प्रभातफेरी अनलाइन१३ पटक पढिएको | २०८३ भाद्र १८, बिहिबार
काठमाडाैं / हालै देशका विभिन्न स्थानमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि चितवन को–ई ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
राष्ट्रिय विपद् व्यवस्थापन, खोज तथा उद्धार एवं राहत अभियानमा सहयोग पुर्याउने उद्देश्यले प्रदान गरिएको उक्त रकममध्ये ग्रुपअन्तर्गतको मनकामना दर्शन प्रालिले १ करोड २५ लाख रुपैयाँ र चितवन मिल्क लिमिटेडले २५ लाख रुपैयाँ सहयोग गरेका छन्।
विपद्को समयमा एकअर्काको साथ र सहयोग नै शक्ति भएको भन्दै ग्रुपले एकताबद्ध प्रयासमार्फत प्रभावित समुदायको पुनर्स्थापना र पुनर्निर्माणमा योगदान पुर्याउन सकिने विश्वास व्यक्त गरेको छ।