logo
२०८३ श्रावण २०, बुधबार |
📰
🔍

शैक्षिक परामर्श सेवा निर्देशिका २०७३ खारेज

प्रभातफेरी अनलाइन१९ पटक पढिएको | २०८३ श्रावण १९, मंगलबार
शैक्षिक परामर्श सेवा निर्देशिका २०७३ खारेज

काठमाडौँ / शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ खारेज गरेको छ।

मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले जारी गरेको सूचनाअनुसार सोमबारको मन्त्रीस्तरीय निर्णयबाट उक्त निर्देशिका खारेज गरिएको हो।

यसअघि सरकारले स्वीकृत गरेको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आइसकेकाले पुरानो निर्देशिका खारेज गरिएको मन्त्रालयले जनाएको छ।