प्रभातफेरी अनलाइन१६ पटक पढिएको | २०८३ भाद्र ४, बिहिबार
काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको ८१औँ महासभामा सहभागी नहुने भएका छन्। अमेरिकाको न्युयोर्कमा आयोजना हुने महासभामा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री शिशिर खनालले गर्ने भएका छन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले महासभामा सहभागी हुने परराष्ट्रमन्त्री खनाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई स्वीकृति दिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
मन्त्रिपरिषद्को निर्णयअनुसार संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्र संघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाइनेछ।
यसअघि संयुक्त राष्ट्र संघको महासभामा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व प्रायः प्रधानमन्त्रीले गर्दै आएका थिए।