logo
२०८३ भाद्र ९, मंगलबार |
📰
🔍

कोशीदेखि सुदूरपश्चिमसम्म वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको जोखिम

प्रभातफेरी अनलाइन८ पटक पढिएको | २०८३ भाद्र ९, मंगलबार
कोशीदेखि सुदूरपश्चिमसम्म वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको जोखिम

काठमाडौं / देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज अधिकांश क्षेत्रमा मौसम बदली रहनेछ। हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो हिमाली तथा पहाडी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। तराईका विभिन्न भूभागमा पनि केही स्थानमा वर्षा हुनसक्नेछ।

कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। राति पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा तथा चट्याङको सम्भावना रहेको महाशाखाले जनाएको छ।