प्रभातफेरी अनलाइन२० पटक पढिएको | २०८३ श्रावण ७, बिहिबार
काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई पक्राउ गरेको छ।
आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानअनुसार लहानस्थित एक कम्पनीको कर परीक्षण सहज गराइदिने भन्दै कर अधिकृत पालले सेवाग्राहीसँग घुस मागी लिएको आरोप लागेको छ।
आयोगका अनुसार घुसको रकम यकिन गर्न तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ।