प्रभातफेरी अनलाइन१९ पटक पढिएको | २०८३ भाद्र १८, बिहिबार
काठमाडाैं / प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले आजको बैठकपछि अर्को बैठक भदौ २४ गते दिउँसो १ बजे बस्ने जानकारी दिएका हुन्।
आजको बैठकमा सांसदहरूले रसुवा, नुवाकोट र धादिङमा बाढीले पुर्याएको क्षति, उद्धारमा भएको ढिलाइ, सुरुङमा फसेका श्रमिकको अवस्था र ग्रीन आर्मीको वैधानिकतालगायतका विषयमा सरकारको ध्यानाकर्षण गराए।
बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधता संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता पेस गरिन्।