logo
२०८३ श्रावण २४, आईतबार |
📰
🔍

ग्यासमा कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन

प्रभातफेरी अनलाइन७ पटक पढिएको | २०८३ श्रावण २४, आईतबार
ग्यासमा कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन

काठमाडौँ / खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना आएपछि गृह र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरी अनुगमन थालिएको छ।

भारतबाट ग्यास आयातमा समस्या नभए पनि कृत्रिम अभाव सिर्जना गरी महँगोमा बिक्री भइरहेको गुनासो आएपछि उद्योगमन्त्री गौरी यादवले चासो लिनुभएको थियो। उहाँको आग्रहपछि गृहमन्त्री सुदन गुरुङले प्रहरी प्रशासनलाई आवश्यक निर्देशन दिनुभएको हो।

ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने वा कालोबजारी गर्ने गरेको भेटिए तत्काल कारबाही गरिने गृह मन्त्रालयले जनाएको छ। आवश्यकता परे अन्य जिल्लाका ग्यास डिपो तथा बिक्री केन्द्रमा समेत निगरानी बढाइने मन्त्रालयले जनाएको छ।