प्रभातफेरी अनलाइन२६ पटक पढिएको | २०८३ भाद्र १६, मंगलबार
सुर्खेत / कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि दुई करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
आज बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईले जानकारी दिए।
बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य सञ्चालन गर्नुका साथै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराउने निर्णय गरिएको मन्त्री पछाईले बताए।
यसैबीच, मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयले तयार गरेको ‘शिक्षा क्षेत्र योजना, २०८३–२०९२’ समेत स्वीकृत गरेको छ।