी परेको छ।

प्रदेशगततर्फ सातै प्रदेशबाट पाँच–पाँच जना गरी ३५ जना निर्वाचित हुने व्यवस्था छ। उम्मेदवारी संख्याअनुसार सुदूरपश्चिममा १८, मधेसमा २०, लुम्बिनी र कर्णालीमा ३१–३१, कोसीमा २०, बागमतीमा २७ तथा गण्डकीमा २७ जनाले उम्मेदवारी दिएका छन्।

प्रारम्भिक सूची सार्वजनिक भएसँगै दाबी–विरोधको प्रक्रिया सुरु भएको छ। त्यसपछि अन्तिम नामावली प्रकाशन गरिने र विद्युतीय मतदान प्रणालीमा उम्मेदवारको विवरण प्रविष्ट गरेपछि आज राति नै मतदान गराउने तयारी रहेको जनाइएको छ। यसअघि सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्।