प्रभातफेरी अनलाइन१३ पटक पढिएको | २०८३ भाद्र १७, बुधबार
काठमाडौं / नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टीले आगामी २० भदौमा बैठक बस्ने गरी तयारी गरेको हो।
बैठकमा रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट सिर्जित विपद्का विषयमा छलफल हुने बताइएको छ। साथै, नेपाली कांग्रेसको १५औँ महाधिवेशनका विषयमा पनि बैठकमा छलफल हुने पार्टीले जनाएको छ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ।