logo
२०८३ भाद्र ६, शनिबार |
📰
🔍

चार महिनामा ५ हजारभन्दा बढी विपद्का घटना, २५० जनाको मृत्यु

प्रभातफेरी अनलाइन६ पटक पढिएको | ३० मिनेट अघि
चार महिनामा ५ हजारभन्दा बढी विपद्का घटना, २५० जनाको मृत्यु

काठमाडौं / बितेका चार महिनामा देशभर ५ हजार १४ वटा विपद्का घटना भएका छन्। ती घटनामा २५० जनाको मृत्यु, आठ जना बेपत्ता र १ हजार ६०७ जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख १ देखि भदौ ५ गतेसम्मका विपद्का घटनाबाट ६ हजार २७२ परिवार प्रभावित भएका छन्।

यस अवधिमा सबैभन्दा धेरै आगलागीका १ हजार १३६, पहिरोका १ हजार ११ र सर्पदंशका १ हजार १० घटना भएका छन्। त्यस्तै हावाहुरीका ४८०, बाढीका २७३, भारी वर्षाका ३२०, चट्याङका २४५ र वन डढेलोका १९१ घटना भएका छन्।

प्राधिकरणका अनुसार जनावरको आक्रमणका २७२, लेक लाग्ने ५९, भूकम्पका चार, असिनाका चार तथा हिमपहिरोका दुई घटनासमेत भएका छन्।

भदौ ४ गतेदेखि ५ गते बिहान ८ बजेसम्म मात्रै देशभर ३३ वटा विपद्का घटना भएका छन्। ती घटनामा एक जनाको मृत्यु, एक जना बेपत्ता र २३ जना घाइते भएका छन् भने १४५ जना प्रभावित भएका छन्।