logo
२०८३ श्रावण १, शुक्रबार |
📰
🔍

सुनको मूल्य तोलामा रु ३,१०० घट्यो, चाँदी पनि सस्तो

प्रभातफेरी अनलाइन२६ पटक पढिएको प्रकाशित मिति: १३ घण्टा अघि (१३ घण्टा अघि)
सुनको मूल्य तोलामा रु ३,१०० घट्यो, चाँदी पनि सस्तो

काठमाडौँ ,  स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३,१०० ले घटेर रु २ लाख ८२ हजार १०० कायम भएको छ।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला रु १२५ ले घट्दै रु ४ हजार २०० निर्धारण गरिएको छ।

बिहीबार छापावाल सुन प्रतितोला रु २ लाख ८५ हजार २०० र चाँदी रु ४ हजार ३२५ मा कारोबार भएको थियो।