प्रभातफेरी अनलाइन२७ पटक पढिएको | २०८३ श्रावण ७, बिहिबार
काठमाडौं, अभियन्ता वेदिका केसीलाई राधिका दासीविरुद्ध सामाजिक सञ्जाल तथा विभिन्न युट्युब च्यानलमार्फत अफवाह फैलाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्युरोले बिहीबार दिउँसो काठमाडौंको जोरपाटीबाट उनलाई पक्राउ गरेको हो। ब्युरोले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐनअन्तर्गत कसुर सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार केसीले सामाजिक सञ्जाल र विभिन्न युट्युब प्लेटफर्ममार्फत राधिका दासीविरुद्ध भ्रामक तथा अपुष्ट सामग्री प्रसारण गरेको आरोपमा अनुसन्धान भइरहेको छ।