logo
२०८३ भाद्र १३, शनिबार |
📰
🔍

दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै पौने २ अर्ब सहयोग

प्रभातफेरी अनलाइन२४ पटक पढिएको | २०८३ भाद्र १२, शुक्रबार
दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै पौने २ अर्ब सहयोग

काठमाडौं / सरकारले सहयोग आह्वान गरेको ३६ घण्टामै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वाणिज्य बैंकमा रहेका खातामार्फत उक्त रकम जम्मा भएको हो।

नेपाल–चीन सीमा हुँदै बग्ने भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि सरकारले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यससँगै राहत तथा उद्धारका लागि कोषमा सहयोग जुट्न थालेको हो।