logo
२०८३ अषाढ ३१, बुधबार |
📰
🔍

दक्षिण एसियाली कराते प्रतियोगितामा नेपालको ८० सदस्यीय टोली बंगलादेश प्रस्थान

प्रभातफेरी अनलाइन३३ पटक पढिएको प्रकाशित मिति: ७ घण्टा अघि (७ घण्टा अघि)
दक्षिण एसियाली कराते प्रतियोगितामा नेपालको ८० सदस्यीय टोली बंगलादेश प्रस्थान

काठमाडाैं, १०औँ दक्षिण एसियाली कराते प्रतियोगितामा सहभागी हुन नेपालको ८० सदस्यीय टोली बंगलादेश प्रस्थान गरेको छ।

प्रतियोगिता जुलाई १५ देखि १९ सम्म बंगलादेशको ढाकामा आयोजना हुँदैछ, जहाँ नेपालका ८० खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य–सचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकार राजु सिंह, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ तथा सदस्य पवन शाहीले सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन्।

बिदाइ कार्यक्रममा राखेपका पूर्व सदस्य–सचिव तथा नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, नेपाल सितोरियो कराते डो संघका अध्यक्ष दावा गुरुङलगायत खेलकुद क्षेत्रका पदाधिकारीको पनि उपस्थिति रहेको थियो।