प्रभातफेरी अनलाइन२० पटक पढिएको | २०८३ भाद्र ९, मंगलबार
सुनसरी / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कोशी नदीको कटानबाट धार्मिक तथा सांस्कृतिक धरोहर बराहक्षेत्रलाई जोगाउन सरकारले विस्तृत अध्ययन गरी चरणबद्ध रूपमा नदी नियन्त्रण तथा संरक्षणका कार्यक्रम सञ्चालन गर्ने बताउनुभएको छ।
बराहक्षेत्र पुगेर मन्दिरका पुजारी, जनप्रतिनिधि, व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीयवासीसँग छलफल गर्दै मन्त्री श्रेष्ठले बराहक्षेत्र संरक्षण सरकारको प्राथमिकतामा रहेको बताउनुभयो।
उहाँले कोशी नदीको कटान र बाढीसँगै आउने गेग्रानका कारण बराहक्षेत्र जोखिममा पर्दै गएको भन्दै तत्काल प्राविधिक अध्ययन अघि बढाउने जानकारी दिनुभयो। मन्दिर व्यवस्थापन समितिले तयार गरेको अध्ययन तथा डीपीआरलाई विज्ञ र प्राविधिक टोलीबाट अध्ययन गराई आवश्यकताअनुसार नदी नियन्त्रण तथा तटबन्ध निर्माणको काम अघि बढाइने उहाँको भनाइ छ।