प्रभातफेरी अनलाइन१३ पटक पढिएको | २०८३ श्रावण १९, मंगलबार
काठमाडौँ / सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्ज घटनामा घाइते भई उपचारका क्रममा मृत्यु भएका रवीन्द्र मेहताका परिवार र गृहमन्त्री सुधन गुरुङबीच वार्ता सुरु भएको छ।
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भइरहेको वार्ता मेहताका आफन्तले शव बुझ्न अस्वीकार गर्दै गृहमन्त्री स्वयं उपस्थित भएर माग सम्बोधन गर्नुपर्ने अडान लिएपछि सुरु भएको हो।
यसअघि मंगलबार गृहमन्त्री गुरुङले हिन्दु र मुस्लिम समुदायका नेताहरूसँग छुट्टाछुट्टै छलफल गर्दै देशका विभिन्न क्षेत्रमा देखिएको तनाव, शान्ति–सुरक्षा र धार्मिक सद्भाव कायम गर्ने विषयमा संवाद गरेका थिए।