logo
२०८३ कार्तिक ८, शनिबार |
☰
📰
🔍
✕

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई नागार्जुनको येलो गुम्बामा अस्थायी बसोबास

प्रभातफेरी अनलाइन६२ पटक पढिएको | २०८३ भाद्र १३, शनिबार
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई नागार्जुनको येलो गुम्बामा अस्थायी बसोबास

काठमाडौं / रसुवाबाट उद्धार गरी काठमाडौं ल्याइएका बाढीपीडितलाई अस्थायी बसोबासका लागि नागार्जुन–२ स्थित येलो गुम्बामा राखिएको छ। सुरक्षाकर्मीले उद्धार गरेर ल्याएका करिब २५० जनालाई राख्ने व्यवस्था मिलाइएकोमा हाल गुम्बामा करिब १०० जना बाढीपीडित रहेको नागार्जुन नगरपालिकाकी कार्यवाहक प्रमुख सुशिला अधिकारीले जानकारी दिइन्।

बाढीपीडितलाई गुम्बाको मेडिटेसन हलमा राखिएको छ। उनीहरूको अवस्था बुझ्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिलगायत शुक्रबार गुम्बा पुगेका थिए।

कार्यवाहक प्रमुख अधिकारीका अनुसार पीडितका लागि व्यक्तिगत तथा संस्थागत सहयोग जुटिरहेको छ भने स्वास्थ्य टोलीसमेत परिचालन गरिएको छ।

यस्तै, नेपाल रेडक्रस सोसाइटीले अस्थायी बसोबासका लागि ५० थान मण्डी र ५० थान म्याट्रेस उपलब्ध गराएको छ।