प्रभातफेरी अनलाइन१२ पटक पढिएको | २०८३ भाद्र १७, बुधबार
काठमाडौं / साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। आज नेप्से १५.४४ अंकले उकालो लाग्दै २,५३८.११ विन्दुमा पुगेर बन्द भएको हो।
बुधबार ७२ लाख ५८ हजार कित्ता सेयर ३९ हजार ५३१ पटक कारोबार हुँदा कुल २ अर्ब ९३ करोड ६५ लाख ६० हजार १६७ रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन कुल २ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको थियो।
आज ३५४ कम्पनीको सेयर कारोबार भएकामा १८७ कम्पनीको मूल्य बढेको छ भने ८१ कम्पनीको मूल्य घटेको छ। १० कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन।
बुधबार सबैभन्दा धेरै कमाउने कम्पनीमा अप्पर लघुवित्त वित्तीय संस्था, माथिल्लो मैलुङ खोला जलविद्युत् र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था रहेका छन्।