logo
२०८३ भाद्र १०, बुधबार |
📰
🔍

उद्धार सामग्रीसहित सुरक्षा टोली रसुवा प्रस्थान

प्रभातफेरी अनलाइन३ पटक पढिएको | २०८३ भाद्र १०, बुधबार
उद्धार सामग्रीसहित सुरक्षा टोली रसुवा प्रस्थान

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवाका क्षेत्रमा उद्धार तथा राहतका लागि थप सुरक्षा टोली परिचालन गरिएको छ।

सरकारले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)का टोलीलाई आवश्यक उद्धार सामग्रीसहित प्रभावित क्षेत्रमा पठाएको हो।

गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा टोलीलाई उद्धार, राहत तथा खोजी कार्य प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएका छन्।