logo
२०८३ अषाढ १०, बुधबार |
📰
🔍

महाधिवेशनमा अनुपस्थित अमरेशले रवि लामिछानेलाई दिए बधाई

प्रभातफेरी अनलाइन१  पटक पढिएकोप्रकाशित मिति: २०८३ अषाढ १०, बुधबार(१ घण्टा अघि)
महाधिवेशनमा अनुपस्थित अमरेशले रवि लामिछानेलाई दिए बधाई

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले पार्टीको प्रथम महाधिवेशनमा सहभागी नभए पनि नवनिर्वाचित सभापति रवि लामिछानेलाई बधाई तथा शुभकामना दिएका छन्।

चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनबाट मंगलबार रवि लामिछाने पुनः सभापतिमा निर्विरोध निर्वाचित भएका हुन्। सभापति पदमा अन्य कुनै उम्मेदवारी नपरेपछि निर्वाचन आयोगले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो।

पार्टीभित्र मन्त्री चयनको विषयलाई लिएर असन्तुष्टि जनाउँदै आएका सांसद सिंह महाधिवेशनमा सहभागी भएका थिएनन्। तर उनले सामाजिक सञ्जालमार्फत लामिछानेलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

सिंहले लेखेका छन्, “रास्वपाको पहिलो महाधिवेशनबाट सभापतिमा निर्विरोध निर्वाचित हुनुभएका मा. रवि लामिछानेज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। उहाँको नेतृत्वमा लोकतन्त्र र सुशासन संस्थागत हुने पूर्ण विश्वास लिएको छु।”