प्रभातफेरी अनलाइन३१ पटक पढिएको | २०८३ अषाढ २९, सोमबार
काठमाडौँ, जाजरकोटमा अविरल वर्षासँगै खसेको पहिरोमा पुरिँदा एक महिलाको ज्यान गएको छ। प्रहरीका अनुसार भेरी नगरपालिका–२, राङ्सीकी करिब ६० वर्षीया जयशीला शाहको मृत्यु भएको हो।
आइतबार (असार २८) परेको निरन्तर वर्षापछि खसेको पहिरोले शाह बस्दै आएको अस्थायी टहरा पुरिएको थियो। घटनामा टहराभित्र रहेकी जयशीला शाहको ज्यान गएको नेपाल प्रहरीले जनाएको छ।
उक्त घटनामा शाहकी करिब ४० वर्षीया छोरी मेनुका र सात वर्षीया नातिनी टीका थापालाई भने सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।