logo
२०८३ भाद्र १०, बुधबार |
📰
🔍

भोटेकोशी बाढीपछि ११४ जनाको हवाई उद्धार

प्रभातफेरी अनलाइन३ पटक पढिएको | २०८३ भाद्र १०, बुधबार
भोटेकोशी बाढीपछि ११४ जनाको हवाई उद्धार

काठमाडौँ / रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीपछि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत ११४ जनाको हवाई उद्धार गरिएको छ।

नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जना र निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले २९ जनाको उद्धार गरेका हुन्।

नेपाली सेनाले टिमुरे–धुन्चेबाट ६० जना, टिमुरे–त्रिशूलीबाट १३ जना, मैलुङबाट ५ जना, बेत्रावतीबाट ४ जना र त्रिशूलीबाट काठमाडौँ ३ जनाको उद्धार गरेको जनाएको छ।

त्यस्तै, निजी क्षेत्रका हेलिकप्टर कम्पनीमार्फत कैलाश हेलिकप्टरले ५ जना, सिम्रिकले ५ जना, अन्नपूर्ण हेलिले ४ जना, प्रभु हेलिकप्टरले ७ जना, फिसटेलले ५ जना र एभरेष्ट हेलिकप्टरले २ जनाको उद्धार गरेका छन्।

उद्धार गरिएकामध्ये अधिकांशलाई उपचारका लागि काठमाडौँस्थित टिचिङ अस्पताल तथा वीर अस्पताल लगिएको जनाइएको छ।

भोटेकोशीमा आएको बाढीका कारण रसुवाको विभिन्न क्षेत्रमा ठूलो क्षति भएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा निजी क्षेत्रका हेलिकप्टरमार्फत खोज तथा उद्धार कार्य जारी छ।