logo
२०८३ भाद्र १५, सोमबार |
📰
🔍

भोटेकोशी बाढीपीडितका लागि बाबुराम भट्टराईको १ लाख सहयोग

प्रभातफेरी अनलाइन११ पटक पढिएको | १ घण्टा अघि
भोटेकोशी बाढीपीडितका लागि बाबुराम भट्टराईको १ लाख सहयोग

काठमाडौँ / पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन्।

भट्टराईले सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेका हुन्। राष्ट्रिय विपत्तिको समयमा आफूले सक्दो सहयोग गर्न सबैलाई आग्रह गर्दै उनले कोषमा रकम जम्मा गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन्।

भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावितको उद्धार तथा राहतका लागि विभिन्न व्यक्ति र संस्थाले सहयोग घोषणा गर्दै आएका छन्।