प्रभातफेरी अनलाइन११ पटक पढिएको | २०८३ श्रावण ११, सोमबार
काठमाडौं, साना र ठूला सबै बचतकर्तालाई समान तथा सम्मानजनक व्यवहार गर्दै बचत रकम फिर्ता गराउनुपर्ने मागसहित सहकारी पीडितहरूले सोमबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा आयोजित प्रदर्शनमा सहभागीहरूले ‘पीडितलाई न्याय दिइयोस्’, ‘सहकारी पीडितका समूहलाई फुटाउने षड्यन्त्र बन्द गरियोस्’ र ‘छिटो न्याय दे’ लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।
प्रदर्शनकारीहरूले बचतकर्ताबीच कुनै विभेद नगरी सबैलाई समान रूपमा बचत फिर्ता गराउन तथा आवश्यक परे ऋणीहरूबाट रकम असुलउपर गरेर भए पनि पीडितलाई रकम उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।